Friday, August 14News That Matters

शिक्षा

इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’

इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’

Breaking News 1, शिक्षा, समाचार
https://youtu.be/JHlwyGovLgk पूर्णपुष्टि, फागुन २४ । गाईघाट । उदयपुरको एक युवाले सरकारी इन्जिनियरको जागीरसंगै पढाईमा उच्च सफलता हाँसिल गरेका छन् । त्रियुुगा नगरपालिका ३ मोतिगडाका २८ वर्षिय अबिशेक राजा शाही ठकुरीले एमएससी, कन्ट्रक्सन मेनेजमेन्टमा युुनिभर्सिटि सेकेण्ड टपरको रुपमा डिग्री हाँसिल गरेका हुन् । पोखरा युनिभर्सिटि अन्तर्गत मोरङको मदन भण्डारी मेमोरियल एकेडेमीबाट २०७९ ब्याजीमा उनी दोस्रो उत्कृष्ट बन्न सफल भएका छन् । उनले सिजिपिए ३.९७ अङ्क प्राप्त गरेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुुटामा इन्जिनियरको कामसंगै पढाईमा उच्च सफलता हाँसिल गर्नु सामान्य मानिदैन । पढाई र लक्षप्रतिको विशेष लगाव र मेहनतले सफलता मिलेको उनी बताउछन् । उनले पढाई र जागीरको तालमेल मिलाउन मुस्किल महशुस नगरेका होइनन् तर, चुनौतीको सामना गर्दै निरन्तर बढ्दा सफलता हाँसिल भएको बताए । “आफुले आफुलाई कहिल्यै...
कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १० गते । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो ।टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया समेत गरेको छ । छलफलको क्रममा विशेष आबश्यकता शिक्षाको आबश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकहरूको टोलीले भने अध्ययन र सिकाई प्रक्रियाका विषयमा विद्यार्थीहरूसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसहरूका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै कोरियाली प्राध्यापकहरूले क...
मा.वि‍. मुर्कुचीमा विज्ञान तथा कला प्रदर्शनी हुने

मा.वि‍. मुर्कुचीमा विज्ञान तथा कला प्रदर्शनी हुने

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ६ । मुर्कुची । उदयपुरको एक प्रतिष्ठित विद्यालय नमुुना माध्यामिक विद्यालयले रौतामाई विज्ञान तथा कला प्रदर्शनी गर्ने भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित विद्यालयले ६१ औं वार्षिकोत्सवसंगै आगामी फागुन १० र ११ गते भब्यरुपमा प्रदर्शनी गर्ने भएको प्राध्यापक खड्ग मगरले जानकारी दिए । प्रअ मगरका अनुसार प्रदर्शनीमा विज्ञान, कला, सामाजिक र वातावरण गरी चार विद्या समेटेर विद्यार्थी वालवालिकाहरुको प्रतिभा प्रदर्शनी हुनेछ । चारै विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा जिल्ला र छिमेकी जिल्लासमेतका करिब ८० विद्यालयको सहभागिता हुने अनुमान छ । रक्तदान कार्यक्रमसहित सुरु हुने उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष बिरेन्द्र मगरले सम्बोधन गर्नेछन् भने भोलीपल्ट समापन समारोहलाई प्रमुख अतिथिको रुपमा संघीय सांसद अम्बर रायमाझीले सम्बोधन गर्ने...
अनेरास्ववियूले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

अनेरास्ववियूले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि,माघ १३ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । विद्यार्थीहरुले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाएका छन् ।...
आज सरस्वती पूजा मनाइदै

आज सरस्वती पूजा मनाइदै

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि,माघ १२ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन्। सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने ...
प्याराडाईज स्कुलका विद्यार्थी खेलाडीहरु पुरस्कृत (भिडियो सहित)

प्याराडाईज स्कुलका विद्यार्थी खेलाडीहरु पुरस्कृत (भिडियो सहित)

