Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुर प्रहरीमा कार्यरत मिलन पौष महिनाको उत्कृष्ट प्रहरी घोषित

उदयपुर प्रहरीमा कार्यरत मिलन पौष महिनाको उत्कृष्ट प्रहरी घोषित

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १५ ।  उदयपुर प्रहरीमा कार्यरत मिलन बिष्ट पौष महिनाको उयत्कृष्ट प्रहरी बनेको छ । माहानगरीय प्रहरी बृत्त दरबार मार्ग काठमाण्डौँमा दरबन्दी भई उदयपुर प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन बिष्टलाई महत्वपूर्ण काम गरेको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । बिष्टले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशको पालना गरी व्यवसायिक, लगनशिल र कर्तव्यपथमा तल्लीन रही उच्च मोनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको मुल्यकंनमा भनिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले अपराध नियन्त्रण रोकथाम र अनुसन्धाद्धारा समाजमा शान्ति सुरक्षा अमनचयन राख्ने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै बिष्टलाई उत्कष्ट प्रहरी घोषित (police of the month) सँगै पुरस्कृत गरेको जनाए । सहायक हवल्दार बिष्टले २०८० पौष महिना अवधिभर फै...
बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, १५ फागुन । त्रियुगा नगरपालिका १३ मा रहेको बहेडुवा थारु होम स्टे पर्यटनलाई थप आकर्षण गर्न बयलगढी सफारीको व्यवस्था थप्ने भएको छ । थारु संस्कार संस्कृति संग जोडिएको बयगढी पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण प्रवद्र्धन र पर्यटनलाई आकर्षण गर्न उक्त सफारीलाई होम स्टेले आकर्षणको रुपमा ल्याउने भएको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार समेत रहेको उत्तिमलाल चौधरीले लोप हुँदै गएको बयलगढीलाई जिवित गर्न यसको सुभारम्भ गर्न लागेको जनाए । चौधरीका अनुसार यहि फागुन २५ माहाशिबरात्रीकै दिन बयलगढी (लहरु) सफारीको सुभारम्भ हुनेछ । सुभारम्भ पश्चात सफारीलाई निरन्तरता दिईने जनाईएको छ । उक्त सफारीलाई संरक्षण सँगै आर्थिक आम्दानीको रुपमा होम स्टेले संञ्चालन गर्ने भएको चौधरीको भनाई छ । सफारीबाट आम्दानी रकमलाई थारु सांस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माणमा खर्च गरिने छ । होम ...
आगलागीमा क्षती पुगेका राज अटोलाई ग्यारेज ब्यवसायीहरुको आर्थिक सहयोग

आगलागीमा क्षती पुगेका राज अटोलाई ग्यारेज ब्यवसायीहरुको आर्थिक सहयोग

Breaking News 1
पूर्णपुष्टि, १४ फागुन । आगलागीमा ठुलो क्षती बेहोरेका गाईघाटका राज अटो सेन्टरलाई गाईघाटका ग्यारेज ब्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । पाटनदेवी वर्कसवका संञ्चालन मनोज कार्कीका अनुसार गाईघाटमा रहेका करिब ६५ ओटा ग्यारेजहरुबाट आर्थिक संकलन गरी आर्थिक सहयोग गरिएको जनाए । नेपला अटो मेकानिक जिल्ला कमिटीका अध्यक्ष घुरन बि.क सहितको पदाधिकारीहरुको उपस्थितिमा राज अटो सेन्टरका संञ्चालक राज कुमार ठाकुरलाई रु १ लाख १४ हजार ३२५ बराबरको आर्थिक रकम प्रदान गरिएको कार्कीले जनाए । एउटै पेशामा रहेर काम गरिरहेका कुनै पनि ब्यपारीलाई परेको समस्यानै सबै ब्यपारीको समस्या रहेको भन्दै सक्दो आर्थिक संकलन गरी सहयोग गरेको कार्कीको भनाई छ । ब्यपारीहरु फुटेर हैन सुख या दुख दुवै बखत जुटेर अघि बढ्न यस आर्थिक सहयोगको सन्देश रहेको अर्का ग्यारेज ब्यवसायी बाबुराम शाहले जनाए । आर्थिक सहयोग पाउँदा ठाकुरले खुसी ब्यक...
माहाशिवरात्रीको दिन “बहेडुवा होम स्टे” मा बयलगढी सफारी

