Saturday, May 2News That Matters

समाचार

सांसदको स्वकीय सचिवको सुविधा खारेज

सांसदको स्वकीय सचिवको सुविधा खारेज

Breaking News 3, समाचार
नेपाल सरकारले मितव्ययिता नीति अनुसार सांसद तथा अन्य राजनीतिक पदाधिकारीहरूको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो निर्णय अनुसार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले मात्र स्वकीय सचिव राख्न पाउनेछन् । अन्य सबै राजनीतिक पदाधिकारीहरूका लागि यो सुविधा बन्द गरिएको छ । नयाँ निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारीले सल्लाहकार नियुक्त गर्न नपाउने भएका छन् । यसमा नेपाल सरकार, प्रदेश र स्थानीय तहका सबै पदाधिकारीहरू समावेश छन् । अर्थ मन्त्रालयका अनुसार यी निर्णयहरूको मुख्य उद्देश्य सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु र स्रोत...
फुलजाेर नजिकै त्रियुगा बाढीले मदनभण्डारी राजमार्ग भाँसियाे, सावधान अपनाउन जरुरी (भिडियाे)

फुलजाेर नजिकै त्रियुगा बाढीले मदनभण्डारी राजमार्ग भाँसियाे, सावधान अपनाउन जरुरी (भिडियाे)

Breaking News 2, समाचार
https://youtu.be/_9GLesYCU_4 पूर्णपुष्टि, असाेज ७ ।  मदनभण्डारी राजमार्ग अन्तर्गत गाइघाट-बेल्टार सडकखण्डकाे फुलजाेर नजिकै सडक भाँसिदा दुर्घटनाकाे जाेखिम थपेकाे छ । गाइघाटदेखि ७ किलाेमिटर पूर्व त्रियुगा नगरपालिका र चाैदण्डिगढी नगरपालिकाकाे सिमानामा सडक भासिएकाे हाे । केहीदिनकाे भारीबर्षा पछि त्रियुगा नदीकाे बाढीले सडक किनारमा खाेलेपछि सडक जाेखिमपूर्णरुपले भासिएकाे हाे । सडकलाइ विशेष मर्मत गरी बनाउनुपर्ने अवस्था भएपनि निर्माण ठेकेदार कम्पनीले सामान्य टालटुल मात्र गरेकाे छ । उक्त ठाउँमा दाेहाेराे सवारी साधन चलाउने मिल्ने अवस्था छैन । भासिएकाे ठाउँलाइ पूर्ण सावधानीका लागि घेरेर राख्नुपर्ने स्थानीयबासीकाे भनाइ छ ।...
कहिले मिल्छ प्रवासी नेपालीलाई मताधिकार ?

कहिले मिल्छ प्रवासी नेपालीलाई मताधिकार ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई मतदानको सुविधा दिने मुद्दा लामो समयदेखि अलपत्र परेको छ ।  यद्यपि हरेक निर्वाचनका बेलामा यो विषय उठ्छ, तर व्यावहारिक तयारीमा भने कमी देखिएको छ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले हालै प्रवासी नेपालीहरूलाई आगामी चुनावमा मत हाल्ने अवसर दिइने घोषणा गरेका छन् ।  तर यसका लागि आवश्यक पूर्वाधार र तयारीमा अझै पनि कमी रहेको देखिएको छ । सर्वोच्च अदालतले २०७४ सालको चैतमा नै सरकार र निर्वाचन आयोगलाई विदेशी नेपालीहरूलाई मताधिकार प्रदान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।  यदि त्यो आदेश समयमै पालना भएको भए २०७९ सालको निर्वाचनमा नै यो व्यवस्था लागू हुन सक्ने थियो ।  तर व्यावहारिक कार्यान्वयनमा ढिलाइ भएको छ । प्रवासी नागरिकहरूका लागि मतदान व्यवस्थापन गर्न मतदाता नामावली संकलन मतदान केन्द्र स्थापना र मतदान अधिकृत खटाउने जस्ता म...
मन्त्रीहरुको सपथ ३ बजे

मन्त्रीहरुको सपथ ३ बजे

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा सिफारिस गरिएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम एक घण्टा ढिलो गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार शपथ समारोह अब दिउँसो ३ बजे सम्पन्न हुनेछ । प्रारम्भमा दिउँसो २ बजेका लागि निर्धारण गरिएको उक्त कार्यक्रम केही प्राविधिक कारणले गर्दा सरेको राष्ट्रपति भवनका अधिकारीहरूले जानकारी दिएका छन् । यो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सम्पन्न गराउनेछन् । प्रधानमन्त्री कार्कीले आइतबार चार जना व्यक्तित्वहरूको नाम मन्त्री पदका लागि राष्ट्रपति समक्ष पेश गरेकी थिइन् । यीमध्ये सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग वाणिज्य आपूर्ति कानुन न्याय भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्रालयको दायित्व पाउनेछन् । आविष्कारक तथा वैज्ञानिक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्रदान गरिनेछ । प...
केशरमहलबाट शिक्षा मन्त्रालय सञ्चालन हुँदै, मन्त्री पुनले आज पदभार ग्रहण गर्ने

