पूर्णपुष्टि, कार्तिक २९
प्रदेश नं १ मा राजनितिक नियुक्ती पद पाएका ७५ जनाको पद ख्यारेज हुँदैछ । पहिलो सरकार भिम आचार्य नेतृत्वको सरकारले विश्वासको मत लिनु अघिनै हतारमा गरेको राजनितिक नियुक्तीको पद राजेन्द्र राई नेतृत्वको वर्तमान सरकारले धमाधम ख्यारेज गर्न लागेको हो । भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएका आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने ठहर गरेको स्रोत बताउँछ ।
प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले ...
पूर्णपुष्टि, कार्तिक २८
नेकपाल कम्युनिष्ट पार्टी (विप्लव) ले माओवादी केन्द्रले जनताको पक्षमा काम गरेमा आफुहरु एकतामा जाने जनाएको छ । माओवादी केन्द्रले व्यक्तिगत सर्तमा पार्टी र जनतालाई प्रयोग गरे यो सम्भव नरहेको समेत जनाए ।
धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा पार्टीका माहासचिव नेत्र विक्रम चन्दले माओवादी केन्द्र सँग एकता सम्भव रहेको तर त्यसका लागि जनताको पक्षमा काम पर्ने सर्त राखेको छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ’ त्यसको लागि जनताको पक्ष र राष्ट्रको पक्षमा निश्वार्थ निष्पक्ष काम गर्नु पर्छ माहासचिव चन्दले भने ।
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।
गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्...
पूर्णपुष्टि, कार्तिक २८ ।
नेकपा एमाले उदयपुरमा राम्रो प्रभाव छ भन्ने भान देखाउने भागवत राउत महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित ब्यहोरेका छन् । उनले १ हजार ८६९ खसेको मतमा छ सय मत पनि पाउन नसकेपछि पराजित ब्यहोरेका हुन् । उनले ५९४ मत पाए । खुल्लातर्फ २४ जना उम्मेदवार मध्ये ६ जना विजयी हुँदा जिल्ला सचिवालय सदस्य रहेका राउत विजयीको लिष्टमा पर्न सकेनन् । उनको निकट मत अंक ६२४ प्राप्त गर्ने कालु लामा विजयी भएका छन् ।
एमाले उदयपुरको राजनीतिको पुरानो नेता मणीराज उपाध्याय पौडेल पनि पराजित भएका छन् । १५ वर्ष पार्टी सचिव चलाएका पुराना नेता पौडेलले १५९ मत मात्र प्राप्त गरेका छन् ।
सबैभन्दा बढि मत बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा स्वस्तीले १०८६ पाएका छन् । दोस्रो मत परमेश्वर घिमिरेले ९२२, तेस्रो मत एमाले जिल्ला अध्यक्ष इश्वरमणी राउतले ७८६ मत पाएका छन् । प्रदेश सांसद विमल कार्कीले चौथो मत ७...
पूर्णपुष्टि, कार्तिक २८ ।
बेलाबेला पालिकामा विवादित भइरहने बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती) नेकपा एमाले, उदयपुरको क्षेत्र नं. १ बाट सबैभन्दा बढि मत प्राप्त गरी पार्टीको १० औं महाधिवेशनको लागि प्रतिनिधिमा निर्वाचित भएका छन् ।
आठ जना निर्वाचित मध्ये उनको सबैभन्दा बढि मत १ हजार ८६ आएको हो । दोस्रो मत प्रमेश घिमिरेको रहेको छ । उनले ९२२ मत प्राप्त गरेका छन् । पार्टीका उदयपुर अध्यक्ष इश्वरमणी राउतको तेस्रो मत ७८६ आएको छ । प्रदेश सांसद विमल कार्कीको ७८५, कुशलबाबु बस्नेतको ६५१ र कालु लामाको ६२४ मत आएको छ । लामाले निर्वाचित मध्ये कान्छो मत प्राप्त गरेका हन् ।
समावेशीतर्फ श्रृजना दुनवारको ८०० र महेश्वरी राईको ७२१ मत प्राप्त भएको छ । प्रतिनिधिका लागि खुल्लातर्फ २४ र समावेशी (महिला) तर्फ १० जनाले चुनावमा भाग लिएका थिए । सहमतिय प्रयास विफल भएपछि निर्वाचनबाट नै प्रतिनिधि चयन गर्न...