माहाशिवरात्रीको दिन “बहेडुवा होम स्टे” मा बयलगढी सफारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ फागुन । उदयपुर जिल्लाकै प्रख्यात  त्रियुगा नगरपालिका १३ स्थित रहेको बहेडुवा होम स्टेले पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक भवन निर्माण गर्ने भएको छ । थप आकर्षणको प्रकारलाई बढाउन थारु संस्कार संस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माण गर्ने भएको हो । सोही भवन निर्माणको लागि होम स्टे यतिवेला आर्थिक संकलनमा जुटेको छ । होम स्टेमा आएको आम्दानीको १० प्रतिशत सांस्कृतिक भवनलाई छुटाईएको छ । तर यतिले मात्रै भवन निर्माण हुन नसक्ने भन्दै यहि फागुन २५ गते माहाशिवरात्रीको अवसर पारेर लोपन्मुख भैसकेको बयलगढी सफारी गर्ने भएको हो । होम स्टे संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले बयलगढी सफारीमा आएको आम्दानीले संस्कृतिक भवन निर्माण गरिने जनाए । सफारीमा जति आम्दानी हुन्छ त्यो सबै भवन निर्माणको लागि खर्च गरिने चौधरीले बताए । यहि फागुन २५ गते शुक्रबार शिवरात्रीको अवसर पारी बयलगढीको सुभ...
उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु

उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १४ । उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ३४ बर्षीय रत्नकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डएसपी)हरिनन्दन चौधरीक अनुसार आईतबार बिहान करिब १० बजेको समयमा घरबाट गाईघाट तर्फ आउँदै गरेको तामाङ त्रियुगा नगरपालिका वडा नं.–८ झोडामा मालवाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेका थिए । एकै दिशातर्फ जादैँ गरेको १–०५–०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा तामाङ सवार को २८ प ७०८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परेका तामाङलाई तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । तामाङको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको ...

सरकारी भवन ठेकेदार र इन्जिनियरकाे चरम लापरवाहीकाे सिकार

Breaking News 1, समाचार
कामकाे गुणस्तरीयता परिक्षण नभएसम्म काम राेक्न निर्देशन पूर्णपुष्टि, फागुन १३ ।      नेपालमा सरकारी तथा सार्बजनिक संरचनाहरु निर्माणमा भ्रष्टाचार हुने गरेको छ । कमिसन खाने, कमसल सामग्री प्रयोग गर्ने, नियमन र निगरानीमा कमजोरी तथा लापरवाही गरेर भ्रष्टाचार हुने गरेको छ । https://youtu.be/aMQBBi7fIWE यस्तै भ्रष्टाचारको आशंका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ मा निर्माणाधिन गाईघाट खानोपनी आयोजना उपभोक्ता समितिको भवनमा पनि गरिएको छ । यहाँको भवन निर्माण कार्यमा चरम लापरवाही र कमजोरी देखिएको छ । १७ करोड संघीय बजेटमा नगरपालिका मातहतमा ठेक्काद्वारा हुदै गरेको आयोजनाको कामहरु मध्येको खानेपानी भवन निर्माणले भ्रष्टाचारको संकेत गरेको छ । यसप्रति स्थानीयले खबरदारी गर्दै कमजोर भवन रद्द गर्न माग गरेका छन् । यसैक्रममा नगरपालिकाकी उपमेयर महेश्वरी राईको आजको स्थलगत अनुगमनबाट गाईघाट खानेपानी आयोजना...
गाँजा बोकेको एम्बुलेन्स सहित चालक पक्राउ

गाँजा बोकेको एम्बुलेन्स सहित चालक पक्राउ

Breaking News 1
पूर्णपुष्टि, फागुन १३ । धनकुटामा एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसार पसार गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको हो । धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएसँगै प्रहरीले चालक चेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा गाँजा सहित पक्राउ परेका चालकमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाईघाट खानेपानी भवन निर्माणको काम तत्काललाई रोक्न निर्देशन

