सौर्य एयर दुर्घटना : शव पहिचान र हस्तान्तरणमा समय लाग्ने
पूर्णपुष्टि, साउन १० । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका यात्रुहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ। अस्पतालले आवश्यक कागजपत्र मिलाएर शवको पोस्टमार्टम सुरु गरिसकेको जनाएको छ।
अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार पोस्टमार्टमका लागि फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी खटिएका छन्। एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने बताइएको छ। डा. काफ्लेले भने, ‘मृत्युको कारण थाहा भइसकेको छ, तर शव पहिचान गर्नु चुनौतीपूर्ण छ। प्रायः यस्तो दुर्घटनामा शव जलेका हुन्छन्।’
नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डीएसपी अमर थापाका अनुसार बुधबार साँझसम्ममा चारवटा शवको पोस्टमार्टम सकिएको छ। उनले भने, ‘१८ शवको पोस्टमार्टम र पहिचान गर्न समय लाग्छ। चाँडोमा पनि शुक्रबार मात्रै परिवारलाई शव हस्तान्तरण हुने अव...









