Sunday, May 3News That Matters

समाचार

तलब भत्ता राेकिन नहुने त्रियुगा नगरपालिकाका शिक्षकहरुकाे माग (भिडियाे)

तलब भत्ता राेकिन नहुने त्रियुगा नगरपालिकाका शिक्षकहरुकाे माग (भिडियाे)

Breaking News 2, शिक्षा, समाचार
https://www.youtube.com/watch?v=0DbAlr01CHk पूर्णपुष्टि, असाेज ४ । त्रियुगा नगरपालिकाका शिक्षाकहरुले दशै‌काे मुखमा तलब भत्ता नपाएकाे बताएका छन् । तलब भुक्तानीका बारेमा उच्च अदालतमा मुद्दा रहेकाले पालिकाले तलब राेकेकाे जनाइएकाे छ । तर शिक्षकहरुले कुनै पनि हालतमा तलब पाउनुपर्नेमा जाेड दिएका छन् ।
उदयपुरमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवक पक्राउ

उदयपुरमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । उदयपुमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ बर्षीय सुदिप चौधरी, चौदण्डी–५ का २५ बर्षीय रोहित कुमार चौधरी र २४ बर्षीय चन्दन कुमार चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान १ बजेको समयमा त्रियुगा नगरपालिका–१३ बहेडवाका देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा–१३ फुलजोर स्थितबाट ट्याक्टर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ भने पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।...
नेपाली कांग्रेसले गाईचोकमा दिप प्रज्वलन गरी मनायो संविधान दिवस

नेपाली कांग्रेसले गाईचोकमा दिप प्रज्वलन गरी मनायो संविधान दिवस

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ३ । नेपाली कांग्रेस उदयपुरले दिप प्रज्वलन गरी ११ औँ संविधान दिवस मनाएको छ । आज साझँ गाईघाटको मेनचोक (गाईचोक) मा दिप प्रज्वलन गर्दै दिवस मनाएको हो । जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थितिमा दिप प्रज्वलन गरी दिवस मनाएको हो ।
गाईघाटमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गरी मनायो संविधान दिवस

गाईघाटमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गरी मनायो संविधान दिवस

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ३ । उदयपुरमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गर्दै ११ औं संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीले त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा दिप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो । जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीले ध्वस्त भएको पार्टी कार्यालय बाहिर दिप प्रज्वलन गरी संविधान दिवस मनाएको हो । दिप प्रज्वलनमा कोशी प्रदेश सदस्य, जिल्ला इन्चार्ज, त्रियुगा नगर कमिटिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।    ...
जेनजी आन्दोलनपछि बोर्डविहिन त्रियुगा नगरपालिकामा राखियो बोर्ड

जेनजी आन्दोलनपछि बोर्डविहिन त्रियुगा नगरपालिकामा राखियो बोर्ड

Breaking News 1, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ । जनेजी प्रदर्शनको क्रममा उदयपुरको त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी हुँदा कार्यालय बोर्डविहिन बनेको थियो । हिजो बोर्डविनै सञ्चालन भएको नगरपालिकाले आजदेखि बोर्डको ब्यवस्था गरेर राखेको छ । प्रदर्शनकारीले तोडफोड गरेको बोर्ड मर्मत गरी आज राखिएको पालिकाले जनाएको छ । गत भदौ २४ गते प्रदर्शनकारीले पालिका तोडफोड र आगजनी गरेपछि नगरपालिकाको सेवा स्थगित भई हिजोदेखि सञ्चालनमा आएको छ । आज संविधान दिवसको सार्बजनिक विदा परेको छ । भोली शनिबार विदा परेको छ । पर्सी आइतबारदेखि निरन्तर सेवा सञ्चालन हुने जनाइएको छ ।...
आजबाट सडकमा देखिए ट्राफिक

आजबाट सडकमा देखिए ट्राफिक

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ ।  उदयपुरमा आजबाट ट्राफिक प्रहरी सडकमा देखिएका छन् । सडक सुरक्षा र ट्राफिक नियम नियमन र अनुगमनका लागि तैनाथ रहने ट्राफिक प्रहरी जेनजी आन्दोलन पछि सडकमा देखिएका थिएनन् । सडकमा ट्राफिक नहुँदा सवारी साधन संञ्चालन र ब्यवस्थापन अब्यवस्थित बन्दै गएको थियो । सडकबीचमा ब्यवसायीहरुबीच विवादसमेत हुने गरेको थियो । सडकमा लापरवाही बढ्दै गएको थियो । हेलमेटविना मोटरसाईकल चलाउने, तिब्र गतिमा कुदाउने र बजारमा जथाभावी पार्किङ गरेर सडक अस्तब्यस्त बन्दै गएको थियो । जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक प्रविन कार्कीका अनुसार आजबाट सडकमा खटिएको हो । जिल्लाका सबै ट्राफिक जनशक्ति विगत झै सडक, चौकमा खटिएका हुन् । जेनजी आन्दोलन पछि सुरक्षा तथा अन्य ब्यवस्थापनका कारण ट्राफिक बाहिर निस्केको थिएन । देशभरमा आन्दोलनको क्रममा ट्राफिक र प्रहरीको थुप्रै संरचनामा क्षती पुगेका छन...
भोली फोहोर उठाउँने भनेको तिन दिन भो