गाईघाट खानेपानी भवन निर्माणको काम तत्काललाई रोक्न निर्देशन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ फागुन । गाईघाट स्थित साकेला टोलमा निर्माण भैरहेको गाईघाट खानेपानी उपभोक्ता समितिको निर्माणधिन भवनको काम तत्काललाई रोक्न निर्देशन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले हाललाई काम रोक्न भनिएको हो । राईले निर्माण कम्पनीका ठेकेदार र इन्जीनियरलाई काम रोक्न निर्देशन दिईएको हो । निर्माणधिन भवन कमजोरी अवस्थामा रहेको भन्दै यसको पूर्ण अनुसन्धान र रिपोर्ट चेक गरेर मात्रै काम अघि बढाउन भनिएको हो । आईतबार निर्माण भवनको अनुगमन गर्दै आफ्नो समेत प्राविधिक टोली ल्याएर भवनको मापदण्डबारे पत्ता लगाउने उमेयर राईले जनाए । राईले भवन निर्माणमा नाँगो आँखाबाट हेर्दा त्रृटी देखिएको स्वीकार गरिन् । तर प्राविधिक परिक्षणले के भन्छ भन्ने बारे यकिन नरहेको जनाए । उनले यस भवनको निर्माण कार्य सुन्तुष्टी नदेखिएको भन्दै परिक्षण पश्चात इन्जीनियर, जनप्रतिनिधि, स्थानीय, उपभोक्ता समिति संञ्चारकर्मीहर...
उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ । उदयपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान २०८०÷८१ सुभारम्भ भएको छ । आईतबार त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दीर माविमा एक कार्यक्रम गर्दै खोप अभियान सुभारम्भ गरिएको हो । स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा आईतबारदेखी पहिलो चरणको खोप अभियान सुभारम्भ भएको छ । पहिलो चरणको खोप १३ देखी १७ गते सम्म संञ्चालन हुने र दोस्रो २२ देखी २६ सम्म हुने कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा खोप संञ्चालन हुने भएको छ भने, दोस्रो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा खोप संञ्चालन हुने निरौलाको भनाई छ । जिल्लाभारीका २९१३४ जनालाई दादुर – रुबेला विरुद्धको खोप लगाईने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १...
सेवाग्राहीको मन जित्ने प्रयासमा गाईघाट यातायात कार्यालय

सेवाग्राहीको मन जित्ने प्रयासमा गाईघाट यातायात कार्यालय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ फागुन । नेपालमा, दुःख दिने÷झन्जटिलो कार्यालयको रुपमा चिनिने केही सरकारी कार्यालयहरु मध्ये यातायात कार्यलाय पनि एक हो तर, उदयपुरस्थित यातायात ब्यवस्था सेवा कार्यालय गाईघाटले भने केही सकारात्मक प्रयास गरेको पाइएको छ । खराव आचरण र बोलीका कारण सर्बसाधारणको नकारात्मक दृष्टिमा पर्ने यातायात कार्यालयहरु सबै उस्तै हुदैनन् भन्ने सन्देश यहाँ पाइन्छ । यातायात सेवा कार्यालय गाईघाटको कुरा गर्दैछौं । यहाँको सेवाग्राहीमैत्री ब्यवहार चर्चा लायक छ । कर्यालयलाई व्यवस्थित र सेवाग्राहीलाई सहज गर्न यहाँ थुप्रै उदाहरणिय काम भएको छ । पार्किङ घेरा र एरियाले सवारी साधन र मानिस आवतजावत ब्यवस्थित देख्न सकिन्छ । गेट प्रवेशसंगैको नागरिकवडापत्र र डिजिटल सुचनाबोर्डबाट कुन काम, कुन कर्मचारी र फाँटबाट हुन्छ सोको जानकारी मिल्छ । सेवाग्राहीलाई विश्राम गर्ने ठाउँ, प्यास मेटाउन पानी, थकान मेटाउन निःशुल्क ...