एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी
मेजर कुमार राई
प्रकाशित मिति : २०८० मंसिर २१ गते ।
सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ।
त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो ।
हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहा...