भोली फोहोर उठाउँने भनेको तिन दिन भो

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ । गाईघाट बजारको फोहोर उठाउछु भनेको तिन दिन भएको छ । नगरपालिका र ११ नं. वडा कार्यालयले तीनदिनदेखि भोली उठाउछु भन्दै रहेको फोहोर फेरी पनि भोली उठाउने भनिएको छ । जेनजी आन्दोलन पछि नउठेको फोहोर १२ दिनदेखि थुप्रिबसेको छ । बजारका घर तथा पसल अगाडी सडक किनारमा थुप्रिएका फोहोर अब्यवस्थित र दुर्घन्धित बनेको छ । दैनिक जसो बजार क्षेत्रबाट उठाउने गरेको फोहोर लामो समयदेखि नउठाउँदा प्रदुर्षण बढेर जनजीवन नै अस्तब्यवस्त बन्दै गएको छ । गाईघाटका व्यापारी बिजय गुप्ताले फोहारका कारण दुर्गन्धित बन्दै गएको बजारमा हिड्दा नाक थुनेर हिड्नु पर्ने अवस्था आएको बताए । फोहरमैला ब्यबस्थापन शाखाका कर्मचारी दिलिप श्रेष्ठले फोहोर फ्याक्ने उचित ठाउको ब्यबस्थापन हुन नसक्दा बजार क्षेत्रको फोहर नउठेको बताएका छन् । वडाध्यक्ष सुमन्त कोइरालाले फोहोर ब्यवस्थापन गर्ने ठाउँ ब्यवस्था भइसकेकोले छिटै उठा...
संविधान दिवस मनाइयो

संविधान दिवस मनाइयो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज ३ । संविधान दिवस उदयपुरमा आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्ला स्तरीय आयोजक समिति उदयपुरले जिल्ला समन्वय समिति उदयपुरको ब्यवस्थापनमा अन्तरक्रिया गर्यो । जिससकै सभाहलमा आयोजित अन्तरक्रियामा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाई, नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेका गणपति मनोज कार्की लगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया भएको थियो । विभिन्न कार्यालयका प्रमुखहरु, कर्मचारी, नागरिक समाज, पत्रकार, बुद्धिजिविसमेतले अन्तरक्रियामा भाग लिएका थिए । नेपालको संविधानको चर्चा गर्दै देशको शासन र विकासमा यसको महत्वपूर्ण भुमिका रहेको र आवश्यकता अनुसार संशोधन गर्दै अग्रगतिमा देशलाई लैजानु पर्ने बक्ताहरुले बताएका थिए । हिजाे सरसफाइ तथा दिप प्रज्वलन गरेर मनाइएकाे दिवसलाइ विभिन्न पार्टीहरु...
ट्राफिकहरुलाई चस्मा

ट्राफिकहरुलाई चस्मा

Breaking News 2, समाचार, स्वास्थ्य
https://www.youtube.com/watch?v=xugy2-29Nc0 पूर्णपुष्टि/उदयपुर, असोज ३ । संविधान दिवसमा उदयपुरका ट्राफिकहरुले आज चस्मा पाएका छन् । धेरैजसो जिम्मेवारी सडकमा हुने भएकाले धुलोमैलोबाट आँखा जोगाउन भन्दै चस्मा पाएका हुन् । उनीहरुले आँखा जोगाउन सकेमात्र सडक सुरक्षा, यात्रु सुरक्षा तथा ट्राफिक नियम पूर्ण पालना गराउन सक्ने भन्दै चस्मा वितरण गरिएको हो । नेपाल नेत्र ज्योती संघ, उदयपुरले दिवसको अवसरमा चस्मा वितरण गरेको हो । गाईघाट पूर्वपश्चिम बरुवाबसपार्कस्थित जिल्ला ट्राफिक कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा संघका अध्यक्ष तथा नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले चस्मा वितरण गरेका हुन् । अध्यक्ष राउतले अवको पालोमा फिल्डमा खटिने सक्रिय पत्रकारहरुसमेतलाई चस्मा वितरण गर्ने बताउनुभयो । चस्मा वितरण गरेकोमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले संघलाई धन्...
जेनजी आन्दोलन अघि नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेको प्रचण्डको दाबी

जेनजी आन्दोलन अघि नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेको प्रचण्डको दाबी

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, भदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै पार्टीमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यो विषयमा पार्टीको केन्द्रीय समिति र स्थायी समितिमा छलफल भइसकेको बताए । प्रचण्डले भने, ‘अहिले जेनजी आन्दोलन भएको कारण मात्रै होइन, गएको केन्द्रीय समिति बैठकमा र केही समय पहिले हाम्रो पार्टीको स्थायी समितिको बैठकमा पनि एक निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरण गर्ने बारे सोच्नुपर्छ भनेर मैले नै राखेको छु ।’ उनले थप स्पष्ट पार्दै भने कि यो प्रस्ताव आफूले नै अगाडि सारेको हो र यसबारे पार्टीमा गहिरो छलफल भइरहेको छ । माओवादी अध्यक्षले नेतृत्व हस्तान्तरणको प्रक्रियामा पार्टीको ऐतिहासिक विरासत र गौरवलाई क्षति नपुर्...