बिहे हुनै नपाई मेलिना र सन्जिवबीच ब्रेकअपको निर्णय
पूर्णपुष्टि, साउन २०
गायीका मेलिना राईले सन्जीव बराईली सँग ब्रेकअप गर्ने निर्णय सामाजिक संञ्जालमा जनाएकी छिन् । राईले गिटारिस्ट तथा संगितकर्मी सन्जीव वराईली सित केही समय अघिनै इन्गेज्मेन्ट गरेकी थिईन् । उनले फेसवुकमा लेख्दै कुनै पनि इन्गेज्मेन्टहरु बिहेमै परिणत हुन पर्छ भन्ने बाध्य नरहेको पनि जनाईन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको गायीका राईले फेसबुकमा लेखेकी छिन् ।
‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ फेसवुकमा उनी लेख्छीन् । ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उसले ब्रेकअपको कारण बताईन् । आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्ज...









