Monday, August 17News That Matters

मनोरञ्जन

नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष ६ ‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् । झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भ...
उदयपुरमा किराँत समुदायको उधौली (साकेला) भब्यरुपले मनायो

उदयपुरमा किराँत समुदायको उधौली (साकेला) भब्यरुपले मनायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष ४ उदयपुरमा किराँत राई समुदायले साकेला नाचेर अधौली पर्व भब्यरुपले मनाएका छन् । अन्नवाली राम्रो होस् भनी प्रकृतिलाई पुज्दै बैसाखे पूर्णेमा उभौली साकेला मनाउने राई समुदायले यतिबेला बाली भित्राएको खुसीयालीमा उधौली मनाएका हुन् । किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नविन राईका अनुसार वर्षमा दुईपटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौलीपर्व मनाउने गर्दछन् । उधौली साकेलाको अवसरमा उदयपुरको बेल्टारमा किराँत राई जातीको पहिलो राजा यलम्बरको सालिक अनावरण भएको छ भने जिल्लाको मुख्य तीन स्थानमा भब्य साकेला नाँचको आयोजना भयो । चौदण्डीगढी नगरपालिकाको बेल्टारमा उधौली नाचको आयोजना गरी यलम्बरको सालिक अनावराण गरिएको हो । स्थानीय किन्दरमाया राई र उहाँको परिवारले स्वर्गिय पति कृष्णबहादुर राईको स्मृतिमा ४ लाख २५ हजारको लगानीमा यलम्बर सालिक निर्मा...
राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव हुने

राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २ राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । विराटनगरमा आगामी पुष ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भ...
मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितिन्

मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितिन्

Breaking News 3, मनोरञ्जन, समाचार, संसार
पूर्णपुष्टि, मंसिर २७ ७० औं मिस युनिभर्स २०२१ को उपाधि भारतकी २१ वर्षीया हरनाज सन्धूले जितेके छिन् । सन्धूले ७० जना प्रतिस्प्रधीलाई पछि पार्दै मिस युनिभर्स बन्न सफल भएकी हुन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धूले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । सन्धू भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । सन्धू मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए । मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् ।...
मेरिआइडेन्टी अन्तर्राष्ट्रिय सम्मानमा ११ देश सहभागी, नेपालबाट उदयपुरका कार्की र खोटाङका राई सम्मान्नित

मेरिआइडेन्टी अन्तर्राष्ट्रिय सम्मानमा ११ देश सहभागी, नेपालबाट उदयपुरका कार्की र खोटाङका राई सम्मान्नित

Breaking News 2, मनोरञ्जन, समाचार, संसार
पूर्णपुष्टि मंसिर २३ मेरिआईडेन्टी अन्तराष्ट्रिय सम्मान बाट नेपालका दुई यवा सम्मान्नित भएका छन् । करिब ११ देशहरुको सहभागी रहेको सम्मान कार्यक्रममा नेपाल बाट उल्टो मोटरसाईकल यात्री उदयपुरका चित्र कुमार कार्की र लेखक तथा खेलाडी खोटाङका रक्षा कुमार राई सम्मान्नित भएका हुन् । उनिहरुलाई नेपालको तर्फबाट भारतका प्रदेश मन्त्री एरा डी शर्माले नेपालको राष्ट्रिय झन्डा ओडाएर सम्मानपत्र मेमोन्टो सहित सम्मान गरिएको हो । सम्मान समारोहमा नेपाल भारत दुवई थाइल्यान्ड जापान अमेरिका लगाएत ११ देशका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिको उपस्थिति रहेको थियोे। मेरिआइडेन्टी अन्तर्राष्ट्रिय म्यागजिनले आयोजना गरेको कार्यक्रममा नेपालका चित्रकुमार कार्की र रक्षकुमार राईलाई अन्तर्राष्ट्रिय सम्मान छनोट समितिले सम्मान दिने निर्णय गरेको आयोजक समिति अध्यक्ष डाक्टर सेर सिह बगेलाले बताएका छन् । कार्कीले सन २०११ मा शान्ति र ...
दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व तराईमा मनाईदैँ

दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व तराईमा मनाईदैँ

Breaking News 3, मनोरञ्जन, रोचक, समाचार
पूर्णपष्टि, मंसिर २ नेपालीहरुको ठूलो चाड दशैं, तिहार र छैठ सकिएसँगै अर्को महत्वपूर्ण पर्व समाचकेवा मनाउन थालिएको छ । आदिवासी थारुलगाएत तराई–मधेशमा बसोबास गर्ने अन्य समुदायले पनि दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व उत्सवको रुपमा मनाउदैँ छन् । कात्तिक शुक्ल द्वितिया तिथिदेखि शुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म दिदी–बहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् । बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् । थारु संस्कृतिविद्का अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सात...
४६ वर्षीया प्रीति सरोगेसी विधिबाट बनी जुम्ल्याहा बच्चाकी आमा

४६ वर्षीया प्रीति सरोगेसी विधिबाट बनी जुम्ल्याहा बच्चाकी आमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, मंसिर २ चर्चित बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षीया पीतिले सरोगेसको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । आफू आमा बनेको कुरा प्रीतिले सामाजिक सञ्जाल इन्स्टाग्राबाट जानकारी गराएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’ प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’ प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् ।...
संसारकै चार धाम मध्येको एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु

संसारकै चार धाम मध्येको एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु

Breaking News 2, बिचार, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, मंसिर २ संसारकै चार धाम मध्ये एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु भएको छ । सुनसरी जिल्ला वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिसद भित्र लाग्ने हरिबोद्बनी एकादशी ( कात्तिके) मेलामा सोमबरबाट सुरु भएको हो । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म लाग्ने मेलामा भारतिय भक्तजनहरुको पनी सहभागिता रहेको थियो । नेपालीहरुले मनाउँने दशैं, तिहार, छठ लगायतका ठूला पर्वहरु सकिए लगतै धार्मिक मेला पर्वको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक वराहक्षेत्र धाममा छाएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला संसारमै प्रसिद्ध छ । धार्मिक मेला र महोत्सब भन्न...
रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक २७ लोकदोहोरी गायक रामजी खाँण र सम्झना भण्डारीले हालै बजारमा ‘चाँदनी’ बोलको गित सार्वजानिक गरेको छ । सो गितमा गायक तथा मोडल प्रकाश सपुत र नायिका तथा मोडल केकी अधिकारीले प्रस्तुती दिएकी छिन् । भिडियोका मोडल प्रकाश र केकीले गीत राम्रो बनेको बताउँदै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यी दुईले यसअघि पनि केही म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन् । त्यस्तै यी दुईको सहकार्य रहेको चलचित्र ‘परदेशी २’ प्रदर्शनको लागि तयार छ । गायक–गायिका रामजी र सम्झनाले गीत राम्रो बनेको बताउँदै माया गरिदिन स्रोता एवं दर्शकमाझ आग्रह गरे । निर्देशक विक्रम स्वारले अन्य गीतहरूको निर्देशन गरिरहे पनि लोकदोहोरी भिडियो पहिलोपटक निर्देशन गरेको बताउँदै सकेको मेहनत गरेको बताए । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थुप्रै लोकदोहोरी गीत ल्याइसकेको पृथ्वी इ...