Tuesday, June 9News That Matters

राजनीति

मोरङमा १८ वर्षीया किशोरी कांगे्रस प्रदेश प्रतिनिधि चयन

मोरङमा १८ वर्षीया किशोरी कांगे्रस प्रदेश प्रतिनिधि चयन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ५ एक १८ वर्षीया किशोरी मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा चयन भएकी छन् । १८ वर्षीया रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रियरुपमा राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने रक्षाको भनाई छ । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन गराएर चयन भएको हो । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।...
लिम्चुङबुङमा एक जनप्रतिनिधि एमालेबाट माओवादी केन्द्रमा प्रवेश

लिम्चुङबुङमा एक जनप्रतिनिधि एमालेबाट माओवादी केन्द्रमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आज देशभर वडा अधिवेशन चलिरहदा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा एकजना एमालेका जननिर्वाचित वडा सदस्य नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । वडाअधिवेशनको अवसरमा वडा नं. ३ की वडासदस्य कुमारी परियारले एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेकी हुन् । उनीसहित सो वडाका ३० जनाले विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हन् । त्यसैगरी वडा नं. १ बाँसबोटेमा १६ जना माओवादीमा प्रवेश गरेको जनाइएको छ । उनीहरुलाई माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राई तथा पालिकाको पार्टी सचिव झनक घिमिरेले स्वागत गरेका थिए । लिम्चुङबुङका सबै वडाहरुमा वडाअधिवेशनको उद्घाटन सत्र भब्यरुपले सम्पन्न भएको माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राईले बताए ।...
त्रियुगा ११ नं. वडा कमिटिमा खड्काको नेतृत्व

त्रियुगा ११ नं. वडा कमिटिमा खड्काको नेतृत्व

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न गर्ने क्रममा उदयपुरको त्रियुगा नगरपालिका –११ मा शिवबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि बनेको छ । कमिटिको उपाध्यक्षमा राम बराइली, सचिव सोमानसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्ष विमला बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्याण राई, उमेश कटुवाल, हेमकला राई, मिलन विक, कोपीला भुजेल, सिता राई, रमिता राई, गिता राई, बलबहादुर विक रहेका छन् । त्यस्तै कुमार राउत, दलबहादुर बस्नेत, राजकुमार राई, कौशल रेग्मी, कमला राई, अर्जुन अधिकारी, बृहस्पती राई, अम्बिका राई, रिता थापा, मञ्जु श्रेष्ठ, अस्मिता राई, उद्धव पराजुली, विक्रम राई, विरबहादुर विक र सानु विक रहेका छन् । अधिवेशनले नगरप्रतिनिधिका लागि राजकुमार राई, लक्ष्मीकुमार कार्की, दलबहादुर बस्नेत, विक्रम राई, रमिता राई, बलबहादुर वि.क., गीता राई,...
उदयपुरको एकठाउँमा मतपत्र च्यातियो, ३ ठाउँमा मतपरिणाम सार्वजनिक : कांग्रेस प्रदेशसभा अधिवेशन निर्वाचन

उदयपुरको एकठाउँमा मतपत्र च्यातियो, ३ ठाउँमा मतपरिणाम सार्वजनिक : कांग्रेस प्रदेशसभा अधिवेशन निर्वाचन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरमा एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस उदयपुरको चारकेन्द्रमा प्रदेशसभा अधिवेशनको निर्वाचन मध्ये एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ । मतगणनाको क्रममा गणनास्थलभित्रै विवाद उत्पन्न भएपछि निर्वाचन क्षेत्र नं. २ अन्तर्गत (क) केन्द्रमा मतपत्र च्याताच्यात भएको हो । प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । उदयपुरगढीको नेपालटार बजारमा दिउसो मतदान सकिएपछि साँझबाट मतगणना सुरु भएको थियो । मतपत्र च्यातिएपछि सो ठाउँको मतगणना स्थगित भएको छ । सो केन्द्रका सभापति उम्मेदवार मोहनसेर राई र खेसबहादुर मगरकै उपस्थितिमा विवाद उत्पन्न भएको बुझिएको छ । विवाद मतपत्र च्यात्नेसम्मको अवस्थामा पुग...
कांग्रेस प्रदेशसभा अधिवेशनको मतदान उदयपुरमा धमाधम

