Sunday, August 23News That Matters

समाचार

उदयपुरमा भडाका सवारी र ट्रिफरलाई टाईमकार्ड लागु

उदयपुरमा भडाका सवारी र ट्रिफरलाई टाईमकार्ड लागु

समाचार
बिक्रम राई उदयपुर/फागुन १४ दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक कार्यलय उदयपुरले बुधबारदेखी उदयपुरमा पनि भाडाका सवारी तथा ट्रिफरहरुमा टाइमकार्ड लागु गरेको छ । तिब्र गति नै दुर्घटनाको मुख्य क्षेति भन्दै यसको नियन्त्रणको लागि टाईमकार्ड लागु गरिएको हो । प्रदेश नं १ का ट्राफिक प्रमुख प्रहरी (उपरिक्षक) भिम बहादुर दाहालले सवारी चालकहरुलाई टाइमकार्ड वितरण  गुर्नभयो । टाईमकार्ड वितरण गर्दै दाहालले १ नं प्रदेशको मुख्य जिल्लाहरु सुनसरी, मोरङ र झापामा टाइमकार्ड लागु गरिसकेको बताउनुभयो । यसका साथै पछिल्लो समय उदयपुरमा पनि सडक संञ्जालहरु व्यापक रुपमा बढिरहेको र सवारी साधन तथा सडकमा हुने दुर्घटनाहरुको जोखिम पनि उत्तिकै बढिरहेको भन्दै टाइमकार्ड लागु गरिएको बताउनुभयो । दाहालले टाइमकार्ड लगाउनुको कुनै कारणहरु रहेको बताउँदै पछिल्लो समयको दुर्घटनाको प्रकृति हेर्दा तिव्रगति नै दुर्...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन १४ गते ।  आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ३२ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय रुपैयाँ तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४२ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ४ रुपैयाँ २९...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  आज सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो । सुन घटेर तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
आगामी चैत्रदेखि गैँडा गणना सुरु

आगामी चैत्रदेखि गैँडा गणना सुरु

समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  आगामी चैत्र १ गतेदेखि दुर्लभ एक सिङ्गे गैँडा गणना सुरु हुने भएको छ । प्रत्येक ५÷५ वर्षमा गरीने गैडाँ गणना यस चैत्र १ गतेदेखि सुरु गरीने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको हो । पहिलो चरणको गैँडा गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गरिने भएको छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने विभागले जनाएको छ । नेपालको चार वटा निकुञ्जमा गैँडा रहेको छ । २० दिनसम्म संचालन हुने गैँडा गणनाको लागि ३५ वटा हात्ति र ६० जना प्राविधिक परिचालन गरिने भएको छ । यस अघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । गैँडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको विभागले जनाएको छ । बाढीले गैँ...
युरोपेली च्याम्पियन लिगमा जर्मन क्लवको जित

युरोपेली च्याम्पियन लिगमा जर्मन क्लवको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो खेलमा जर्मन क्लव बायर्न म्यूनिकले जित हात पारेको छ । ईङ्गिलस क्लव चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा जर्मन क्लब बायर्न म्युनिकले चेल्सीलाई ३–० गोले  पछि पार्दै जित हात पारेको हो । खेलको ५१औँ र ५४औँ मिनेटमा जर्मन क्लवका ग्नाब्रीले गोल गरे भने ७६ औँ मिनटमा अर्का खेलाडी लेवान्दोस्कीले एक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।...
लिम्चुङबुङमा याे बिदा, एतिहासिक दिन

लिम्चुङबुङमा याे बिदा, एतिहासिक दिन

समाचार
पूर्णपुष्टि, फागुन १४ । 'लिम्चुङबुङ' नाम रहन गएकाे दिनलाई स्मरण गर्दै उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाले अाज सार्बजनिक बिदा गरेकाे छ । साबिक सुनकाेशीलाई परिवर्तन गरि स्थानीय वनस्पति 'लिम्चुङबुङ' काे नामबाट नामाकरण गरिएकाे हाे । स्थानीय चामलिङ राई भाषामा 'लिम्चुङबुङ' भनिने बनस्पतिलाई पर्वतेमा सुनतारी भनिन्छ । नेपाल सरकारकाे मन्त्री परिषद्ले२०७४ फागुन १४ गते साविक सुनकाेशीकाे नाम परिवर्तन गरि 'लिम्चुङबुङ' बनाएकाे थियाे । साेहि दिनलाई गाउपालिकाकाे गाउँ कार्यपालिकाले सार्बजनिक बिदा घाेषणा गरेकाे हाे । कार्यपालिकाकाे निर्णय बमाेजिम अाज पालिका कार्यालय र माताहतका कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिदा भएका छन् । पालिका अध्यक्ष मेजरकुमार राईका अनुसार राज्यकाे संघीय शासन व्यवस्थामा पहिचान, भुगाेल जस्ता अाधारमा पालिकाकाे नामाकरण गर्न सक्ने व्यवस्था रहेकाे छ । साेहि व्यवस्थालाई टेकेर गाउँ सभ...
रेड पाण्डाको छालासहित ४ जना पक्राउ

रेड पाण्डाको छालासहित ४ जना पक्राउ

समाचार
गाईघाट, फागुन १३ गते ।  काठमाण्डौँबाट दुर्लभ बन्यजन्तु रेड पाण्डा (हाब्रे)को छालासहित चार जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१२ कपनको खरिबोटबाट सोमबार दिउँसो साढे ३ बजे रेड पाण्डाको छालासहित प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ निबासी कमला तामाङ, धादिङ निबासी सुकबहादुर लामा, कास्की निबासी युवराज सापकोट र सिन्धुली निबासी सूर्यबहादुर भुजेललाई रेड पाण्डाको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । भुजेलले बोकेको झोला भित्र निलो प्लाष्टिकले बेरेर राखेको अवस्थामा पाण्डाको छाला बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।...
आज पनि पानी पर्ने सम्भावना

आज पनि पानी पर्ने सम्भावना

समाचार
गाईघाट, फागुन १३ गते ।  आज पनि मुलुकको विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार मुलुकभर सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पानीसँगै उच्च पहाडी तथा हिमाली भेगका केहि ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
दिल्लीमा प्रहरीसहित ४ जनाको मृत्यु

दिल्लीमा प्रहरीसहित ४ जनाको मृत्यु

समाचार, संसार
गाईघट, फागुन १३ गते ।  भारतको नयाँ दिल्ली यमुनापार क्षेत्रमा हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसात्मक घटनामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो । उक्त घटनामा २५ जना भन्दा धेरै घाइते भएका छन् । विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । प्रदर्शनकारीहरुले आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कफ्र्यु लगाएको संचारमाध्यमहरुले जनाएको छ । प्रदर्शनकारीलाई संयमता अपनाउन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आह्वान गरेको जनाईएको छ । हिंसा बढेको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती भएको संचारमाध्यमहरुले जनाएको छ । भारतले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्...
आज विदेशी मुद्राको भाउ घट्बढ

आज विदेशी मुद्राको भाउ घट्बढ

आर्थिक, समाचार
गाईघाट, फागुन १२ गते ।  आज विदेशी मुद्राको भाउ घट्बढ भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ९ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९९रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३० पैसा र र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा नै रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर...