Friday, May 1News That Matters

समाचार

बेवारिसे मानिस बेल्टार बसपार्कमा मृत फेला

बेवारिसे मानिस बेल्टार बसपार्कमा मृत फेला

Breaking News 2, समाचार
१ चैत्र, २०८२ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेबारिसे अवस्थाका एक मानिस आज मृत फेला परेको छ ।  जडिबुटिसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । बेल्टार बजारको बसपार्कस्थित सार्बजनिक विश्रामघरमा मृत अवस्थामा फेला परेको हो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो । मृतकको आफन्त र चिनजानका मानिसको खोजी भईरहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी नीरिक्षक प्रभात लक्सम लिम्बुले जानकारी बताए ।...
उदयपुरमा खेत जोत्न जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा खेत जोत्न जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १ । उदयपुरको बेलका नगरपालिकाको वडा नं. २ भागलपुरमा खेत जोत्न जादै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा स्थानिय राजेश यादवको खेत जोत्न जादै गरेको ट्याक्टर कोशी बगरको किनारको डिलमाथि चढ्दै अचानक पल्टिदा चालक शोकिन्दर चन्द्रवंशीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सहित तल झरेका चालकलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । ट्याक्टर भागलपुरका अनिल गुप्ताको रहेकोे खुल्न आएको छ । घटनाको अनुसन्धान भैरहेको र चालकको शब पोस्ट मार्टमकोलागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।...
नियुक्त नहुदैँ बालेनले बनाए ‘प्रधानमन्त्री इमेल’

नियुक्त नहुदैँ बालेनले बनाए ‘प्रधानमन्त्री इमेल’

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै नै आफ्नो फेसबुक पेजमा प्रधानमन्त्रीको नामसहितको इमेल ठेगाना सार्वजनिक गरेका छन् । शाहले ‘balenforpmnepal@gmail.com’ नामको इमेल सामाजिक सञ्जालमा राखेका छन् । निर्वाचन आयोगले पूर्ण मतगणना परिणाम सार्वजनिक गरिसकेको अवस्थामा रास्वपाले सुविधाजनक बहुमत ल्याएको छ । सोही आधारमा बालेन शाह नेपालको अर्को प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । पार्टीले आफ्नो विधान नै संशोधन गरेर शाहलाई संसदीय दलको नेतामा चुन्ने तयारी गरिरहेको छ । यसका साथै पार्टी सभापति रवि लामिछाने र शाह मन्त्रिमण्डल गठनको तयारीमा जुटेका छन् । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न आज रास्वपाको बैठक बस्दै छ । रास्वपाले छिट्टै औपचारिक रूपमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेक...
रास्वपाले आज समानुपातिकको सूची आयोगमा बुझाउने

रास्वपाले आज समानुपातिकको सूची आयोगमा बुझाउने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज समानुपातिक तर्फको सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । केन्द्रिय कार्यालयमा आज पत्रकारहरुसँग कुरागर्दै रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक तर्फको सांसदहरुको सुची आयोगमा बुझाउने तयारी गरिरहेको जनाएका छन् । प्रवक्ता झाका अनुसार पार्टीको पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकोले आज टुङ्गयाउने जनाए । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ । सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने जनाए । उनले भने, ‘यसमा सबै कुरा हामीले चाहे अनुसार हुँदैन । संसद सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्ने हुन्छ, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम व...
जोगीदहमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

जोगीदहमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २९ । त्रिगा नगरपालिका वडा नम्बर १ जोगीदहमा निःशुल्क आँखाजाँच शिविर सम्पन्न भएको छ । शुक्रबार श्री जनप्रेमी मावि पूर्वटोलमा वडा नम्बर १ को आयोजना र नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो । शिविरमा आँखा जाँच गरेका १९५ जनामध्ये थिए भने १६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । शिविरमा छनोट भएका मोतियाबिन्दुका १६ जना बिरामीहरूको निशुल्क सल्यक्रिया गरिने वडा नम्बर १ का अध्यक्ष मनोज कुमार चौधरीले बताएका छन् ।...
उदयपुरमा दुई स्वतन्त्रसहित २१ उम्मेदवारको जमानत जफत

