Saturday, August 22News That Matters

समाचार

सडक सुशासन र दुर्घटना न्यूनिकरणमा जोड

सडक सुशासन र दुर्घटना न्यूनिकरणमा जोड

शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर ३० गते । ट्राफिक नियमको पूर्ण पालना गर्दै सडक सुरक्षा, सडक अनुशासन कायम गर्न सकेको खण्डमा दुर्घटना न्यूनिकरण हुने एक कार्यक्रममा बताइएको छ । सडक सुशासन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी सोमबार गाईघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । राजमार्ग अवरोध हटाउने जिल्ला समन्वय समिति उदयपुरको आयोजना तथा यातायात व्यवस्था सेवा कार्यालयआयोजि गाईघाट र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा चालक, यात्रु तथा यातायात व्यवसायीहरुलाई दुर्घटनाका कारण र न्यूनिकरणका उपायको बारेमा बताइएको थियो । सडक सुशासनको बारेमा यातायात कार्यालय र ट्राफिक नियम र दुर्घटनाको कारण र बच्ने उपायको बारेमा ट्राफिक कार्यालयले जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धूबबहादुर खड्काले सडक दुर्घटना जटिल बन्दै गएको र जिउधनको क्षती बढ्दै गएकोप्रति सब...
नगर युवा सञ्जालको कार्यलय उद्घाटन

नगर युवा सञ्जालको कार्यलय उद्घाटन

समाचार
गाईघाट/मंसिर,३० त्रियुगा नगर युवा सञ्जाल गाईघाटको कार्यलय सोमवार त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीले संयुक्त रुपमा गर्नु भएको छ । मेयर चौधरी र उपमेयर चौधरीले संयुक्त रुपमा रिवन काटेर त्रियुगा नगरपालिका नजिकै रहेको कार्यलयलाइ उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा वोल्दै मेयर चौधरीले बिक्रि र विसंङगती लाई हटाउन युवा सञ्जाल र सम्पूर्ण क्षेत्रहरुलाई समेट्ने काम गर्ने बताउनु भयो ।  उहाँले सक्षम युवा कसरी बनाउने भन्ने कुरामा युवाहरुले ध्यान दिओस भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । चौधरीले युवा संञ्जालका निमित्त आफ्ले सक्दो  सहयोगहरु गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । यस्तै उपमेयर चौधरीले युवाहरुमा धेरै जिम्मेवार रहने बताउनु भयो । उहाँल बाल संञ्जाल हुदै युवा र पछि राष्ट्रिय उन्नतीमा समेत युवाको भुमिका रहने बताउनु भयो । उहाँले धरै युवाहरु यतिवेला खराव कामम...

फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर २९ । एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आईतबार पक्राउ२ गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का फरार प्रतिबादी टंकबहादुर मगरलाई गाईघाट बजारबाट पक्राउ गरेको हो । उनलाई वन सम्बन्धीको मुद्दामा जिल्ला अदालत उदयपुरले २ महिना ३ दिन कैद र १७ हजार रुपैया जरिवाना तोकेको थियो । फरार रहेको अवस्थामा पक्राउ परेका उनलाई अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।  ...

दुई विप्लब कार्यकर्ताद्वारा पार्टी परित्याग

समाचार
पूर्णपुष्टि, मंसिर २९ । आईतबार छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै दुईजनाले नेकपा माओवादी विप्लब समूह परित्याग गरेको घोषणा गरेका छन् । उदयपुरको बेलका नगरपालिका ४ का पूर्णबहादुर तामाङ र त्रियुगा नगरपालिका १३ का निर्मल रेग्मीले पार्टी परित्याग गरेको घोषणा गरेका हुुन् । उनीहरुले विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जिल्ला कमिटि सदस्य रहेका रेग्मीले आजकै दिनदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी सामान्य पारिवारिक जीवन जिउने विज्ञप्तीमा जनाएका छन् । तामाङले पनि अव उप्रान्त सो पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहने र स्वतन्त्र जीवन जिउदै घरपरिवारको हेरचाह गर्ने विज्ञप्तीमा जनाएका छन् । उनी पक्राउ परी थुनुवाको रुपमा जिल्ला कारागार उदयपुरमा  थिए । रेग्मीलाई प्रशासनले अधिकारकर्मी, पत्रकार, आफन्तजनको रोहबरमा आजै छाडे...
जसिज उदयपुरमा ललित अध्यक्ष

