Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा बाख्रा फममा आगलागी, ३ लाख बराबरको क्षती

उदयपुरमा बाख्रा फममा आगलागी, ३ लाख बराबरको क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरमा एक बाख्रा फममा आगलागी भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नं ५ घुम्ने बस्ने २९ बर्षीय सन्तोष मगरको काठ टाटिबेराले बनेको फुसको छानो भएको बाख्रा फममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाइका अनुसार सोमबार दिउँसो १ बजेको समयमा बाख्रा फममा जंगलबाट आएको डढेलोबाट फममा आगो सल्कन गई पुर्णरुपमा जलि नष्ट भएको हो । फममा आगलागीबाट ३ लाख बराबरको क्षती भएको र मानवीय तथा चौपायामा क्षति नभएको डिएसपी चापागाईले बताए । उक्त आगलागी प्रहरी चौकी लालबजार उदयपुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानिय बासिको सहयोगमा दिउँसो ४:५० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...
पदको स्वार्थमा चौदण्डीको १५० उपभोक्ता सिँचाई बहिन, सिँचाई कार्यालय गाईघाटमा घेराउ

पदको स्वार्थमा चौदण्डीको १५० उपभोक्ता सिँचाई बहिन, सिँचाई कार्यालय गाईघाटमा घेराउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० बैशाख । चौदण्डीगढी नगरपालिका २ माडिवासमा सिँचाईको लागि परेको योजना गाउँकै गन्य मान्नेहरुको पदको स्वार्थले अबरुद्ध हुँदा उपभोक्ताहरु मारमा परेको छ । प्रदेश सरकारको सांसद राजन किरातीको पहलमा नगरको २ नं वडा स्थित देविथान मुनी मुहान हुँदै जागिरमान टोलबाट जोर बाटो सम्म जाने नामक सिँचाई योजना गाउँकै मान्य गन्यहरुको कारण रोकिएको हो । सांसद राईको पहलमा प्रदेश सरकारबाट छुटिएको ४५ लाख बजेट समितिको पद नमिल्दा फ्रिज हुने बेला भएको उपभोक्ताहरुले जनाएको छ । हाल सम्म करिब ३ ओटा समिति बनिसक्दा पनि आपसमा पद मिलाउन नसक्दा सम्झौतामा ढिलाई भैसकेको उपभोक्तहरुको भनाई छ । पदीय स्वार्थमा समिति निर्माण गर्न नसकेपछि योजना फ्रिज भई जाने उपभोक्ताहरुमा डर छ । बल्ल तल्ल कृषकहरुको लागि परेको बजेट गाउँकै जान्ने मान्ने मान्छेहरुको कारण फ्रिज हुने लागेको उपभोक्ताहरुले गुणासो गरे । समितिमा विवाद आएपछि सि...
१३ वटा सहकारी चोरी गर्ने ग्याङ्ग पक्राउ

१३ वटा सहकारी चोरी गर्ने ग्याङ्ग पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ । सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छि...
उदयपुरका स्व. जनकवी थापाको तस्बिर अंकित टिकट उदयपुर हुलाकमा

उदयपुरका स्व. जनकवी थापाको तस्बिर अंकित टिकट उदयपुर हुलाकमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १० । उदयपुरका प्रतिष्ठित जनकवी स्वर्गिय गम्भिरबहादुर थापाको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकट प्रचलनमा आएको छ । सोमबारबाट देशै भर थापाको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा आएको हो । जिल्ला हुलाक कार्यालय उदयपुरमा ४ हजार टिकट आएको हुलाक अधिकृत हरिलाल खत्रीले जानकारी दिए । नेपाल सरकारका संघीय सभामुख देवराज घिमिरेले गत फागुन ३ गते थापाको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुका साथै सालिक अनावरण गरेका थिए । जिल्ला हुलाक कार्यालयको रोहबरमा सभामुख घिमिरेले टिकट आवरण गरी टाँचा लगाउनु भएको थिए। उदयपुरको उदयपुरगढी–४ मा १९८१ असार १४ मा जन्म भई साहित्य, राजनीति र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थापाको ८५ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो । २००७ सालका जनक्रान्तिको स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक योद्धा रहेका स्वर्गिय थापाको त्रियुगा नगरपा...
उदयपुरको विभिन्न स्थानमा आगलागी, १५ लाख भन्दा बढी क्षती

