आठौं नारदमुनी स्मृती गोल्डकप असोज ९ देखि १६ गतेसम्म हुने
पूर्णपुष्टि ब्युरो/बसाहा, भदौ ३० ।
एतिहासिक ब्यक्तित्व एवम् प्रजातान्त्रिक योद्धा स्वर्गिय नारदमुनी थुलुङको सम्मान्मा उदयपुरको बसाहामा सञ्चालन हुदै आएको गोल्डकप यो वर्षपनि हुने भएको छ । चारलाख पुरस्कार राशीको नारदमुनी स्मृति गोल्डकपको आठौं संस्करण आगामी असोज ९ गतेदेखि १६ गतेसम्म हुने भएको हो ।
खेलका लागि चौदण्डीगढी नगरपालिका –४ बसाहास्थित नारदमुनी रङ्गशाला तयारी अवस्थामा छ । रङ्गशाला घेराबेरामा वडा कार्यालयले ६ लाख ५० हजार खर्च गरेको जनाएको छ । रङ्गशाला निर्माणमा देश–विदेशमा रहेका बसाहाबासी भुतपूर्व सैनिकहरुको विशेष योगदान र भुमिका रहेको मुल आयोजक समितिका सल्लाहकार जितेन्द्र साम्पाङ राईले जानकारी दिए । बसाहाबासी अन्य ब्यक्तित्वहरु र युवाहरुको पनि उत्तिकै भुमिका र सहयोग रेहको उनले जानकारी दिए । “भुपु सैनिकहरु र अन्य ब्यक्तिहरुको रगत, पसिना सिंचिएको रङ्गशाला आठौं संस्करण गोल्डकप हुदै गर्द...








