Tuesday, August 18News That Matters

स्वास्थ्य

कोरोना संक्रमित गण्डकी प्रदेशमा १ सय ४५ पुग्यो

कोरोना संक्रमित गण्डकी प्रदेशमा १ सय ४५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय ४५ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासीको देबचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी पालिकाको क्वरेण्टीनमा बस्दै आएको जनाएको छ । उक्त संक्रमित मध्ये ३ जना संक्रमित उचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
आरडिटि पोजेटिप दुबै जनाको पिसिआर नेगेटिभ

आरडिटि पोजेटिप दुबै जनाको पिसिआर नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ । जिल्ला अस्पताल उदयपुरमा आरडिटि प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका दुईजनाको पिसिआर प्रविधिबाट परिक्षण गर्दा आज रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जिल्ला अस्पतालमा परिक्षण गरिएका दुईजनाको आरडिटि पोजेटिभ पिसिआरमा नेगेटिभ आएको बताउनुभयो । प्रमुख सुवेदीका अनुसार कोरोनाको परिक्षणमा आरडिटिलाई अन्तिम मानिदैन, पिसिआर परिक्षणबाट मात्र कोरोना लागेको वा नलागेको पत्ता लाग्ने मानिन्छ । नेपालमा आरडिटि पोजेटिभ देखिएकालाई अनिवार्यरुपमा पिसिआर परिक्षण गर्ने गरिएको छ । पिसिआरमा पोजेटिभ आएमात्र कोरोना पुष्टि हुन्छ  । दुई आरडिटि पोजेटिभ मानिस पुरुष हुन् । एकजना जापानबाट लकडाउन अघि नै आएका थिए भने अर्का एकजना सवारी चालक हुन् । दुबै त्रियुगा नगरपालिकाभित्रका स्थानीय हुन् । उनीहरुसंगै केहीसमय अघि संक्रमित भएका एक सञ्चारकर...
उदयपुर सुधारउन्मुख अवस्थामा छ : स्वास्थ्य प्रमुख  सुवेदी

उदयपुर सुधारउन्मुख अवस्थामा छ : स्वास्थ्य प्रमुख सुवेदी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना सन्दर्भमा अहिले उदयपुर जिल्ला सुधारउन्मुख रहेको  बताउनुभएको छ । पूर्णपुष्टिको कोरोना अपडेट लाईभ सम्वादमा कुरा गर्दै प्रमुख सवेदीले सो कुरा बताउनुभएको हो । जिल्लामा अलिहेसम्म २ हजार ५ सय ३३ जनाको नमुना स्वाव संकलन गरेर परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको जनाकारी दिनुभयो । बाँकी अन्यको रिपोर्ट नेगेटिभ आएको छ । निरन्तर परिक्षणको दायरा अगाडी बढाईरहदा नेगेटिभ रिपार्ट आउनेहरु बढी देखिएकाले उदयपुर सुधारउन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयोे । प्रमुख सुवेदीले भन्नुभयो “अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन ।, तर भारत र अन्य जिल्लाबाट आएका उदयपुरबासीहरु चुनौतीका रुपमा छन् ।, उनीहरुलाई सुरक्षित तरिकाले राख्न, परिक्षण र उपचार गर्न सक्यौ भने उदयपुर सुरक्षित हुन्छ ।” यतिबेला सर्वसाधरण नागरिकहरुले बाहिरी खानेक...
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपष्टि, जेठ २७ गते ।  आज नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा ३ जना पुरुष, कोशी अस्पताल प्रयोगशलामा ईलामको १ जना पुरुष, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सुनसरीको १ जना पुरुष, सप्तरीको ५ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै प्रादेशकि प्रयोगशला भरतपुरमा गरिएको परिक्षणमा चितवनको २० जना पुरुष र ४ जना महिला, नवलपुरका २ जना पुरुष र १ जना महिला, धादिङका १ जना महिला, कपिलवस्तुका १ जना महिला, सप्तरीका १ जना महिलामा संक्रमण पुष्टि भएको जनाईएको छ । त्यस्तै प्रादेशीक प्रयोगशला पोखरामा गरिएको परिक्षणमा म्याग्दीका १ जना पूरुष, नवलपुरका ...
दार्चुलाका पहिलो संक्रमित उपचारपछि निको भए

दार्चुलाका पहिलो संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  दार्चुलाका पहिलो कोरोना संक्रमित उपचारपछि निको भएका छन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय पुरुष उचारपछि निको भएर घर फर्किएका हो । उनलाई गत जेठ १५ गते कोरोना पुष्टि भएको थियो । भारतबाट फर्किएका उनको महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलङ्गाको क्वरेण्टीनमा बसेको बेला कोरोना भएको थियो । कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा भर्ना गरिएको थियो । उनको गत जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।...
कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो । सल्यानका १२, सुर्खेतका ४ र जुम्लाका २ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संखया ६ सय ७१ पुगेको छ ।  ...
बाँकेका थप २९ जना कोरोना संक्रमित डिस्चार्ज

बाँकेका थप २९ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  बाँकेका थप २९ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जनालाई मंगलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँकेमा उपचारपछि निको हुने संक्रमितको संख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । एक जना संक्रमितको क्वरेण्टीनमा नै मृत्यु भएको छ ।...
अस्पतालले कोरोना संक्रमितलाई घर पठाएपछि

अस्पतालले कोरोना संक्रमितलाई घर पठाएपछि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  बैतडिका कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढीले निको नहुँदै घर पठाएपछि गाउँमा कोरोनाको त्रास छाएकोे छ । शिवनाथ गाउँपालिकाका४ जनालाइ कोरोना निको नहँदै घर पठाएको हो । शिगापा–१ का २० वर्षीय र २७ वर्षीय पुरुष र २ न. वडाका २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो । गत जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् । कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा गत जेठ १० गते कोरोना पुष्टि भएको थियो । अहिले संक्रमितलाई ७ दिनसम्म होम क्वरेन्टीनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमितलाई निको नभई नै घर पठाउँदा स्थानीयमा त्रास छाएको जनाईएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्याल...
गर्भवती महिलामा कोरोना संक्रमण पुुष्टि

गर्भवती महिलामा कोरोना संक्रमण पुुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  अछामको एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा संक्रमण पुष्टि भएको हो । उनी  ११ दिन अघि घर फर्केर दयापिलतोला माविको क्वरेन्टीनमा बस्दै आएकी थिइन् । घर फर्केर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो । आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ । महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि जनाईएको छ ।...
घोपाबाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज

घोपाबाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरानबाट थप २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचाररत झापाका २८ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्ष उमेर समूहका पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । अव प्रतिष्ठानमा ५५ जना संक्रमित उपचाररत छन् । आजसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ भने १ न. प्रदेशमा उपचारपछि निको हुनेकोे संख्या १ सय १८ पुगेको हो ।...