कांग्रेस प्रदेशसभा अधिवेशनको मतदान उदयपुरमा धमाधम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ३ । नेपाली कांग्रेस उदयपुर आज प्रदेशसभा अधिवेशनमा होमिएको छ । जिल्लाको चार ठाउँमा निर्वाचनका लागि मतदान चलिरहेको छ । ५ बजेसम्म चल्ने मतदान कार्यक्रम निर्वाचन क्षेत्र नं. १ को (क) र (ख), निर्वाचन क्षेत्र नं. २ को (क) र (ख) गरी चार ठाउँमा चलिरहेको छ । कांग्रेसभित्र प्रष्ट दुई खेमा छुट्टिदै चारै ठाउँमा दुई प्यानलबीच चुनाव भएको छ । क्षेत्र नं. १ को (क) मा अर्जुन दाहाल नेतृत्वको प्यानल र जयप्रसाद सुवेदी नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । १ (ख) मा देवीकुमारी चौधरी नेतृत्वको प्यानल र सरोजकुमार बस्नेत नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । उता क्षेत्र नं. २ को (क) मा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ भने २ (ख) मा राम पोखरेल नेतृत्वको प्यानल र कृष्ण थापा नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । १ (क) को अर्जुन दाहाल, १ (ख)...
मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १ १ नं प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको छ । उनको पक्षमा ५० मत सहित विश्वासको मत खसेका थिए । आज बाट राईले प्रदेश सरकारको दरिलो र आधिकारिक सरकार नेतृत्वको जिम्मेवारी पाएका हुन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् । प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्र...
उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ३० कांग्रेस १४ औँ माहाधिवेशनमा प्रदेश माहाधिवेशन प्रतिनिधि पदका लागि उदयपुर क्षेत्र नं २ (ख) बाट राजिव तामाङ (ठुले भाई) ले जनजाति तर्फको उम्मेदवारी घोषणा गरेको छ । उनले महाधिवेशन लाई सफल पार्न र कांग्रेस पार्टीलाई मजवुद बनाउन साथै पार्टी र जनताका निम्ति राम्रो व्यक्ति छान्न आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । उनले त्यसका लागि जनजाति तर्फको उम्मेदवारीमा आफुलाई महत्वपूर्ण भोट आउनेमा पनि आशा व्यक्त गरे । उम्मेदवारी घोषणा सँगै तामाङले सम्पूर्णलाई अमुल्य भोटको आग्रह समेत गरे । उनले प्रदेशमा राम बहादुर पोखरेल र क्षेत्रमा राम कुमार खत्रीको टिमबाट उम्मेदवारी दिएको जनाएको छ । नजिकिँदै गरेको माहाधिवेशनलाई सफल पार्न पार्टीका लागि आफ्नो सम्पूर्ण त्याग तपस्या सहित आफु चुनावी मैदानमा उत्रेको भन्दै सबै सँग आशिर्वाद, सहयोग, सद्भाव र अमुल्य मतको समेत आग्रह गरे । प्रदेश नं १ ...
News : पेट्रोलियम पदार्थ मुल्यबृद्धिको विरोधमा नेपालबन्द, उदयपुरमा प्रभाव

News : पेट्रोलियम पदार्थ मुल्यबृद्धिको विरोधमा नेपालबन्द, उदयपुरमा प्रभाव

Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक ३० नेपाल कम्यूनिष्ट पार्टी  (विप्लप समुह) ले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव उदयपुरमा देखिएको छ । बन्दले जिल्लाको यातायात सेवा प्रभावित बनेको छ । लामो दुरीका यातायात साधनहरु ठप्प छन् भने स्थानीय क्षेत्रमा फाटफुटरुपमावाहेक चलेका छ्रैनन् । सदरमुकाम गाईघाट क्षेत्रको बजार, पसलहरु बन्द छन् । कटारी, बेल्टार वजारका बजार, पसल पनि बन्द छन् । विहानदेखि नै सो पार्टीका कार्यकर्ताहरु बजारमा घुम्दै बन्द गराएका छन् । बन्दको पूर्वसन्ध्यामा हिजो कटारीमा मसाल जुलुस प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले बजार क्षेत्रमा सुरक्षा तैनाथ गरेको छ । बन्दमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बजार क्षेत्रमा तैनाथ रहेका छन् । सरकारले सर्बसाधारण जनताको ढाड सेक्ने गरी मुल्यबृद्धि गरेकाले विरोध गरिएको सो पार्टीका जिल्ला नेता लक्ष्मण पौडेलले बता...
फोटो फिचर : पेट्रोलियम पदार्थको मृल्यबृद्धिको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) ले गरेको नेपाल बन्दमा गाईघाट

फोटो फिचर : पेट्रोलियम पदार्थको मृल्यबृद्धिको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) ले गरेको नेपाल बन्दमा गाईघाट

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । गाईघाट
प्रदेश नं १ मा पहिलो सरकारले गरेको ७५ जनाको राजनितिक नियुक्ती पद ख्यारेज हुँदै

प्रदेश नं १ मा पहिलो सरकारले गरेको ७५ जनाको राजनितिक नियुक्ती पद ख्यारेज हुँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २९ प्रदेश नं १ मा राजनितिक नियुक्ती पद पाएका ७५ जनाको पद ख्यारेज हुँदैछ । पहिलो सरकार भिम आचार्य नेतृत्वको सरकारले विश्वासको मत लिनु अघिनै हतारमा गरेको राजनितिक नियुक्तीको पद राजेन्द्र राई नेतृत्वको वर्तमान सरकारले धमाधम ख्यारेज गर्न लागेको हो । भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएका आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने ठहर गरेको स्रोत बताउँछ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले ...