Friday, May 1News That Matters

समाचार

भोजपुरमा शेरधनलाई हराउँदै श्रम संस्कृतीका ध्रवराज राई निर्वाचित

भोजपुरमा शेरधनलाई हराउँदै श्रम संस्कृतीका ध्रवराज राई निर्वाचित

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २४ । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृती पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईलाई १ हजार ९ सय १३ मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । आइतबार सम्पन्न मतगणनाअनुसार ध्रुवराज राईले १६ हजार ६ सय ६३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी शेरधन राईले १४ हजार ७ सय ५० मत ल्याएका छन् । शेरधन राई कोशी प्रदेशका पुर्व मुख्यमन्त्री समेत हुन् । त्यस्तै नेपाली काग्रेसका बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रदश ओझाले ६ हजार १ सय २ मत ल्याएका छन् ।...
सुनसरी १ बाट श्रम संस्कृती पार्टीका अध्यक्ष राई निर्वाचित

सुनसरी १ बाट श्रम संस्कृती पार्टीका अध्यक्ष राई निर्वाचित

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । सुनसरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । राईले ३५ हजार ७ सय ४१ मत ल्याउँदै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका छन् । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि खोटाङको क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीको आरेन राईले जित हासिल गरेका थिए भने भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।    ...
उदयपुरको दुबै क्षेत्रमा रास्वपाको जित

उदयपुरको दुबै क्षेत्रमा रास्वपाको जित

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरको क्षेत्र नं. १ र क्षेत्र नं. २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित हासिल गरेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ बाट पारशमणी गेलाल र क्षेत्र नं. २ बाट सुर्यबहादुर तामाङ विजयी भएका हुन् । आईतबार विहान घोषित मत परिणाम अनुसार गेलालले ३० हजार ५ सय ९ मतका साथ प्रतिस्पर्धीभन्दा १८ हजार ९ सय ८४ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतद्धन्दी श्रम सँस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ९६ मत पाए । यो क्षेत्रमा ७९ हजार ९ सय ५६ मत खसेको थियो । नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतका साथ तेस्रो भए भने नेपाली कांग्रेसका बिदुर बस्नेतको ९ हजार ६ सय ७५ र नेकपा (एमाले) का दुर्गाकुमार थापा ९ हजार २ सय ६ मतका साथ चौथो र पाँचौ स्थानमा खुम्चिए । त्यस्तै क्षेत्र नं. २ मा रास्वपाका सूर्यबहादुर तामाङ ...
उदयपुर -२ मा रास्वपाका सूर्य तामाङ विजयी

उदयपुर -२ मा रास्वपाका सूर्य तामाङ विजयी

Breaking News 2, राजनीति, समाचार
२४ फागुन, २०८२ । उदयपुर उदयपुर - २ मा रास्वपाको उम्मेदवार सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। १४ हजार ८०२ मतसहित अनि विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी भन्दा ७ हजार १५४मत अन्तरमा विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६४८ मत रहेको छ । रायमाझी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका रामकुमार राईको ७ हजार २९० मत प्राप्त भयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईको ५ हजार ११७ मत प्राप्त भयो । पूर्व प्रतिनिधिसभा सदस्य हुन् । श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईको ३ हजार १३९ मत प्राप्त भयो । क्षेत्रमा कुल ९६,१३१ मतदातामध्ये ४४ हजार ६३४ मत खसेको हो । तामाङले उदयपुरमा प्रतिनिधि सभा सदस्य विजयी हुनेमा पहिलो खाता खोल्न सफल भएका छन् ।...
उदयपुर–१ मा रास्वपा, उदयपुर–२ मा श्रमसंस्कृति अग्रता, पुराना तीन दल पछिपछि पछ्याउदै  https://purnapusti.com/उदयपुर-१-मा-रास्वपा-उदयप/

उदयपुर–१ मा रास्वपा, उदयपुर–२ मा श्रमसंस्कृति अग्रता, पुराना तीन दल पछिपछि पछ्याउदै https://purnapusti.com/उदयपुर-१-मा-रास्वपा-उदयप/

Breaking News 2, राजनीति, समाचार
२२ फागुन, २०८२ । उदयपुर उदयपुरको दुबै निर्वाचन क्षेत्रबाट मतगणनाको परिणाम आउन थालेको छ । उदयपुर –१ म रास्वपाले अग्रता कायम राखेको छ भने उदयपुर–२ को प्रारम्भिम मत परिणाममा श्रम संस्कृती पार्टी अग्रतामा देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी भने पछिपछि पछ्याउदै गरेको अवस्था छ । उदयपुर–१ म ७ हजार ७०३ मत गणना हुँदा २ जार ४२९ मतका साथ रास्वपा अग्रस्थानमा छ । रास्वपाले यहाँ सुरुदेखि नै अग्रता कायम राखेको छ । दोस्रो स्थानमा श्रम संस्कृति पार्टी रहेको छ । १ हजार ३२२ मतका साथ दोस्रोस्थानमा रहेको श्रम संस्कृतीले मतगणना बढ्दै जाँदा एमाले, कांग्रेस र नेपाली कम्यूनिष्ट पार्टीलाई पछाडि पारेको हो । यहाँ तेस्रो स्थानमा १ हजार १२९ मतका साथ एमाले, चौथो स्थानमा १  हजार ५७ मतका साथ नेपाली कम्युनिष्ट पार्टी र पाँचौ स्थानमा ८१९ मतका साथ नेपाली कांग्रेस रहेको छ । त्रियुगा र बेलका ...
उदयपुर – १ को मतगणना जारी

उदयपुर – १ को मतगणना जारी

Breaking News 2, राजनीति, समाचार
२२ फागुन, २०८२ । उदयपुर निर्वाचन क्षेत्र - १ को गएराती करिव ३ : ०० वजेदेखि मतगणना सुरू भएको छ । मतपेटिका ढुवानी लगायतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले बताउनु भयो । हालसम्म करिव १ हजार मत गणना भएको र घण्टी चुनाव चिन्हको अग्रता रहको जानकारी आएपनि अधिकारिक रुपमा गणनाको परिणाम सार्वजनिक गरिएको छैन । अहिलेको मतगणना बेलका नगरपालिकाको रहेको बुझिएको छ। उदयपुर -१ मा एकलाख ४२ हजार ८०४ कुल मतदाता मध्य ८० हजार ५९ मत खसेको छ । उदयपुरको क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारी मा मतगणना स्थल तोकिएको छ । उदयपुर क्षेत्र नम्बर २ को भने राती अबेरसम्म मतपेटिका आईसक्ने र बिहान सर्वदलीय बैठक बसी गणना सुरू गर्ने भएको छ।...
उदयपुरमा १०२ वर्षिय बृद्धले मतदान

उदयपुरमा १०२ वर्षिय बृद्धले मतदान

Breaking News 1, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
२१ फागुन, २०८२ । उदयपुर उदयपुरमा १०२ वर्षिय बृद्धले मतदान गरेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–६ जगरेटारका १०२ वर्षिय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालय मतदानकेन्द्र (क) बाट आज विहान मतदान गरेका हुन् । देशमा सुशासन स्थापना होस्, भ्रष्टाचारको अन्त्य होस् र देशको विकास होस् भन्ने चाहनाका साथ मतदान गरेको बृद्ध कार्कीले बताए । मतदान अधिकृत भुपध्वज रायमाझीका अनुसार छोराका साथमा आएर उनले मतदान गरेका थिए । बृद्ध कार्कीले यो विशेष अवस्थाको निर्वाचनले देशलाई विकास र निकास दिन सकोस् भन्ने चाहना राखेका छन् । सहजरुपले मतदान गर्न पाएको उनले बताए । उनीजस्तै अन्य बृद्धबृद्धा, अशक्त, गर्भवती महिला, अपांगता भएका ब्यक्तिहरुलाई पालो कुर्नु नपर्ने गरी छुट्टै लाईनको ब्यवस्था मिलाइएको मतदान अधिकृत रायमाझीले बताए । पुरुष र महिलाको छुट्टा छुट्टै लाईन बनाइएको र मतदातालाई प्रवेशद्वार र बाहिर ज...
उदयपुरको दुई स्थान मतगणनाका लागि चयन

