Saturday, June 20News That Matters

स्वास्थ्य

उदयपपुरमा कोरोना संक्रमण एकै परिवारका दुई दाजुभाईको मृत्यु

उदयपपुरमा कोरोना संक्रमण एकै परिवारका दुई दाजुभाईको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ देशमा कोरोना संक्रमण फैलिरहेको छ । संक्रमणको दर सँगै मृत्यु दरपनि उत्तिकै छ नेपालमा । कोरोना संक्रमणले सबै जिल्लाहरुमा आक्रमण गरिसकेको छ । अन्य जिल्लाहरु भन्दा उदयपुर संक्रमणको दरले केहि हद सम्म सामान्य रहेपनि कुनै जिल्लाको हिसावमा भने फेरी भयावह नै हो । उदयपुरमा हाल १ हजार २९० जना संक्रमित भईसकेको छ । यसै बिच जिल्लामा ३५ जना संक्रमितले भने ज्यान गुमाईसकेको अवस्था छ । यसै ३५ जना ज्यान गुमाउने मध्यका दुई दाजु भाई भने एकै परिवारका हुन् । अन्य जिल्लाहरुमा एकै परिवारभित्र थुप्रै संक्रमितहरु मरेको खबर आएपनि उदयपुरमा भने यो पहिलो घटना हो । केहि दिन अघि उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचिका एकै परिवारका ३ सदस्यलाई कोरोना संक्रमित देखियो । कोरोना संक्रमण पश्चात उपचारमा लगिएका साईला भाईको जेठ १५ गते बिराट निर्सिङ होममा उपचारकै क्रममा ज्यान गायो । साईला भाई मरेको फे...

उदयपुरकाे सम्पुर्ण काेराेना खबर : काेराेना खबर अपडेट, १८ जेठ २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/QWkKCMZm_aI १. विरामीको उपचारमा खटिदा खटिदै कोरोना संक्रमित हुनुभएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्व मेडिकल सुपरिटेन्डेन्ट जीवनारायण मण्डलले कोरनालाई पराजित गर्नु भएको छ । १४ दिन आइसोलेशनमा बसेर कोरोना मुक्त भएपछि हिजोदेखि उहाँ काममा फिर्नु भएको छ । जिल्ला अस्पतालमा हालसम्म वहाँ लगायत २० जनालाई संक्रमण भएकोमा १२ जना निको भइसकेका छन् । डाक्टर मण्डल लगायत २ जना डाक्टर, ७ जना नर्स, प्रशासन कर्मचारी ४ जना, कार्यालय सहयोगी ३ जना, चालक १ जना काउन्टरका कर्मचारी १ जना र एक्सरे विभागका १ जना संक्रमित भएका हुन् । जसमा मेसु मण्डलसहित नर्सहरु ५ जना, प्रशासनका ३ जना, चालक १, एक्सरेका १ र काउन्टरका १ गरी १२ जना निको भएका छन् । बाँकी ८ जना होमआइसोलेशनमा रहेका छन् । २ उदयपुरमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार १६ पुगेको छ । आज ४७ जना संक्रमित थपिएसं...
उदयपुरमा थप ४७ जनामा संक्रमण पुष्टि

उदयपुरमा थप ४७ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८  उदयपुरमा आज (मंलबार) थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमिको संख्या एक हजार दुई सय ९० पुगेको हो । आज थप २४ पुरुष  र २३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । सबै भन्दाबढी त्रियुगामा १७, बेलकामा १० र चौदण्डीगढी नगरपालिकामा छजनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङमा आँठ र रौतामाई गाउँपालिकामा छ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । कोरोना जितेर आज दुईजना घर फर्किएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट जिल्लामा ३५ जनाले ज्यान गुमाइसकेका छन् ।...
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै दाङमा प्रदर्शन

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै दाङमा प्रदर्शन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८ दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदशन गरेका छन् । जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका हुन् । कोरोनाको महामारीमा चिकित्सक, नर्सहरुले दिनरात नभनी आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरेर काम गरिरहेको बेला यस्ता आक्रमणका घटनाले मनोबल घटाउने काम गरेकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ । बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशब्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावानी स्वास्थ्यकर्मीहरुले दिएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै उनीहरु बिरोधमा उत्रिएका हुन् । नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइम...
चीनले अनुदानमा दिएको भरोसेल खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको भरोसेल खोप काठमाडौं आइपुग्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८ चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । आज नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज अपरान्ह काठमाडौं आइपुगेको छ । वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । चीनबाट ल्याएको खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।...
नेपालमा कालो ढुसी संक्रमण बढ्दो, उपत्यकामा पनि भेटिए संक्रमित

नेपालमा कालो ढुसी संक्रमण बढ्दो, उपत्यकामा पनि भेटिए संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ  १८ नेपामा पनि कोरोना संक्रमित भएका मानिसहरुमा (म्युकोरमाइकोसिस) कालो ढुसीको संक्रमण देखा पर्न थालेको छ । देशभरका विभिन्न शहरहरुमा कालो ढुसीको संक्रमण बढ्न थालेको छ । उक्त संक्रमण काठमाडौं उपत्यकामा पनि भेटिएको हो । वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारीको छ । वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएको छ । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको हो । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएक...
उदयपुर संक्रमित १२४३, देशमा ५६१३०२ र विश्वमा १७१०३९७१२