केशरमहलबाट शिक्षा मन्त्रालय सञ्चालन हुँदै, मन्त्री पुनले आज पदभार ग्रहण गर्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ ।  जनविद्रोहका क्रममा भदौ २४ गते सिंहदरबारभित्रको शिक्षा मन्त्रालयको भवनमा आगजनी भएपछि उक्त कार्यालय प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेको छ । भवन क्षतिग्रस्त भएका कारण शिक्षा मन्त्रालयले लैनचौरमा रहेको केशरमहलमा अस्थायी कार्यालय स्थापना गरेर सेवा दिन थालेको छ ।  मन्त्रालयका कर्मचारीहरूले पनि नयाँ ठाउँमा काम सुरु गरेका छन् । आजै उक्त अस्थायी कार्यालयमा नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।  वैज्ञानिक तथा आविष्कारक पुनलाई शिक्षा क्षेत्रको नेतृत्व गर्न सिफारिस गरिएको हो । आन्दोलनकारीहरूले मन्त्रालयको मुख्य भवनमा लगाएको आगोका कारण धेरै महत्वपूर्ण कागजात र फर्निचरहरू नष्ट भएका छन् ।  भवन मर्मतसम्भार नहुँदासम्म केशरमहलबाटै सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त घटनाले शि...
स्वास्थ्यमन्त्री बाहेक चार मन्त्रीले आज शपथ लिने

स्वास्थ्यमन्त्री बाहेक चार मन्त्रीले आज शपथ लिने

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ ।  प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच जना मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । तर स्वास्थ्यमन्त्रीको नियुक्ति भने केही समयका लागि स्थगित भएको छ । सिफारिस भएकाहरूमा अनिलकुमार सिन्हा, डा संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल रहेका छन् । तर डा. मिश्राको नियुक्ति अहिलेका लागि रोकिएको मन्त्रालयीय स्रोतले बताएको छ । राष्ट्रपति कार्यालयका अनुसार बाँकी चार जनाले आज दिउँसो २ बजे शपथ ग्रहण गर्नेछन् । सिन्हालाई उद्योग वाणिज्य आपूर्ति कानुन न्याय भूमिसुधार सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइनेछ । महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने छ, जबकि मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व गर्नेछन् । सूचना तथा सञ्चार मन्त्रालयमा जगदीश खरेल नियुक्त हुनेछन् । सिन्हा सर्वोच्च अदा...
उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा बैजनाथ खेलाले बगाउँदा एक जना पूरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–६ धपर बस्ने अन्दाजी ४० बर्षीय तोप बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुयरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार साझँ ५ बजेको समयमा नेपालटार बजारबाट घर जादै गरेका सार्कीलाई बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएको स्थानबाट अन्दाजी ५ सय मिटर तल सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराउनसाथ प्रहरी टोली खटिई गई आवश्यक कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।...
घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ६ गते । नेपालीको घरघरमा आजबाट दशैँ भित्रिएको छ । महान पर्वको रुपमा रहेको बडादशैं आजबाट सुरु भएको हो । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर...
माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते । उदयपुरमा रातो‌ माटो लिन गएकी एक युवतीको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा ‌त्रियुगा नगरपालिका-३ की २४ बर्षीय रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आइतबार बिहान ११ बजेको समयमा त्रियुगा नगरपालिका- ३ गेरुवा खोला सि्थत त्रियुगा सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटना स्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीको रिपोर्ट:१२७६ हतियार लुटिए, ९८ हजार बढी गोली बेपत्ता

प्रहरीको रिपोर्ट:१२७६ हतियार लुटिए, ९८ हजार बढी गोली बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाले सुरक्षा निकायको तयारी र रणनीतिमा गम्भीर कमजोरी देखाएको छ । दुई दिनको घटनामा ७४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते अझै अस्पतालमा उपचाररत छन् । नेपाल प्रहरीको आन्तरिक रिपोर्टअनुसार आन्दोलनका क्रममा १२ सय ७६ वटा राइफल र पिस्तोल हराएका छन् । त्यसैगरी ९८ हजार ४ सय ९१ राउन्ड गोली बेपत्ता भएका छन् । यसमध्ये कति प्रहरीले प्रयोग गर्यो र कति लुटिएका हुन् भन्ने स्पष्ट छैन। १३ सय १५ राउन्ड रबर बुलेट पनि अभिलेखमा कम देखिएका छन् । प्रहरीले दुई दिनमा २२ सय २० पटक हवाई फायर गरेको छ भने ३२ सय २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा दिएको वक्तव्यमा प्रहरीसँग स्वचालित हतियार नभएको दाबी गरे पनि घटनास्थलबाट फरक तथ्य बाहिरिएको छ । नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लाग...