कोरोना खोपमा असर देखियो
पूर्णपुष्टि, माघ १७
हालै नेपालमा सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा अग्र पंक्तिमा खट्नेहरुलाई खोप लगाउने भनिए सँगै नेपालमा आज खोप अभिान ३ दिन भएको छ । सो अभियानमा अन्तरगत स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप धमाधम लगाईँदै छ ।
हाल ३ दिनको अवधिभर नेपालभरी ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाई सकेका छन् । तर खोप लगाई सकेका केहि व्यक्तिहरुमा भने यसले असर देखाएको छ ।
कर्णाली प्रदेशमा खोप लगाएका एक जनालाई घम्भिर स्वास्थ्य समस्या देखाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ ...