जसिज उदयपुरमा ललित अध्यक्ष

समाचार
पूर्णपुष्टि, मंसिर २९ । उदयपुर जेसिजको अध्यक्षमा ललितकुमार नायक चयन भएका छन् । शनिबार भएको जेसिजको नवौं साधारण सभा तथा अधिवेशनबाट नायक अध्यक्षमा चयन भएका हुन् । समितिको कार्य कारीणी उपाध्यक्षहरुमा ताराबहादुर खडका र व्रहमदेव महतो चयन भएका छन् भने उपाध्यक्षहरुमा संगिता घिमिरे, इश्वर मान राई, सौगात केशी र नविता कुमारी यादव चयन भएका छन् । त्यस्तै महासचिवमा अनुप ढुंगाना मनोनित भएका छन् । उपमहासचिव विष्णु कार्की, सह कोषाध्यक्ष नितान्त थापा मनोनित भएका छन् । आर्थिक संयोजकमा मिथुन ठाकुर, तालिम संयोजक मोनालिसा पराजुली, युवा संयोजक पवन राउत, महिला संयोजक अनिसा बुढाथोकी मनोनित भएका छन् । अन्य मनोनितमा प्रकरण प्रमुख पुर्षोत्तम सापकोटा, व्यवस्थापन प्रमुख शिवकुमार यादव रहेका छन् । कोषाध्यक्ष, कानुनी सल्लाहकार र जन सम्पर्क अधिकारी पदमा मनोनित बाँकी छन् । आगामी पदस्थापन कार्यक्रममा मनोनित पुरा गर...
खेलाडी विदाइ

खेलाडी विदाइ

खेलकुद, समाचार
पूर्णपुष्टि/बेल्टार, मंसिर २९  खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा पुस १ गतेदेखि हुन लागेको १ नंं. प्रदेशका नगर स्तरीय व्याड्मिन्टन प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले खेलाडी विदाइ गरेको छ । नगरपालिकाले सहभागी खेलाडिहरुलाई खेलकुद सामग्रीसहित विदाई गरेको हो । चौदण्डीगढी नगरपालिकाको तर्पmबाट छनौट गरिएका चारजना खेलाडिहरुलाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले  खेलकुद सामग्रीसहित विदाई गरे । विजयी भएर आउन उत्साहित गर्दै नगर प्रमुख राईले खेलमा प्रयोग गरिने ड्रेस, जुत्तासहित अन्य सामग्री प्रदान गर्नु भयो । चौदण्डीगढी नगर व्याड्मिन्टन संघको नेतृत्वमा ४ जना खेलाडिसहित नगर खेलकुद विकास समितिको नेतृत्व पनि सहभागी भएको आयोजकले जनाएको छ । विजयी समूह मध्ये प्रथम हुनेले १ लाख ५२ जहार दोस्रो÷तेस्रोले  ४५÷४५ हजार नगद प्राप्त गर्ने छन् ।  ...
प्रहरीलाई युवा सञ्जालको सहयोग