उदयपुरको दुई स्थान मतगणनाका लागि चयन

Breaking News 2, राजनीति, समाचार
२१ फागुन, २०८२ । उदयपुर उदयपुरमा मतगणनाका लागि दुई स्थान चयन गरिएको छ । उदयपुरको क्षेत्र नं. १ को मतगणनाका लागि त्रियुगा नगरपालिका ११ गाईघाट स्थित त्रियुगा माध्यामिक विद्यालयमा चयन गरिएको छ भने उदयपुर–२ को मतगणनाका लागि कटारी नगरपालिकाको कटारी नगरपालिका–४ स्थित उदयश्री बहुमुखी क्याम्पस चयन गरिएको मुख्य निर्वाचन अधिकृत मुकेशकुमार उपाध्ययले बताए । मतगणना तोकिएको ठाउँमा मतकेन्द्रहरुबाट हाल मतपेटिका संकलन गरी धमाधम भण्डारण भईरहेको जनाइएको छ । त्रिमावि गाईघाटमा त्रियुगा, चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तहको ५२ मतदान स्थानका १६० मतकेन्द्रमा खसेको मत संकलन गरी गणना हुनेछ । उदयश्री क्याम्पसमा एक कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी पाँच स्थानीयतहको ५१ मतदान स्थानका ११५ मतदान केन्द्रमा खसेको मत संकलन गरी गणना हुनेछ । मुख्य निर्वाचन अधिकृत उपाध्ययक...
उदयपुरमा ५२ प्रतिशत मत खस्यो

उदयपुरमा ५२ प्रतिशत मत खस्यो

Breaking News 2, राजनीति, समाचार
२१ फागुन, २०८२ । उदयपुर उदयपुरमा ५२ प्रतिशत मत खसेको छ । कुल २ लाख ३८ हजार ९३८ मत मध्ये १ लाख २४ हजार ६९३ मत अर्थात ५२ प्रतिशत मत खसेको हो । दुई निर्वाचन क्षेत्र रहेको उदयपुर–१ मा १ लाख ४२ हजार ८०४ मतदातामध्ये ८० हजार ०५९ जनाले मतदान गरेको र निर्वाचन क्षेत्र २ मा ९६ हजार १२२ मतदातामध्ये ४४ हजार ६३४ जनाले मतदान गरेको जनाइएको छ । निर्वाचन क्षेत्रको हिसावले उदयपुर–१ म ५६ प्रतिशत र उदयपुर–२ मा ४६ प्रतिशत मत खसेको हो । त्रिमावि गाईघाटमा त्रियुगा, चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तहको ५२ मतदान स्थानका १६० मतकेन्द्रमा मतदान भएको थियो । एक कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी पाँच स्थानीयतहको ५१ मतदान स्थानका ११५ मतदान केन्द्रमा मतदान भएको थियो । उच्च सुरक्षाका साथ विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान भएको हो । मतदानका क्रममा जिल्लामा कतै पनि...
बेल्टार निवासी माधव कुलुङको पहिलो गित सहिद समर्पण सार्वजानिक

बेल्टार निवासी माधव कुलुङको पहिलो गित सहिद समर्पण सार्वजानिक

Breaking News 1, Breaking News 3, मनोरञ्जन, समाचार
उदयपुर । २०८२ फागुन २० गते । चौदण्डीगढी नगरपालिका ४ बेल्टार निवासी उदयपुरे युवा कलकार माधव कुलुङ राईले आफ्नो पहिलो गित सहिद समर्पण सार्वजानिक गरेको छ । जेनजी आन्दोलनका सहिदहरुलाई सम्झँदै राईले सहिद समर्पण नामक गित बजारमा सार्वजानिक गरेको हो । गितमा पछिल्लो समय देशको अवस्था र नेतृत्वको मनपरिले जेनजीहरु सहिद हुनु परेको कुरा समेटेको छ । गितले अव जेनजी युवाहरु जाग्नु पर्ने कुरा बुझाउँछ । सानै देखी गित संगितमा रुची राख्ने माधवले देशको पछिल्लो परिवेश र जेनजी आन्दोलनलाई शव्द बनाएको हो । अन्य धेरै विद्यामा गितहरु बनाउन सकिने भएपनि देशको नाजुक अवस्थालाई पहिलो प्राथामिकतामा राखेर युवाहरुलाई चेतना छर्ने भन्दै सहिद समर्पण लिएर आएको कुलुङको भनाई छ । देशमा भ्रष्टचार, अन्याया, अत्याचार, बलत्कार बेरोजगार यी सबै समस्याका कारण देशको सरकार नै रहेको उनको भनाई छ । अबको नेतृत्वले यी सबै समस्याहरु समधान ...