पूर्णपुष्टि, कार्तिक २३ ।
नेपाली कांग्रेस उदयपुरमा प्रष्ट दुईधार देखिएको छ । कांग्रेसको देउवा र पौडेल समुहमा दुईधार देखिएको हो । नगरस्तरबाटै नेतृत्व चयनमा देखिएको प्रष्ट दुईधार अहिले प्रदेश सभा अधिवेशनमा पनि देखिएको छ । यो जिल्लाको नेतृत्वमा पनि प्रष्ट देखिनेछ । कांग्रेसको केन्द्रमै यो किसिमको धार रहेकाले जिल्लार गाउँतहसम्म देखिएको हो ।
प्रदेश सभा अधिवेशनका लागि सभापतिमा सरोज बस्नेत र देवीकुमारी चौधरीको उम्मेदवारी सार्वजनिक भएको छ । कांग्रेसको पूर्व नगर सभापति बस्नेत नेतृत्वको प्यानल हिजो घोषणा भएको छ । उनको नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय चन्द्रबहादुर तामाङ र उद्धवबहादुर राउत छन् । सचिव उम्मेदवारद्वयमा फिरन खड्का र कुवेर ग्रांजा मगर रहेका छन् भने सहसचिव उम्मेदवारद्वयमा लक्ष्मणप्रसाद भट्टराई र अर्पना दनुवार रहेका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारहरुमा उद्धवकुमार ...
पूर्णपुष्टि, कार्तिक २२
तत्कालै नियुक्ति भएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज संसद बाट विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।
गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ ।
मुख्यम...
पूर्णपुष्टि, कार्तिक १५
प्रदेश नं १ मा राजेन्द्र राई तेस्रो मुख्यमन्त्री बनेको छ । नेपालको राजनितिक असरका कारण नेतृत्व हेरफेरको क्रम चलिरहँदा राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री बनेको हो । ५ बर्षको मुख्यमन्त्री कार्यकालको पहिलो मुख्यमन्त्री शेरधन राई बनेका थिए । पछि कम्युनिष्ट फुटेपछि देशैभर राजनिति स्थिरता छायो । यसैको प्रभावले फेरी दोस्रो मुख्यमन्त्रीको रुपमा भिम आचार्य नियुक्ती भए । उनि नियुक्ती भएको केहि हप्तामै अल्पमतमा परे । मुख्यमन्त्रीकै लागि एमालेमा बसेका आचार्यले अल्पमतमा परेपछि राजिनामा दिनु पर्यो ।
यता सरकार गठबन्धनको साहारामा चलिरहेको छ । सरकार संञ्चालनका लागि प्रदेश र केन्द्रमा मन्त्रि विस्तार तथा सत्ता साथगाँठको काम चलिरहेको छ । एमाले भित्र पार्टी फुट्को असरका कारण नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्रीको रुपमा प्रस्त...
पूर्णपुष्टि, कार्तिक १५
प्रदेश नं १ मा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धले निर्णय गरेको छ । हाल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त सरकारमा गठबन्धन छ भने एमाले प्रमुख प्रतिपक्षी दल हुन् ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै वर्तमान मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए।
यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ।
विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्...
पूर्णपुष्टि, कार्तिक १३
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम वहादुर आलेले विमानस्थलमा आकस्मिक छड्के अनुगमन गरेको छ । यात्रुहरुको सेवा सुविधालाई सहज बनाउने प्रतिवद्ध सहित आकस्मिक कडाई अनुगमनमा विमानस्थल पुगेका मन्त्री आलेले कर्मचारीहरुको काममलाई निगरानी गरेको छ । अनुगमनको क्रममा कोरोना खोपको नाममा प्रयोगशालाहरुले लापर्वाहि तथा मनोमनी ढंगले शुल्क लिएको कुरालाई आपत्ति जनाउँदै त्यस्ता प्रयोगशालाहरुलाई तत्कालै नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा मनोमनी गरेको पाइएका प्रयोगशालाहरुलाई आईतबार सम्म शुल्क घटाउन समय दिएको छ । मन्त्री आलेले आईतबार फस्ट हाउरमै शुल्क नघटाउनु पर्ने र यदि नघटाए त्यस्ताले प्रयोगशाला चलाउनै नपाउने बताए । उनले शुल्क घटाएर जनताहरुको हितमा कोरोना परिक्षण गर्नेहरुलाई मात्र प्रयोगशाला संञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्री आलेले विमानस...