पूर्णपुष्टि/उदयपुर, कार्तिक २८ ।
उदयपुरकाे चाैदण्डिगढी नगरपालिकाकाे बेल्टारमा आजबाट जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सुरु भएकाे छ ।
आयाेजकका अनुसार महिला डबल्स (बी लेबल), मेन्स डबल्स (बी लेबल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु छन् । सुरुमा महिलाकाे खेल सञ्चालन भएकाे छ । खेल दुईदिनसम्म सञ्चालन हुनेछ ।...
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ ।
भाेलीदेखि बेल्टारमा सञ्चालन हुने जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिताकाे तयारी पूरा भएकाे छ ।
आयाेजक कमिटिका सदस्य देविराज राईका अनुसार भाेलीदेखि दुईदिनसम्म महिला सिङ्गल, मेन्स डबल्स (बी लेभल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु हुनेछन् । खेलका लागि सबै तयारी पूरा भईसकेकाे जनाईएकाे छ । असी टिमभन्दा बढि खेलाडी सहभागी हुने आयाेजकले जनाएकाे छ ।
यसअघि अण्डर १५ महिला र पुरुषकाे सेमी फाईनलसम्मका खेल भईसकेकाे छ । अहिलेकाे प्रतियाेगिताकाे फाईनलसंगै अण्डर १५ काे फाईनल हुने छ ।
भाेलीदेखिकाे खेल साैहाद्रपूर्ण वातावरणमा राेचक र प्रतिष्प्रर्धात्मक हुने आयाेजकले जनाएकाे छ । खेलमा जिल्लाकाे विभिन्न ठाउँ र क्लवकाे सहभागिता रहनेछ ।...
पूर्णपुष्टि÷उदयपुर, कार्तिक २३ । साचिबुङ राई र जुनसाङ लामा अण्डर–१५ बेल्टार ब्याड्मिन्टन प्रतियोगिताका फाईनलिष्ट बनेका छन् भने महिलातर्फ सिर्जना राई र स्मिता खत्री फाईनलिष्ट बनेका छन् । हिजो भएको अण्डर (१५ पुरुष र महिलाको सिङ्गल खेल प्रतियोगितामा उनीहरु फाईनलिष्टमा सफल बनेका हुन् ।
पुरुषतर्फ २७ र महिलातर्फ १७ जनामा रोमाञ्चक प्रतिष्पर्धात्मक खेल भएको थियो । फाईनलिष्ट सचिबुङ बेल्टार ब्याड्मिन्टन क्लवको १ वर्षदेखि प्रशिक्षित खेलाडी हुन् भने जुनसाङ बसाहा ब्याड्मिन्टन क्लवका हुन् । उनी पनि बेल्टारमा केहि समय प्रशिक्षण लिएका खेलाडि हुन् । सिर्जना र स्मिता दुबै बेल्टारका प्रशिक्षित खेलाडि हुन् । सिर्जना १ वर्ष र स्मिता ४ वर्षदेखि खेल्दै आएका छन् । यी फाईनलिष्टहरुको फाईनल खेल आगामी २८ र २९ गते हुने बेल्टारमा हुने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुनेछ ।
...
पूर्णपुष्टि/ उदयपुर/कार्तिक १७ गते ।
पछिल्लो समय उदयपुरको बिभिन्न सहरमा स्केट पार्क व्यवसायी र खेलाडीको आकर्षण बढ्दो अवस्थामा छ । गाईघाट लगायतका आसपासमा मात्रै ६ ओटा भन्दा बढी स्केट पार्क निर्माण भै सकेको छ । तर यो मापदण्ड अनुरुप चलेको छ या छैन त्यो भने अवलोकन भएको छैन् । पछिल्लो समय स्केट पार्क चै दिनदिनै बढेको छ तर कसरी संञ्चालन भैरहेको छ भनेर संघले चासो देखाएको छ । खेलाडीको सुरक्षा सहितको मापदण्ड यस खेलका लागि महत्वपूर्ण रहेको संघको भनाई छ । उदयपुर स्केट संघले करिब १५ ओटा बुद्धा उल्लेख गर्दै स्केट पार्कहरुलाई मादण्ड अनुरुप संञ्चालन गर्न सुझाएको छ । व्यवसायी दर्ता, खेलाडीको सुरक्षा, निर्माण भएको भौतिक संरचना, खेल सामाग्री लगायत बिभिन्न आवश्यक मापदण्डलाई पुरा गरी संञ्चालन गर्न संघको आह्वान छ । संघका अध्यक्ष राकेश राई हस्ताक्षर पत्रमा जिल्लामा रहेका स्केट पार्कहरुलाई मादण्डविपरिद भएको भ...
