Tuesday, April 21News That Matters

खेलकुद

गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको त्रियुगा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा अपाङ्गताहरुको लागी नगर स्तरीय पारा खेलकुद प्रतियोगिता गराईएको छ । बिहिबार ‘खेलकुद स्वस्थ्यको लागी, खेलाडी राष्ट्रको लागी’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा त्रियुगा नगर खेलकुद विकास समितिको समन्यवयमा एक दिने पारा खेलकुद प्रतियोगिता गरिएको हो । त्रियुगा नगरपालिकाको भवनमा खेलाईएको पारा खेलकुदमा अपाङ्गता भएकाहरुलाई म्युजिकल चियर र बल पास गरी दुई वटा खेल खेलाईएको थियो । हिड्न सक्ने आपाङ्गता भएकाहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो भने हिड्न सक्ने र नसक्ने दुबै किसिमका अपाङ्गता भएकाहरुलाई बल पास खेल खेलाईएको हो । म्युजिकल चियर खेलमा वडा नं. ६ की भेष कुमारी थापा प्रथम भईन् भने वडां. ३ कि देवी गिरी दोस्रो र वडा नं. ११ कि विनिता खत्री तेस्रो भईन् । त्यस्तै बल पास खेल...
गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरले गणतन्त्र दिवसको अवसर पारी ब्याडमिन्ट प्रतियोगिता गराएको छ । बिहिबार १८ औँ गणतन्त्रको अवसरमा बोक्से कवड हल स्थित जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभयो । प्रतियोगितामा जिल्लाको बिभिन्न पालिकाहरुबाट खेलाडीहरु उपस्थित रहेको छ । संघका अध्यक्ष कालिदास राईले प्रतियोगिताले खेलाडीहरुको सुमधुर सम्बन्ध कायम राख्नुका साथै जिल्लामा ब्याडमिन्टनको क्रेज बढाउने जनाए ।...
छैठौँ वडा अध्यक्ष कप : आदर्श फुटबल क्लबलाई हराउँदै राईटोल फाइनलमा

छैठौँ वडा अध्यक्ष कप : आदर्श फुटबल क्लबलाई हराउँदै राईटोल फाइनलमा

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहामा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा राईटोल फुटबल क्लब प्रवेश गरेको छ । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमाराईटोल फुटबल क्लबले आदर्श फुटबल क्लब (पुष्प पाटिका) लाई २-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलको सुरुवाती २ औँ मिनेटमा जर्सी नम्बर ९ का (कप्तान) लोकिन राईले गोल गर्दै राई टोललाई अग्रता दिलाएका थिए भने ३३ औँ मिनेटमा लोकिन राईले हेडिङ मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै राईटोलको अग्रता दोब्बर बनाए । यस खेलको म्यान अफ द म्याच राईटोल फुटबल क्लबका जर्सी नम्बर ९ का कप्तान लोकिन राई बने । उनले नगद रु ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे ।टाईटाेल फुटबल क्लबले भोलि हुने दोस्रो सेमीफाइनल खेल फर्सेट फुटबल क्लब र आयोजक बगहा युवा समूह बीचको विजेता सँग फाइनल खेल्नेछ । यस प्रतियोगिताको विजेताले...
उदयपुरका किरण कार्की यु–२० महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

उदयपुरका किरण कार्की यु–२० महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको गाईघाट फुटबल क्लबका प्रशिक्षक किरण कुमार कार्की साफ यु–२० महिला टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । आईतबार नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सातदाबाटोस्थि एन्फा क्म्प्लेक्स आधिकारीक नियुक्ति पत्र हस्ताण्तरण गर्दै किरण कार्कीलाई सहायक प्रशिक्षमा नियुक्ति गरेका हुन् । उनिसहित मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ, सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा मीन बहादुर बस्नेत र टोली व्यवस्थापकमा इन्दु दुवाललाई नियुक्त गरिएको हो । बंगलादेशमा आगामी जुलाई ११ देखी २१ सम्म आयोजना हुने साफ यु–२० महिला च्याम्पियन सिप २०२५ को लागी मुख्य प्रशिक्षक सहित ५ जनालाई (एन्फाले) नियुक्त गरेको हो ।...
छैठौँ वडा अध्यक्ष कप : शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाको ६ गोल

छैठौँ वडा अध्यक्ष कप : शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाको ६ गोल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ मा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक बगाहा युवा समुह फुटबल क्लब विजयी भएको छ । आईतबार बगाहाको खेल मैदानमा भएको खेलमा शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाले ६ गोल गरेको हो । बगाहाको लागी जर्सी नं. ७ का कप्तान विप्लव कटुवालले ह्याट्रिक गरे । उनले खेलको २९, ४७ र ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरे । त्यस्तै खेलको सुरुवाती १५ औँ मिनेटमा जर्सी नं. १० का यलएक्स स्याङ्बोले गोल गर्दै बगाहालाई आग्रता थिए भने २१ औँ मिनेटमा जर्सी नं. १४ का सनम चौधरी र ४८ औँ मिनेटमा जर्सी नं. ९ का रितेश तामाङ्गले १–१ गोल गरे । यस खेलका म्यान अफ द म्याच बगाहा युवा समुहका जर्सी नं. ७ का विप्लव कटुवाल बने । उनले नगद रु. ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे । यस प्रतियोगिताको विजेताले ट्रफी, मेडर र नगद रु. २५ हजार प्...
गणतन्त्र दिवसमा उदयपुर ब्याड्मिन्टन संघले प्रतियोगिता गराउने