उदयपुरमा दुई स्वतन्त्रसहित २१ उम्मेदवारको जमानत जफत

Breaking News 2, राजनीति, समाचार
२६ फागुन , २०८२ । उदयपुर गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराई चुनाव लडेका उदयपुरका २१ जना उम्मेदवारहरुको जमानतजफत भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार उदयपुरको दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा दुई स्वतन्त्रसहित २१ जनाले खसेको कुलमतमध्ये सदरमतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको समानत जफत भएको हो । जमानत भन्नाले उम्मेदवारी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने निश्चित शुल्क हो । उम्मेदवारहरुले जनही १० हजारका दरले जमानत बुझाएका थिए । एक स्वतन्त्रसहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–१ मा १३ जना र एक स्वतन्त्रसहित कुल १३ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–२ मा ८ जना जमानत जफतमा परेका छन् । दुबै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको उदयपुरमा ...
मतगणना सकिएकै दिन राजनीतिक लयमा फर्किए नेपाली कम्युनिष्ट पार्टीका नेता बलदेव चौधरी

मतगणना सकिएकै दिन राजनीतिक लयमा फर्किए नेपाली कम्युनिष्ट पार्टीका नेता बलदेव चौधरी

Breaking News 1, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
२५ फागुन, २०८२ । उदयपुर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर–१ बट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनी चुनाव लडेका बलदेव चौधरी राजनीतिक लयमा फर्किएका छन् । चुनाव एउटा लोकतान्त्रिक पद्धती हो भन्दै चाौधरीले चुनावमा हार भएपनि राजनीतिक जिम्मेवारी र लय छोड्नु हुन्न भनेका छन् । आज विहान उदयपुरको सम्पूर्ण मतगणना सकिएर प्रत्यक्ष र समानुपातिक दुबैको अन्तिम परिणाम सार्बजनिक भएपछि निजनिवास पुरानो गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी नेता चौधरीले आजबाट पुनः राजनीतिक लयमा फर्केको जनाए । “चुनाव एउटा लोकतान्त्तिक पद्धता हो, जनताको सेवा र राजनीतिक गतिविधि राजनीतिकर्मीको दिनचर्या हो ।” उनले भने –त्यसैले आजबाट जनताको काम र राजनीतिक गतिविधिमा फर्किएको छु । उदयपुर–१ म चुनावी नतिजाअनुसार पहिलोमत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका पारशमणि गेलाल विजय बने भने श्रम संस्कृती पार्टीका राजेशकुमार राई ...
उदयपुरको दुबै क्षेत्रमा विजयी रास्वपाको समानुपातिकमा पनि पहिलोमत, श्रम संस्कृतीलाई दोस्रोमत

उदयपुरको दुबै क्षेत्रमा विजयी रास्वपाको समानुपातिकमा पनि पहिलोमत, श्रम संस्कृतीलाई दोस्रोमत

