‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता
पूर्णपुष्टि, बैशाख १२ । भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सेटिङमा नपर्दा पछिल्लो साढे तीन वर्षमा २० हजारभन्दा बढी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । यो तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चलिरहेको अनुसन्धानबाट खुलेको हो ।
चार गृहमन्त्रीको कार्यकालमा २० हजार यात्रु फिर्ता
बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट 'बोर्डिङ पास' लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका २० हजार ४ सय ९६ जना यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन् ।
यी यात्रुहरूसँग गन्तव्य मुलुक प्रवेश गर्न आवश्यक सबै कानुनी अनुमति भएको भए पनि उनीहरूलाई 'गिरोहको सेटिङ' मा नपर्दा विमानस्थलबाटै फर्काइएको अनुसन्धानबाट पुष्टि भएको छ ।
गृह प्रशासनका कर्मचारीसहित ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स ...