गणतन्त्र दिवसमा उदयपुर ब्याड्मिन्टन संघले प्रतियोगिता गराउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि सम्बाददाता, जेठ ११ । गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरले आगामी १५ र १६ गते गाईघाटमा जिल्ला स्तरीय त्रियुगा मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयोजकले पुरुष डबल्स ए, पुरुष डबल्स बी र महिला खुल्ला प्रतियोगिता गरी तीन इभेन्ट्सको खेल गर्ने भएको अध्यक्ष किसन राईले जानकारी दिनुभयो । १४ गते मध्यन्हसम्ममा नाम दर्ता गराउन भन्दै सुचना जारी गरेको संघले आयोजनाको तयारी थालिसकेको जनाएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा जिल्लाको सबै पालिकाका खेलाडीलाई सहभागिताका लागि सुचना गरिएको जनाइएको छ । महिलाहरुलाई पनि खेलमा प्रोत्साहन गर्ने उद्देश्यले खुल्ला महिला प्रतियोगितासमेत राखिएको जनाइएको छ ।...
बगाहामा छैठौँ वडा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा राईटोल विजयी

बगाहामा छैठौँ वडा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा राईटोल विजयी

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । शनिबार बगाहाको खेल मैदानमा भएको उद्घाटन खेलमा राईटोल फुटबल क्लब (राईटोल) ले टाईब्रेकरमा सनराईज फुटबल क्लब (शिवशक्ति टोल) लाई ४–३ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको ४१ औ मिनेटमा जर्सी नं. ६ का मनोज बस्नेतले गोल गर्दै सनराईजलाई आग्रता दिलाएका थिए भने खेलको अन्तिम औँ मिनेटमा जर्सी नं. ११ का अबिनव राईले राईटोलका लागी बराबरी गोल गरे । निर्धारित समयमा १–१ गोलको बराबरी भएसँगै ट्राईबेकरमा पुगेको खेलमा राईटोलका ४ खेलाडीले गोल गरे भने सनराईजका ३ खेलाडीले गोल गरे । यस खेलको म्यान अफ द म्याच राईटोलका गोल रक्षक निलम राई बने । उनलाई प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष बद्रि बस्नेतले मेडल, फ्लेक्स र नगद हस्ताण्तरण गरेका थिए । यस प्रतियोगिताको विजेताले ट्र...
प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

Breaking News 2, खेलकुद, समाचार
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज आयोजनामा गरेको मैत्रिपूर्ण ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी र हिमाल श्रेष्ठको जोडी प्रथम भएको भने मिनबहादुर खड्का र खड्ग भुजेलको जोडी दोस्रो स्थानमा आउन सफल भएको छ । प्रहरी कार्यालय परिषरमा नवनिर्मित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनल खेलमा २१–१८ अंकमा पहिलो सेट पछि परेको एसपी योगी र श्रेष्ठको जोडीले बाँकी दुई सेट ८–२१ र ११–२१ को अंकका साथ विजय हाँसिल गरेको हो । विजयी प्रथम र दोस्रो टिमलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन), सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम पाण्डे, सशस्त्र प्रहरी प्रमुख एसपी सुशिलकुमार शाहीले पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता मैत्री...
प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । खोटाङको खोटेहाङ्ग गाउँपालिका–५ चिप्रिङमा आगामी सोमबार देखि प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागी खेलकुद, स्वथ्यको लागी खेलकुद र अनुशासनको लागी खेलकुद भन्ने मुल नाराका साथ चिप्रिङ युवा समुहले प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । श्री सप्तकन्या मा.वि चिप्रिङको प्रागणमा आयोजना हुन लागेको प्रथम वडा स्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ७७ हजार ७ सय ७७ प्राप्त गर्नेछ । त्यस्तै सेमीफाईनललिस्टले नगद रु. ३३ हजार ३ सय ३३ हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिमलाई ५ हजार रुपैँया, उत्कृट ईस्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई नगद रु. २–२ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको टिम दर्ता समय जेष्ठ ३ गते बेलुका ६ बजे सम्म  र ट...
गाईघाटलाई हराउँदै नमोबुद्ध सप्तरीले जित्यो १७ औं सहिद भीमनारायण गोल्डकपको उपाधि

गाईघाटलाई हराउँदै नमोबुद्ध सप्तरीले जित्यो १७ औं सहिद भीमनारायण गोल्डकपको उपाधि

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २३ । धनकुटामा सम्पन्न १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले जितेको छ । शनिबार तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–५ गोलले हराउँदै सप्तरीले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमले २–२ गोलको रोमाञ्चक बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेको गाईघाट पेनाल्टी सुटआउटमा चुक्दा उपाधि गुमाउन पुग्यो । पेनाल्टी सुटआउटमा सप्तरीको ५ जना खेलाडीले गोल गरे भने गाईघाटको ४ जना मध्ये एक जनाको प्रहार गोल रक्षकले रोकेका थिए । यस अघि खेलको ३८ औँ मिनेटमा जर्सी नं. ९ का राज भुसालले गोल गर्दै नमोबुद्ध सप्तरीलाई आग्रता दिलाएका थिए भने गोल भएको एककै मिनेटमा जर्सी नं. ७ का आशिष राईले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए । त्यस्तै खेलको ४३ औँ मिनेटमा जर्सी...