Saturday, August 15News That Matters

खेलकुद

उदयपुर खेलकुद विकासको लागि बजेट माग

उदयपुर खेलकुद विकासको लागि बजेट माग

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ उदयपुरको खेलकुदको विकास का लागी आवश्यक वजेटको माग गर्दै उदयपुरको टोली राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ।को मा पुगेको छ । संघिय साम्सद सुरेश राइ को नेत्रृत्वमा अखिल नेपाल फ,ुटवल संघका महासचिव किरन राइ , माओवादिका नेता दिवश कटुवाल लगायत रहेका छन । उनीहरुले उदयपुरको खेलकुदको विकासमा विषेस वजेट को व्यवस्था गरिदिन माग गरेका छन । जिल्लाको टोली स्रँग सदस्य सचिव घिसिङले आफु उदयपुरको खेलकुद विकासमा सकारात्मक रहेको वताएका थिए ।...
एन्फामा नयाँ कार्यसमिति चयन

एन्फामा नयाँ कार्यसमिति चयन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ । पङ्कजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई छ मतले पराजित गर्दै चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभयो । कूल ८४ मतमध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै स्वतन्त्र उमेदवार राजीवराज पौड्यालले भने एक मत पनि प्राप्त गर्नुभएन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई चार मतले पछि पार्दै विजयी हुनुभएको हो । वीरबहादुरले ४४ प्राप्त गर्दा शिक्षित पराजुलीले ४० मत प्राप्त गर्नुभएको थियो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुनुभयो भने शेर्पा प्यानलका एक उम्मेद...
उदयपुरका पाँच खेलाडी प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

उदयपुरका पाँच खेलाडी प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरे । फागु रामले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्जुन कुमार रानाले ५३ औं मिनेटमा तथा ओम प्रकाहले ८२ औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘सी डिभिजन लिगको अन्तिम खेलमा सानदार जित दिलाउँदै दोस्रो डिभिजनमा बढुवा गराए । राष्ट्रिय क्लब प्लानिङ ब्...
सी डिभिजन खेलमा उदयपुरे खेलाडी सुदिप श्रेष्ठ बने म्यान अफ दि म्याच

सी डिभिजन खेलमा उदयपुरे खेलाडी सुदिप श्रेष्ठ बने म्यान अफ दि म्याच

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ८ काठमाण्डौँमा जारी सी डिभिज लिगको शनिवार भएको खेलमा उदयपुरका खेलाडी सुदिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै आयोकजले म्यान अफ दि म्यच घोषणा गरेको हो । श्रेष्ठ हाल भैरहेको काठमाण्डौँमा जारी सी डिभिजन खेलका लागि प्लानिङ ब्वाईज क्लवमा अनुवन्धित भई खेलिरहेका छ । शनिवार खलबारी क्लव सँग भएको प्रतिस्पर्धामा प्लानिङ व्वाईजले ३÷१ को अग्रता पाएका थिए । खालवारीका लागि ब्वाईज प्लानिङको तर्फबाट अर्जुन मगरले २ गोल र फागुराम चौधरीले १ गोल गरी ३ गोल गरेका थिए । उक्त खेलमा सुदिपको राम्रो प्रदर्शन रह्यो । सो खेलमा १४ टिम सहभागी रहेको छ । भने प्लानिङ व्वाईज तेस्रो स्थानमा रहेको छ । ९ खेल खेलिसकेको यस क्लवले बाँकी ४ खेल खेल्न बाँकी छ । म्यान अफ दी म्याच घोषित श्रेष्ठलाई रु ५ हजार सहित ट्रफि प्रदान गरिएको छ ।...
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, बैशाख २५ बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल हुनुभएको हो । जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढाल्नुभएको थियो । उहाँहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ । सिमुरा डोजोको ५०आँै वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिनुभयो । बक्सर देवसहित जापानी बक...
उदयपुर खेलकुदद्धारा खेलकुद संघ तथा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि आह्वान

उदयपुर खेलकुदद्धारा खेलकुद संघ तथा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि आह्वान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २४ उदयपुर जिल्ला खेलकुद विकास समितिले जिल्लामा रहेको खेलकुद संघ तथा खेलकुद संग सम्बन्धि सरोकारवालाहरुलाई छलफलको लागि आह्वान गरेको छ । समितिका अध्यक्ष पर्वत दाहालको हस्ताक्षर पत्रमा जिल्लामा रहेको बिभिन्न खेलकुद संघका सम्बन्धित व्यक्तिहरुलाई छलफलका लागि आह्वान गरेको उदयपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख प्रकाशराम राईले जनाए । राईका अनुसार आउँदो जेष्ठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सम्वन्धित व्यक्तिहरु सित आवश्यकीय छलफल गर्नु पर्ने भएकाले अनिवार्य आह्वान गरिएको राईले जनाए । छलफल पछि तत्कालै खेलाडीहरु छनोटका प्रक्रियालाई अगाडी बढाउनु पर्ने हुँदा उक्त छलफलमा अनिवार्य सहभागीका लागि आह्वान गरिएको राईले जनाए । गण्डकी प्रदेशमा आउँदो जेष्ठ २२ देखी करिब ३६ ओटा खेलकुद प्रतियोगिता स...
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २७ थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका...
राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २७ तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित ग¥यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास ग...
प्रथम टि–२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

प्रथम टि–२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २६ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश २ को सप्तरी राजविराजले जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ भने उप विजिते जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझायो । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा प्रदेश २ कै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जिेतिको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन राँयले ४ ओभरमा ए रन दिएर ३ विकेट लिँदा सुजित...
हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनुभएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उहाँले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गर्नुुभएको हो । यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संय...