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, माघ ११ । गाईघाट उदयपुर जिल्लाको एक प्रतिष्ठित बिद्यालय प्याराडाईज माध्यमिक स्कुल गाईघाटले विभिन्न बिधामा दुई सय बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी खेलकुद प्रतियोगितामा सहभागि भएका विभिन्न बिधाका नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट बिद्यार्थीलाई सोमबार एक कार्यक्रमको आयोजाना गरी बिद्यालयले पुरस्कार वितरण गरेको हो । https://youtu.be/3Ixb7E7AIBQ प्रिन्सिपल बाबुराम आचार्यका अनुसार खेलकुदमा झण्डै एक हजार बिद्यार्थीको सहभागिता रहेका थिए । शिक्षाँसगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अव्वल बनाउन बिद्यालयको बार्षिक उत्सवलाई लक्षित गरी क्यालेण्डर नै प्रकाशन गरेर खेलकुद कार्यक्रम गरिएको हो । एउटा कक्षामा तीन वटासम्म बिद्यामा सहभागि हुने गरी कवडी, भलिवल, फुटवल, रिलेदौड, हाइजम्प, लङ्जम्प, ज्यावलिङ्गथ्रो, सटफुट जस्ता कार्यक्रम सञ्चालन ग...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ७ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै, स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श...
त्रियुगाको जनज्योती माबिमा अध्यानरत दृष्टिविहिन विद्यार्थीलाई कपडा वितरण

त्रियुगाको जनज्योती माबिमा अध्यानरत दृष्टिविहिन विद्यार्थीलाई कपडा वितरण

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ७ गते । त्रियुगा नगरपालिका–७ स्थित जनज्योती माबि चुहाडे स्रोत केन्द्रमा अध्यानरत दृष्टिविहिन बालबालिकालाई प्रकृति प्रेमी समाज उदयपुरले न्यानो कपडा वितरण गरेको छ । विद्यालयको स्रोत केन्द्रमा अध्यानरत १० जना विद्यार्थीलाई प्रकृति प्रेमी समाजले ट्राकसुट, टिसर्ट र चप्पल वितरण गरेको हो । २०७६ सालमा गाईघाट स्थानिय व्यवसायी युवाहरुले गठन गरेको प्रकृति प्रेमी समुहले उदयपुरका विभिन्न स्थानमा वृक्ष्यारोपण, कपडा बैंक स्थापना लगायतका सामाजिक काम गर्दै आएको समाजका अध्यक्ष तथा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले बताए ।...
बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ उदयपुरको त्रियुगामा रहेको जिल्लाकै ठुला क्याम्पसहरु मध्ये गनिने बरुवा क्याम्पसले पुस्तकालय भवनको सिल्यान्यास गरेको छ । बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले भवनको सिल्यान्यास गरेको हो ।त्रियुगा गनरपालिका १२ शान्तिधाम स्थित रहेको क्याम्पसको पूर्वपट्टीको जग्गामा भवन निर्माण गरिने क्याम्पसले जनाएको छ । क्याम्पसले शिक्षालाई चुस्त दुरुस्त र उच्च शिक्षाका लागि सहज बनाउने भन्दै आफ्नै पुस्ताकलय भवन निर्माण गर्न लागेको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले बताउनुभयो । क्याम्पसलाई सबैखाले सुविधाले पोख्त पार्ने र उच्च शिक्षाका लागि जिल्लावासी तथा अन्य जिल्लाकाहरुलाई सस्तो र गुणस्तरीय शिक्षा दिने प्रयासको सफलता अनुरुपुस्तकालय भवनको सिल्यान्यास गरेको अध्यक्ष चौधरीको भनाई छ । भवनको सिल्यान्यास गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राईले आवश्यकीय बजेटको...
संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ आठौँ संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अखिल कान्तिकारी जिल्ला कमिटि उदयपुरले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा ३ र ४ गतेका दिन त्रियुगा जनता बहुमुखी क्याम्पसको प्राङगणमा हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगिता गराईएको हो । आयोजकका अनुसार त्रियुगा नगरपालिकाका माध्यमिक तह स्तरीय हाजिर जवाफ सँगै बक्तृत्वकला प्रतियोगिता गराईएको जनाएको छ ।प्रतियोगितामा त्रि.ज.व क्याम्पसका ब्याबस्थापन संकाय शिक्षा सकाय, नमुना माध्यमिक विद्यालय, जनता माध्यमिक देउरी र त्रियुगा मा.बि गाईघाटका बिद्यार्थीहरु उपस्तिथि रहेका थिए । हाजिरी जवाफमा त्रि ज ब क्याम्पसका शिक्षा सकायका प्रथम, ब्यबस्थापन तर्फका विद्यार्थीहरु दोस्रो र त्रियुगा मा। बि गाईघाट त्रितिय भएका थिए । यता बक्तृत्वकला प्रतियोगितामा उदसी मा।बि जलजले प्रथम, त्रियुगा मा ।बि गाईघाट दोस्रो र त्रि जनता...