१३ गतेदेखि ८ जिल्लामा बालबालिकालाई फाइजर खोप लगाईने
पूर्णपुष्टि, पुष ५
१३ गतेदेखि आठ जिल्लामा बालबालिकाहरुलाई फाइजर खोप लगाउन सुरु गरिने छ । सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो ।
मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ ।
पहिलो डोज फाइजर खोप लगाएकाहरुलाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ ।
यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्ला...








