बोक्सेमा पनि खुल्यो स्केट पार्क, ४ जना माथिका समूहलाई २५ प्रतिशत छुट
पूर्णपुष्टि, उदयपुर, ११ गते ।
गाईघाटमा पछिल्लो समय स्केट पार्कका व्यवसाय उदाईरहेको छ । बिषेशगरी बालवालिकाहरुलाई मनोरञ्जन र स्किल देखाउने कलाकै कारण यसप्रति आकर्षण बढिरहेको हो । गाईघाट सहित आसापासका स्थानहरुमा ६ ओटा स्केट पार्क निर्माण भैसकेको छ । मोतिगडामा पनि स्केट पार्क निर्माण भएको छ भने बोक्सेमा पनि सुविधा सम्पन्न ब्रोदर्स युनिक स्केटिङ पार्कको भर्खरै उद्घाटन भएको छ । शुक्र राई र बिपिन मगरको संयुक्त लगानीमा निर्माण पार्क आकर्षित बनेको छ ।
उक्त पार्कको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनकै दिन करिब ३ सय जनाले स्केट मनोरञ्जन लिएको संञ्चालक शुक्र राईले जनाए । राईले अन्य भन्दा फरक सेवा सुविधा सहित ब्रोदर्स स्केट निर्माण गरिएको जनाए । शान्त वातावरण एकान्त ठाउँ र आधुनिक प्रविधिको सामाग्री प्रयोग गरिएको राईको भनाई छ । ४ जना बढी समूहमा आउनेलाई २५ प्रतिशत छुट समेत गरिएको राईले जनाए । स...








