Thursday, July 9News That Matters

समाचार

प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

Breaking News 2, खेलकुद, समाचार
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज आयोजनामा गरेको मैत्रिपूर्ण ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी र हिमाल श्रेष्ठको जोडी प्रथम भएको भने मिनबहादुर खड्का र खड्ग भुजेलको जोडी दोस्रो स्थानमा आउन सफल भएको छ । प्रहरी कार्यालय परिषरमा नवनिर्मित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनल खेलमा २१–१८ अंकमा पहिलो सेट पछि परेको एसपी योगी र श्रेष्ठको जोडीले बाँकी दुई सेट ८–२१ र ११–२१ को अंकका साथ विजय हाँसिल गरेको हो । विजयी प्रथम र दोस्रो टिमलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन), सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम पाण्डे, सशस्त्र प्रहरी प्रमुख एसपी सुशिलकुमार शाहीले पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता मैत्री...
त्रियुगामा निर्माणधिन शहरी सडक स्तरोन्नतीको काम समयमै नभए कालो सुचिमा राखिने

त्रियुगामा निर्माणधिन शहरी सडक स्तरोन्नतीको काम समयमै नभए कालो सुचिमा राखिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ९ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजिआईपी) अन्तर्गत विश्व बैंकको सहयोगमा निर्माण भईरहेको शहरी सडक स्तरोन्नतीको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराईएको छ । शुक्रबार त्रियुगा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी श्री आशिष आशिर्वाद स्वामी नारायण जेभीलाई निर्माण कार्य समयमै सम्पन्न गर्न सचेत गराईएको हो । पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका जनताको तर्फबाट पत्रकारहरुले जनगुनासो राखेका थिए भने कन्सल्टेन्सी, प्राविधिक लगायतका टोलीले आ–आफ्नो कुरा राखेका थिए । त्यस्तै सम्मेलनमा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार निर्देशन दिईरहेको बताएका छन् । मेयर बस्नतले यदि निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न...
गाईघाटबाट काठमाण्डौँ जादैँ गरेको बससँग कार ठोक्किदा कार चालकको मृत्यु

गाईघाटबाट काठमाण्डौँ जादैँ गरेको बससँग कार ठोक्किदा कार चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ९ । उदयपुरको सदरमुकाम गाईघाटबाट काठमाण्डौं जादैँ गरेको बस चितवनमा ईभी कारसँग ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको सगरमाथा एयर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे एक आपसमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ दुर्घटनाबाट गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उनको उपचारको क्रममा बिहान ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...
क्यानभास एकेडेमीले गरायो विद्यार्थी नेतृत्वका लागि निर्वाचन

क्यानभास एकेडेमीले गरायो विद्यार्थी नेतृत्वका लागि निर्वाचन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ जेष्ठ । गाईघाट स्थित क्यानभास एकेडेमी बोर्डिङले विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन गराएको छ । शुक्रबार विद्यालय परिसरमै नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो । निर्वाचन अधिकृत भैरव श्रेष्ठका अनुसार विद्यालय क्यापटेन लगायत बिभिन्न पदहरुमा निर्वाचन गराईएको छ । विद्यालय क्याप्टेन, व्वाईज र गल्र्स तर्फ सिनियर भाईस क्याप्टेन, स्पोर्ट क्याप्टेन र बिभिन्न चार हासउ अन्तर्गत सिनियर व्वाईज र गल्र्स क्याप्टेनहरुका लागि चुनाव गराईएको अधिकृत श्रेष्ठको भनाई छ । निर्वाचन आयोग कार्यालयको समन्वयमा सामाग्रीहरु जुटाएर विद्यार्थीहरुलाई चुनाव गराईएको हो । रेड, ग्रिन, यल्लो र ब्लु गरी चार ओटा हाउसहरु बिभाजित गरीएको छ । सोही अनुसार आ–आफ्नो हाउस छुटाएर चुनाव गराईएको विद्यालयले जनाएको छ । कक्षा ५ देखी ७ सम्म जुयिर २९८ जना र ७ देखी १० सम्मको सिनियर २७७ जना गरी जम्मा ५७५ जना विद्यार्थी मतदादाहरु ...
फोक्सिङटारको बेलिब्रिज हटाइयो

फोक्सिङटारको बेलिब्रिज हटाइयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ८ ।  सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटार स्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । बर्षा सुरु भएसँगै नदीको पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिएका छन् । गत वर्ष असोज १२ गते आएको विनाशकारी बाढीले सुनकोसीको मोटरेबल पक्की पुल बगाएपछि यातायात सेवा पुनः सुचारु गर्न अस्थायी बेलिब्रिज जडान गरिएको थियो । यो बेलिब्रिज पौष २७ गतेदेखि सञ्चालनमा आएको थियो र ६ महिनासम्म सेवामा रहेको थियो । सडक विभागले कटारीस्थित आर्यन कन्स्ट्रक्सन मल्टीपर्पज प्रालिसँग एक करोड दुई लाख रुपैयाँमा ५० मिटर लामो बेलिब्रिज जडान तथा झिक्ने काम गर्न सम्झौता गरेको थियो । यो काम सडक कार्यालयका प्राविधिकहरूको निरीक्षणमा सोमबारदेखि सुरु गरिएको छ । बेलिब्रिज हटाइएपछि पूर्वी तराईका विभिन्न जिल्ला...
विमानस्थलमा दैनिक ५० लाखको सेटिङ, अख्तियारको छापा