प्रहरीलाई युवा सञ्जालको सहयोग

समाचार
पूर्णपुष्टि, मंसिर २९ । त्रियुगा नगर युवा सञ्जालले एक प्रहरी चौकीलाई फर्निचर सामान सहयोग प्रदान गरेको छ । सञ्जालले लालपत्ता प्रहरी चौकीलाई सहयोग प्रदान गरेको हो । सञ्जालका पदाधिकारी तथा सदस्यहरु आप्mनो तर्फबाट आर्थिक जुटाई ८ वटा प्लाष्टिकको कुर्सी र एकथान भित्तेघडी सहयोग प्रदान गरेको उपाध्ययुवक्ष सुप्रिया पुडासैनीले बताईन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक ज्ञानबहादुर माझी, स्थानीय समाजसेवी जनार्दन रेग्मी लगायतको उपस्थितिमा सञ्जालको अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुले चौकीलाई सामान प्रदान गरेको हो । सञ्जालकी सदस्य सबनम मोतेका अनुसार चौकीलाई फर्निचरका सामानहरु आवश्यक देखिएकोले सञ्जालले सहयोग गरेको हो । विभिन्न सामाजिक गतिविधि गर्दै आएको सञ्जालले सर्जनशिल कार्य गर्दै आएको उनले बताइन् ।...
लागु औषाध सहित छुट्टा छुट्टै ठाउँबाट २ जना पक्राउ

लागु औषाध सहित छुट्टा छुट्टै ठाउँबाट २ जना पक्राउ

Breaking News 1, समाचार
बेलका नगरपालिका इलाका प्रहरी कार्यलय रामपुर र त्रियुगा नगरपालिका लालपत्ता प्रहरी चौकी बाट लागु औषाध सहति २ जना पक्राउ परेको छ । करिब ६ः४५ बजेको समयमा लालपत्ता प्रहरी चौकीले लाहान बाट गाईघाट तर्फ आईरहेको स १ ज ५०३ नम्वरको विङगरलाई चेक जाँच गर्दा विङगरमा सवार उदयपुरगढी गाउँपालिका २ का विप्लप तामाङको साथ बाट १३० पिस नाइट्रोभेट ट्यावलेट सहित प्रहरीले पक्राउ गरेको छ । यता वेलका नगरपालिका ८ दिवाजोरमा इलाका प्रहरी कार्यलय रामपुरले मैनामैनी देखी कोठु तर्फ आईरहेको को १२ प ७१०३ नम्वरको मोटरसाईकल चेक जाँज गर्दा भोजपुरको हतुवागडी गाउँपालिका ७ का २२ बर्षे जय प्रकाश राई २ केजी लागुऔषाध (गाँजा) सहति पक्राउ परेको छ । राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय रामपुर ल्याइएको छ । भने तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय ल्याईएको छ ।...
आगलागी बाट १५ लाख बराबरको क्षती

आगलागी बाट १५ लाख बराबरको क्षती

Breaking News 1, समाचार
कटारी मंसिर, २९ कटारी नगरापालिका ८ पाखाटोल स्थित आगलागी बाट २ ओटा घर जल्दा १५ लाख बराबरको क्षेती पुगेको छ । कृष्ण श्रेष्ठको घरमा शनिवार करिब ४ः३० बजेको समयमा आगलागी हुदा १५ लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । आगलागीबाट नगद रु ५० हजार सहित अन्नपात, लत्ता कपडा, भाडा वर्तन, काठपात, र आवश्यक कागजात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । आगलागी बाट मानव र चौपायाको भने क्षती नभएको प्रहरीले जनाएको छ । स्थाई प्रहरी चेक प्वाइन्ट वेतेनी बाट खटिएको टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएको थियो । ५ बर्षको बच्चाले लाईटर खेलाउने क्रममा गोठबाट आगो सल्कीदा आगलागी भएको हो ।  ...
कुटपिटबाट १ जनाको मृत्यु

कुटपिटबाट १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, मंसिर २८ गते ।  सोलुखुम्बुको माप्यदुधकोशीमा विवाह घरमा गएका एक जानलाई कुटपिट गर्दा मृत्युभ एको छ । माप्यदुधकोशी गाउँपालिका–३ दाम्कुमा विवाह घरमा गएका पविधन राईलाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गत २५ गते कर्णबहादुर कार्कीको विवाह घरमा गएका सोही गाउँपालिका–२ निबासी १८ वर्षीय राईलाई ३ न. वडाका २७  वर्षीय डाकमान कार्कीसहितको १०÷१२ जनाको समुहले विवाद निकाली कुटपिट गर्दा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाईते भएका राईको केएमसी अस्पताल सनामंगल काठमाण्डौमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमानलाई नियन्त्रणमा लिई फरार रहेको अन्य व्यक्तिलाई खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...