उदयपुरको विभिन्न स्थानमा आगलागी, १५ लाख भन्दा बढी क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १० । उदयपुरको विभिन्न स्थानमा आगलागी भएको छ । आईतबार जिल्लाको दुई पालिकामा आगलागी हुँदा १५ लाख १५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिकामा एक घर र लिम्चुङबुङ गाउँपालिकामा तिन वटा घर आगलागीबाट जलेर नष्ट भएको छ । उदयपुरगढी गाउँपालिका वडा नं–६ रातमाटे बस्ने निर बहादुर कटुवालको इटाको गाँह्रो र टिनको छानो भएको १ तले घर सहित ग्वाली गोठमा सोमबार दिउँसो १ बजेको समयमा आगलागी भएको थियो । आगलागीबाट घर, ग्वाली गोठ सहित अन्नपात, भाँडावर्तन, काठपात, ३ वटा खसि, ३ वटा बोका जलेर पुर्ण रुपमा क्षति हुँदा करिब ८ लाख ६५ हजार रुपैँया बराबरको क्षति भएको डिएसपी चापागाईले बताए । उक्त आगलागी अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोली, दमकल, स्...
तेस्रो बृहत औद्योगिक महोत्सवको भव्य तयारी

तेस्रो बृहत औद्योगिक महोत्सवको भव्य तयारी

Breaking News 1
पूर्णपुष्टि, १० बैशाख । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ भव्य यहि बैशाख १२ गते देखी सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्यटन, हस्तकला, बिज्ञान तथा प्रविधि, सूचना संञ्चार, साहित्य, कला, संस्कृति र रैथाने खानाको परिकार प्रदर्शनी महोत्सवको मुख्य आकार्षण रहेको छ । महोत्सवको लागि आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, जिल्ला महिला उद्यमी संघ उदयपुर र सह आयोजक उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बिराटनगरले भव्य तयारी गरिरहेको छ । संघका जिल्ला अध्यक्ष मधुकर थापाका अनुसार प्रचार प्रसार र अन्य भौतिक...
रोजगारीका लागि फिटनेस चेक भन्दै नग्न भिडियो मगाएर ब्ल्याकमेल गरेको आरोपमा एक पक्राउ

रोजगारीका लागि फिटनेस चेक भन्दै नग्न भिडियो मगाएर ब्ल्याकमेल गरेको आरोपमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० । रोजगारी मिलाईदिने झुटो आश्वशन दिएर फिटनेस चेक भन्दै नग्न भिडियो मगाएर ब्ल्याकमेल गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेको डिएसपी अवस्थीले बताए । नग्न फोटो तथा भिडियो प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेको प्रहरीको भनाई छ । यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषण...
ईलाम–२ उपनिर्वाचन : आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

ईलाम–२ उपनिर्वाचन : आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १० । आम जनता पार्टी (आजपा) ले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुलाई समर्थन गर्ने भएको छ । सोमबार आजपाका केन्द्रिय उपमहासचिव तथा प्रवक्ता चन्द्र भूषण साहले विज्ञप्ती निकाल्दै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन गर्ने जानकारी दिए । पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेका थिए । आजपाका अध्यक्ष प्रभु साहले अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित रहेको बताए । यसर्थ आम मतदाताले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । ‘अहिले इलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाइँ छ ...
भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० । सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भोली (मंगलबार) नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो । सरकार प्रवक्ता रेखा शर्माका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको हो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।...
इलाम र बझाङमा हुने उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाईने

इलाम र बझाङमा हुने उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाईने

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० । इलाम र बझाङमा हुने उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाईने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागी खटिने कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी प्रबन्ध मिलाईने आयोगले जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ वटा तोकिएको मतदान केन्द्रमा १ हजार ४३ र बझाङमा ९३ वटा तोकिएको मतदान केन्द्रमा ६ सय ५१ गरी कुल १,६९४ जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।...