पूर्णपुष्टि/उदयपुर/कार्तिक १३ गते ।
त्रियुगा नगरपालिका वडा नं १ मैनाहामा सम्पन्न तेस्रो वडा अध्यक्ष फुटवल प्रतियोगिताको उपाधी धनगढी लेजेन्ड्सले जितेको छ । मंगलबार मैना खेलमैदान भएको धनगढी र हावेली बलुवाहीबीचको प्रतिस्पर्धामा धनगढीले सुन्यको विरुद्ध ७ गोल गर्दै उपाधी जितेको हो । धनगढीको तर्फबाट सुसान राईले मात्रै ४ गोल गरे भने अमोस भट्टराईले ३ गरी जम्मा ७ गोल गरेको हो । खेल अबधीभर बलुवाहीको तर्फबाट कुनै पनि गोल हुन सकेन । बिजेता हुने धनगढीलाई १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ । भने उपविजेता बलुवाहीलाई नगद १० हजार र शिल्ड प्रदान गरिएको हो । आयोजक समस्त मैनाहा परिवारले प्रतियोगिताको आयोजना गरेका थिए ।
...
पूर्णपुष्टि, उदयपुर÷कार्तिक, ३ गते ।
त्रियुगा नगरपालिका वडा नं १६ मा शनिवार र आईतबार भएको भलिवल प्रतियोगिताको पुरुष तर्फको प्रथम पुरस्कार सुकौरा र महिला तर्फ युनिभर्सल वुमन भलिवल क्लव प्रथम भएको छ । आईतबार वडाको जाल्पा चिलाउने माविको खेल मैदानमा सम्पन्न खेलमा पुरुष तर्फ १० र महिला तर्फ तिन गरी जम्मा १३ ओटा टिम सहभागी बनेको थियो । प्रतियोगिताको पुरुष तर्फ प्रथम टिमलाई १० हजार नगद प्रमाण पत्र र ट्रफि प्रदान गरिउको छ भने महिला तर्फ रु ७ हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै पुरुष तर्फ शाहिखोला दोस्रो र आहाले तेस्रो भएको छ । यी दुवै टिमलाई क्रमश ः ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । यस्तै महिला तर्फ काभ्रे भोर्ले दोस्रो र म्याडम टिम तेस्रो भएको छ । यी दुई टिमलाई क्रमश ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।
प्रतियोग...
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, कार्तिक १ ।
कार्तिक २५ गतेदेखी त्रिनपा-४ बगाहा खेलमैदानमा जारी तेस्रो स्व। युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको उपाधि इलाभेन स्टार फुटबल क्लब बोक्सेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेडलाई ०-३ गोलले हराउँदै इलाभेन स्टार बोक्से ले उपाधि चुमेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १० का रविशंकर चौधरीले खेलको १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४४ औँ मिनेटमा जर्सी नम्बर २१ का सन्दीप लिम्बुले गोल गर्दै बोक्सीको अग्रता दोब्बर बनाए । त्यस्तै ६ मिनेटको थप अतिरिक्त समयमा चौधरीले एक गोल थप्दै सहज जित निकालेको हो । फाईनल खेलको म्यान अफ द म्याच बोक्सेका जर्सी नम्बर १० का रविशंकर चौधरीनै बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
,
खेल अबधीभर गाईघा युनाईटेडले कुनै पनि गोल गर्न सकेन । यो टिम उपबिजेतामै ...
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, असोज ३० । त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाईटेड फुटबल क्लब पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लब नेपालटारलाई टाईब्रेकरमा १–३ गोलले हराउँदै गाईघाट युनाईटेड फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको खेलमा गाईघाट युनाईटेडले बाजी मारेको हो । दोस्रो हाफको ७ औँ मिनेटमा नेपालटारका लागी जर्सी नं. १९ का मनिश मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १७ औँ मिनेटमा गाईघाटका लागी जर्सी नं. १४ का सनम राईले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । यस खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेडका गोल रक्षक अनिल मगर बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
नेपालटारला...
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २९ ।
त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा इलाभेन स्टार फुटबल क्लब बोक्से पुगेको छ ।
बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बगाहा युवा समूहलाई ०-४ गोलले हराउँदै इलाभेन स्टार फुटबल क्लब बोक्से फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ३ गोल थपेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १२ का रितेश तामाङले पहिलो हाफको ८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको १२ औँ मिनेटमा जर्सी नम्बर ५ का योगेश बिष्टले गोल गर्दै बोक्सेको अग्रता दोब्बर बनाए भने थप गरिएको ६ मिनेटको अतिरिक्त समयको ५ औँ मिनेटमा जर्सी नम्बर १० का रविशंकर चौधरी र ६ औँ मिनेटमा जर्सी नम्बर ३५ का समिर राना मगरले गोल गरे ।
यस खेलको म्यान अफ द म्याच बो...
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २६ ।
त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको दोस्रो खेलमा आदर्श युवा क्लब नेपालटार विजयी भएको छ ।
आइतबार बगाहाको खेलमैदानमा भएको खेलमा दमौटी फुटबल क्लबलाई ०-१ गोलले हराउँदै आदर्श युवा क्लब नेपालटारले जित हासिल गरेको हो ।
आदर्श फुटबल क्लब नेपालटारका लागि आशिष राईले दोस्रो हाफको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
यस खेलको म्यान अफ द म्याच आदर्श युवा क्लबका आशिष राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
भोलि हुने तेस्रो खेल आयोजक बगाहा युवा समूह र स्टार फुटबल समूह जोगीदह बीच हुनेछ ।
बगाहा युवा समूहद्वारा आयोजित यस फुटबल प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्...