Breaking News 2, राजनीति, समाचार
उदयपुर, फागुन २५ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुरको दुबै क्षेत्रबाट विजयी हाँसिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि पहिलोमत ५० हजार ६१४ पाएको छ । उदयपुर–१ बाट ३३ हजार ८१३ र उदयपुर–२ बाट १६ हजार ८०१ म्त आएको हो । श्रम संस्कृति पार्टीले दोस्रो समानुपातिक मत १७ हजार २८८ पाएको छ । उदयपुर–१ बट १२ हजार २९६ मत पाएको श्रम संस्कृतीले उदयपुर – २ बाट ४ हजार ९९२ पाएको हो । तेस्रोमत १५ हजार ६६५ पाएको नेकपा एमालेले उदयपुर – १ बाट ९ हजार १४१ र उदयपुर–२ बाट ६ हजार ५२४ मत पाएको छ । चौथोमत १४ हजार ६१७ पाएको नेपाली कांग्रेसले उदयपुर–१ बट ८ हजार ७९९ र उदयपुर–२ बाट ५ हजार ८१८ मत पाएको हो भने पाँचौमत १० हजार ७२६ पाएको नेपाली कम्युनिष्ट पार्टीले उदयपुर–१ बाट ६ हजार ३१ र उदयपुर–२ बाट ४ हजार ६९५ पाएको हो । समग्रमा हेर्दा यसपटक उदयपुरे मतदाताले प्रत्यक्ष र समानुपातिक दुबैमा नयाँ राजनीति...
उदयपुर–१ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम :  रास्वपा पहिलो, श्रम संस्कृती दोस्रो

उदयपुर–१ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम :  रास्वपा पहिलो, श्रम संस्कृती दोस्रो

Breaking News 2, राजनीति, समाचार
२५ फागुन, २०८२ । उदयपुर प्रतिनिधिसभा सदस्य चयनका लागि उदयपुर – १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ८१३ मतसहित पहिलो मत पाएको छ । यो मत उसले प्रत्यक्षमा पाएको भन्दा ३ हजार ३२३ मत बढि हो । दोस्रो स्थानमा श्रम संस्कृती पार्टीले १२ हजार २९६ मत पाएको छ । यो मत उसले प्रत्यक्षमा पाएको भन्दा ६९० बढि हो । तेस्रोस्थानमा एमालेले ९ हजार १४१ मत पाएको छ भने कांग्रेसले ८ हजार ७९९ मतका साथ चौथो मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ३१ मतकासाथ पाँचौमत पाएको छ । प्रत्यक्षतर्फ ८० हजार १२० मत गणना भएको हो । जसमा ४ हजार ८८ मत बदर भएको जनाइएको छ । हिजोविहानदेखि सुरुभएको समानुपातिकतर्फको गणना आज विहान सकिएको हो । यो सगै उदयपुरको सम्पूर्ण गणना सकिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले जानकारी दिए ।...
उदयपुर २ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्बजनिक, रास्वपा र श्रम संस्कृतीको प्रत्यक्षभन्दा बढि, एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको कम (कसले कति पाए ?)

उदयपुर २ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्बजनिक, रास्वपा र श्रम संस्कृतीको प्रत्यक्षभन्दा बढि, एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको कम (कसले कति पाए ?)

Breaking News 2, राजनीति, समाचार
२४ फागुन, २०८२ । उदयपुर प्रतिनिधिसभा सदस्य चयनका लागि उदयपुर – २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो मत १६ हजार ८०१ आएको छ । यो मत सो क्षेत्रको प्रत्यक्षतर्फको भन्दा १ हजार ९९९ मत बढि हो । दोस्रो मत नेकपा एमालेलाई ६ हजार ५२४ आएको छ भने तेस्रो मत नेपाली कांग्रेसलाई ५ हजार ८१८ आएको हो । त्यस्तै चौथोमत श्रम संस्कृती पार्टीलाई ४ हजार ९९२ आएको छ भने पाँचौमा नेपाली कम्युनिष्ट पार्टीलाई ४ हजार ६९५ मत आएको छ । समानुपातिकमा एमालेले प्रत्यक्षभन्दा १ हजार १२४ मत कम पाएको हो भने कांग्रेसको पनि १ हजार ४७२ मत कम हो । नेपाली कम्युनिष्ट पार्टीले पनि ४२२ मत कम पाएको छ । श्रम संस्कृतीले भने यहाँ ८५३ मत बढि समानुपातिकमा पाएको छ । समानुपातिकतर्फको कुल मत ४५ हजार ७३ गणना हुँदा २ हजार ८८५ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालय उदयपुर–२ ले समानुपातिकतर्फको मतगणना छिटो सकेको हो । आज एकाविह...