राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
पूर्णपुष्टि, चैत ३ । नेकपा माओवादी तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बधाई दिदैँ जनहि तिन लाख दिने घोषणा गरेका छन् ।
आज शुक्रबार बिहान बालुवाटारमा भएको कार्यक्रममा नेपाली क्रिकेट टोलीलाई बधाई दिदैँ जनही तिन लाख दिने दाहालले घोषणा गरेका हुन् । बिहिबार घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई ९ रनले पछि पार्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् ।
दाहालले आफु अत्यन्त खुसी भएको र हिजो गर्नु भएको प्रदर्शनले तपाईहरुको मात्र जित नभई देशले जितेको बताए । उनले भने ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत त...









