उदयपुरमा भोलीदेखी हुने औद्योगिक प्रदर्शनी र रैथाने खाना महोत्सवको तयारी पुरा
पूर्णपुष्टि, ११ बैशाख ।
भोलीदेखी उदयपुरमा सुरु हुने तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनीको तयारी पुरा भएको छ । महोत्सव तयारी बारे मंगलबार आयोजक घरेलु तथा साना उद्योग माहासंघ उदयपुरले जानकारी गराउँदै भोलीदेखी शुभारम्भ हुने जनाए । महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने नेपाल घरेलु तथा सानो उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जनाएको छ ।
मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ भव्य यहि बैशाख १२ गते देखी सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्...









