Wednesday, August 19News That Matters

स्वास्थ्य

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० आज दाङमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बङ्गलाचुली गाउँपालिका २ का ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेको जनाईएको छ । बङ्गलाचुली गाउँपालिकामा ५ वर्षीय बालक र ७ वर्षीया बालिकामा समेत कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नोक क्वरेण्टीनका रहेकाहरु हुन् । त्यस्तै घोराही ४ का चार जना, घोराही ५ का चार जना र घोराही १५ का एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु पाँच वर्षदेखि ५७ वर्षसम्म रहेका छन् । यसैगरी प्युठानमा थप १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का दुई जना, २ का तीन जना, ३ का दुई जना, ४ का दुई जना र ७ का एक जना रहेका छन् ...
नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० आज नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १० जना महिला र ५ सय १९  पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  । उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । अहिलेसम्म नेपालमा संक्रमणबाट २४ जनाको मृत्यु भईसकेको छ ।...
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालमा सिल

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालमा सिल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पतालले जनाएको छ । हिजो राति आएको नतिजा उक्त स्वास्थ्यकर्मी र कर्मचारीमा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । यस्तै एकजना बुटवल...
विश्वमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

विश्वमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० विश्वमा कोरोना संक्रमित मध्ये ५० लाखभन्दा बढी उपचारपछि निको भएका छन् । ५० लाख ४१ हजार ७ सय भन्दा बढी उपचारपछि निको भएको वर्लडओमिटरले जनाएको छ । अहिले विश्वमा कोरोना संक्रमितको संख्या ९३ लाख ५० हजार ७ सयमा सङ्क्रमण पुष्टि भएको हो । उक्र संक्रमित मध्ये ४ लाख ७९ हजारको मृत्यु भएको छ । कोरोनाबाट अमेरिकामा २४ लाख २४ हजार संक्रमित भएका छन् भने १० लाख २० हजार उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये १ लाख २३ हजार भन्दा बढी मृत्यु भएको छ । भारतमा कोरोनाबाट ४ लाख ५६ हजार सङ्क्रमित भैसकेका छन् । त्यहाँ २ लाख ५८ हजार बढी निको भएका छन् । १४ हजार ४ सय ८३ जनाको मृत्यु भएकोे छ ।...
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मदाने गाउँपालिकामा २२, २२, २६, र २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गुल्मीदरवार गाउँपालिकामा २३ वर्षका पुरुष रहेको जनाएको छ । योसँगै जिल्लामा संंक्रमित संख्या  २ सय ४५ जना पुगेको छ । उनीहरु सवै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेको जनाएको छ । उक्त संक्रमितमध्ये २० जना उपचारपछि निको भए डिस्चार्ज भएको छ  भने ३ जनाको मृत्यु भईसकेको छ ।...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा  सङ्क्रमितको संख्या ७ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय १० पुगेको छ । कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका १÷१ जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अहिलेसम्म सबै भन्दा बढी कैलालीमा ३ सय ८७, डडेल्धुरामा २ सय ४, बैतडीमा १ सय ५६, डोटीमा १ सय ६१, कञ्चनपुरमा १ सय ९, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भईसकेको छ । उक्त संक्रमित मध्ये ५ जनाको मृत्यु भइसकेको छ भने १ सय ६५ जना निको भएर डिस्चार्ज भईसकेको छ ।...
नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि असार ९  आज नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि जनाईएको छ । मृत्तक पुरुष क्षयरोगका बिरामी थियो । उनले करिब अढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दैआएको थियो । दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।...
नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । आज थपिएका नयाँ संक्रमितहरु मध्ये ४ सय ४८ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज उक्त संक्रमित मध्ये ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । ८ जना महिला र ६८ जना पुरुष डिस्चार्ज भएको जनाईएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ । त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । दैलेखका ४५ वर्षका एक जना पुरूष कोरोनाका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ कोरोना भाईरसबाट भारतमा मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । अहिलेसम्म भारतमा ४ लाख ४० हजार भन्दा बढीमा कोरोना संक्रमित भईसकेका छन् भने १४ हजार १५ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । अहिलेसम्म कोरोनाबाट ४ लाख ७४ हजार भन्दा बढीको मृत्यु भएईसकेको जनाईएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १ लाख २२ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमितमध्ये ५१ हजार ४ सयको मृत्यु भएको छ ।...