उदयपुर संक्रमित १२४३, देशमा ५६१३०२ र विश्वमा १७१०३९७१२

समाचार, स्वास्थ्य
https://youtu.be/lkSu2uzkhc0 खबर विस्तृतमा... १ उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार २४३ पुगेको छ । जसमा ५४८ महिला र ६९५ जना पुरुष रहेका छन् । संक्रमणके हिसावले आठ पालिकाहरु मध्ये सबैभन्दा बढि त्रियुगामा छ । त्यसपछि चौदण्डीगढीमा रहेका छन् । त्रियुगामा ५९६, चौदण्डीगढीमा १८२, बेलकामा १४७ र कटारीमा १३३ रहको छन् । त्यसैगरी गाउँपालिकाहरुतर्फ राँैतमाईमा ८१, लिम्चुङबुङमा ६०, उदयपुरगढीमा ३८ र ताप्लीमा ६ जना रहेका छन् । संक्रमित थपिएसंगै निको हुनेको संख्या पनि बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमित थपिएका छन् । १४७ जनाको एन्टिजेन परिक्षण गरिदा २६ महिला र ३४ पुरुष संक्रमित पुष्टि भएको हो । जिल्लामा निको हुनेको संख्या २३७ पुगेको छ । पछिल्लो समय २ जना निको हुनेको संख्या थपिएको हो । जिल्लामा सक्रिय संक्रमितको संख्या ९७१ रहेको छ । जसमा ४...
बाल बिकास समाज नेपालको समन्वयमा जिल्लालाई स्वास्थ्य सामाग्री सहयोग

बाल बिकास समाज नेपालको समन्वयमा जिल्लालाई स्वास्थ्य सामाग्री सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १७ बाल बिकास समाज नेपाल उदयपुरको समन्वयमा जिल्ला कोभिट संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री जुटेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाल बिकास समाजले समन्वय गरी बिभिन्न स्वास्थ्य समाग्री कोरोना उपचारको लागि जिल्लामा जुटाएको हो । जिल्लालाई एन्टिजेन किट, सर्जिकल मास्क, ग्लोव्स, पल्स अक्सिमिटर, पिपिइ सेट, लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको बाल बिकास समाज नेपाल उदयपुरले जनाएको छ ।सामाग्री आईतबार सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेललाई संस्थाकी उपाध्यक्ष सीता माया तामाँङ्गले हस्तान्तरण गर्नु भयो । कोभिड संकट सँग लड्न सहज वातावरण होस् भन्ने हिसावले संस्थाको तर्फबाट केहि सहयोग जिल्लालाई गरेको संस्थाकी उपाध्यक्ष तामाङले बताउनुभयो । संस्थाले उदयपुरगढीमा पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको जनाएको छ । उयदपुरगढीमा १ लाख ६९ हजार बराबरको सामाग्री प्रदान...
उदयपुरको सबै पालिकामा संक्रमण फैलियो

उदयपुरको सबै पालिकामा संक्रमण फैलियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १७  उदयपुरको कुनै पनि पालिका अछुतो रहेन कोरोनाबाट आज (सोमबार) थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४ पुरुष र २६ महिलामा संक्रमण पुष्टि भए सँगै जिल्लामा संक्रमितको संख्या १ हजार २ सय ४३ पुगेको हो । अहिले सम्म संक्रमण पुष्टि नभएको ताप्ली गाउँपालिकामा पनि संक्रमण देखिएपछि ८ वटै स्थानीय तहमा संक्रमण फैलिएको  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज त्रियुगा, चौदण्डीगढी, बेलका र ताप्लीमा समेत संक्रमण देखिएको छ । सबैभन्दा बढी त्रियुगामा ३६, चौदण्डीगढीमा १३, बेलकामा ७ र ताप्लीमा पहिलो पटक ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज थप २ जनाले कोरोनालाई जितेका छन् । यो सँगै जिल्लामा संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २ सय ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सम्म जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ३६...
पाँचथरमा जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणसहित पाँचको मृत्यु

पाँचथरमा जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणसहित पाँचको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १७ पाँचथरमा कोरोनाको दोस्रो चरणको महामारीले पाँचजनाको ज्यान गएको छ । एक जनप्रतिनिधि, एक पत्रकार र तीनजना सर्वसाधारणसहित पाँचजनाको  कोरोनाबाट ज्यान गएको हो । हिलिहाङ गाँउपालिका–४ का वडाध्यक्ष श्री सिगुको कोरोनाको कारण ज्यान गएकोे छ । झापाको बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सिगुको ज्यान गएको थियो । सिगुलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै उनको ज्यान गएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिनुभयो । कोरोनाकै कारण शुक्रबार नेपालपत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ज्यान गएको छ । झापाको बिर्तासीटी अस्पतालमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा सुधार नभएपछि ज्यान गएको हो । लामो समयसम्म उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । भण्डारीको शुक्रबार ज्यान गएको महासंघ पाँचथरले जनाएको छ...