विमानस्थलमा दैनिक ५० लाखको सेटिङ, अख्तियारको छापा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेको छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएपछि यो कारबाही गरिएको हो । छापामा कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूका कम्प्युटर, मोबाइललगायत डिभाइसहरू जफत गरिएको छ । स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा खाडी देश जानेसँग ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको छ । यसरी दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री रमेश लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ । अख्तियारले संगठित रूपमै असुली बढेको...
उदयपुरका स्थानीय तहमा ३१ करोड बेरुजु, सबै भन्दाबढी त्रियुगामा

उदयपुरका स्थानीय तहमा ३१ करोड बेरुजु, सबै भन्दाबढी त्रियुगामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ७ ।  महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले उदयपुरका आठ स्थानीय तहमा कुल ३१ करोड ५४ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ । गत आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणमा जिल्लाको स्थानीय तहको कारोबारको बजेटलाई लेखा परीक्षण गर्दा यो तथ्य देखिएको हो । महालेखा परीक्षकको कार्यालयले गत बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लाको सबैभन्दा धेरै बेरुजु त्रियुगा नगरपालिकामा र सबैभन्दा कम उदयपुरगढी गाउँपालिकामा देखिएको छ । त्रियुगा नगरपालिकामा ३ अर्ब ४३ करोड ६ लाख ३६ हजार लेखा परीक्षण गरिएकोमा ३.५९ प्रतिशत बेरुजु देखिएको छ, जुन उदयपुरको सबैभन्दा बढी बेरुजु प्रतिशत हो । कटारी नगरपालिकामा दुई अर्ब आठ करोड ७७ लाख पाँच हजारमा २.२ प्रतिशत अर्थात् ४ करोड ५८ लाख ७ हजार बेरुजु देखिएको छ । चौदण्डीगढी नगरपालिकामा एक अर्ब ९७ करोड ४६ लाख नौ हजारमा २.३ प्रतिशत अर्थात् ४ करोड ४० लाख ८ हज...
कोशी प्रदेशमा करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किए

कोशी प्रदेशमा करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किए

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । कोशी प्रदेश सरकारले गत वर्ष खरिद गरेका करोडौं मूल्यका आधुनिक स्वास्थ्य उपकरणहरू अझै पनि प्रयोगविहीन अवस्थामा गोदाममा थन्किएर राखिएका छन् । जनशक्ति, पूर्वाधार र भण्डारण स्थानको अभावमा महत्त्वपूर्ण उपकरणहरू खरिद गरेर थन्क्याउँदा प्रदेश सरकारको खरिद प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ । प्रदेश सरकारले ७ वटा जिल्ला अस्पताल र संघीय सरकार मातहतको कोशी अस्पतालका लागि भनेर ८ थान क्षयरोग परीक्षण गर्ने डिएनए एक्स्ट्रयाक्सन मेसिन प्रतिइकाइ ३८ लाख ६४ हजार ६ सय रुपैयाँका दरले खरिद गरेको थियो । यी मेसिनहरूमा कूल ३ करोड ९ लाख २० हजार रुपैयाँ खर्च गरिएको थियो । तीमध्ये तीन वटा अझै पनि आपूर्ति केन्द्रकै गोदाममा थन्किएका छन् । यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ३४ लाख ९४ हजार ६ सय १० रुपैयाँमा खरिद गरिएको एचआइभी भाइरस पत्ता लगाउने एचआइभी १ र एचआइभी २ भाइरल लोड मेसिन पनि व...
जुनसुकै समयमा गर्भपतन गराउन सक्ने कानुन ल्याउँदै सरकार

जुनसुकै समयमा गर्भपतन गराउन सक्ने कानुन ल्याउँदै सरकार

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी जहिलेसुकै गर्भपतन गराउन सक्ने व्यवस्था ल्याउन प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिताको संशोधन मस्यौदामा गर्भवती महिलाको मञ्जुरीमा निजको ज्यानमा खतरा नपुग्ने गरी जहिलेसुकै गर्भपतन गराउन सक्ने व्यवस्था कायम गर्ने प्रावधान प्रस्ताव गरिएको छ । यस प्रस्तावित व्यवस्थाले जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलाई कुनै पनि बेला पतन गराउन पाइने कानूनी मार्ग खोल्नेछ । तर स्वास्थ्य क्षेत्रका विज्ञहरूले प्राविधिक र व्यावहारिक पक्षलाई ख्यालै नगरी ल्याइएको यस प्रस्तावलाई संवेदनाहीन र अमानवीय भएको बताएका छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम २२ हप्ताभन्दा बढीको गर्भपतन सम्बन्धी प्रस्तावित कानुन अनैतिक र अव्यावहारिक भएको बताउँछन् । उनका अनुसार २२ ह...
सरकारी कार्यक्रममा नआउनेलाई आगामी कार्यक्रमदेखि नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन

सरकारी कार्यक्रममा नआउनेलाई आगामी कार्यक्रमदेखि नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी कार्यक्रममा बोलाएर पनि सहभागी नहुने व्यक्तिहरूलाई अर्को पटकदेखि नबोलाउन स्पष्ट निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारी कार्यक्रममा सधैं नाम राखेर बोलाइरहने तर कहिल्यै उपस्थित नहुनेहरूको रेकर्ड राख्न र भविष्यका कार्यक्रमहरूमा त्यस्ता व्यक्तिहरूको नाम नराख्न अधिकारीहरूलाई निर्देशन दिए । "कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ," प्रधानमन्त्री ओलीले भने । उनले थप भने, "हरेक फङ्सनमा नाम राख्ने गर्दछौँ, तर कहिल्यै देखा पर्दैन । कुनै अर्थ छैन, महत्त्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ ।" प्रधानमन्त्रीले अधिकारीहरूलाई ...