दोस्रो 7A साईड फुटबलमा दमौटी र डेडीको विजयी सुरुवात
पूर्णपुष्टि, साउन १० । दोस्रो 7A साईड फुटबल प्रतियोगितामा दमौटी फुटबल क्लब र डेडी फुटसल क्लब मोतिगडाले विजयी सुरुवात गरेको छ । बिहिबार बोक्सेस्थित गंगा खेल मैदानमा भएको उद्घाटन खेलमा दमौटी फुटबल क्लबले 11 star फुटबल क्लब बाबरीलाई २–० गोलले पराजित गर्यो।
खेलको ४५ औं मिनेटमा जर्सि नं. ११ का (कप्तान) पविन राईले गोल गर्दै दमौटीलाई आग्रता दिलाए भने खेलको अन्तिम औं मिनेटमा जर्सि नं. ८ का असिम राईले गोल गर्दै जित सुनिश्चित गरे। यस प्रतियोगिताको म्यान अफ द म्याच असिम राई बने । उनले नगद रु १ हजार सहित मेडल र ट्रफी प्राप्त गरे ।त्यस्तै दोस्रो खेलमा डेडी फुटसल क्लब मोतिगडाले स्वर्णिम युवा क्लब जलजलेलाई टाईब्रेकरमा ५–४ गोलले हरायो। निर्धारित समयमा गोलरहित बराबरी खेलपछि टाईब्रेकरमा डेडी फुटसलका जर्सि नं. १६ का सुजन घिमिरे, जर्सि नं. ९ का प्रज्वल हमा, जर्सि नं. ५ का निखिल ठकुरी, जर्सि नं. १३ का प्रक...









