Wednesday, August 19News That Matters

स्वास्थ्य

भारतमा कोरोना खोपले ५२ जनाको स्वास्थ्यमा असर देखियो, एकको अवस्था गम्भीर

भारतमा कोरोना खोपले ५२ जनाको स्वास्थ्यमा असर देखियो, एकको अवस्था गम्भीर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ कोरोना खोप लगाएका भारतका ५२ जनामा  (साईड ईफेक्ट) स्वास्थ्य असर देखिएको छ । खेपका कारण एक जनाको भने स्वास्थ्य स्थिति गम्भीर रहेको छ । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । &nb...
चिसाेमा बृद्धबृद्धाहरुको स्वास्थ्य चुनौतीलाई मध्येनजर गर्दै १३ नं. वडामा स्वास्थ्य शिविर

चिसाेमा बृद्धबृद्धाहरुको स्वास्थ्य चुनौतीलाई मध्येनजर गर्दै १३ नं. वडामा स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ३ ।  वडावासीको स्वास्थ्य परिक्षणको उद्देश्यले त्रियुगा नगरपालिका, १३ नम्बर वडा कार्यालयमा आज स्वास्थ्य शिविरको आयोजना भएको छ । वडा कार्यालयको सहयोग तथा जेसिज उदयपुरको आयोजना र त्रियुगा मेडिकल हल तथा सेभ लाईभ हेल्थ केयर प्रालिको समन्वयमा शिविर भएको हो । वडाध्यक्ष पशुपति चौधरीले उद्घाटन गर्नुभएको शिविरमा ओपिडि अन्तर्गतका सम्पूर्ण सेवा, भिडियो एक्सरे, सुगर परिक्षण र औषधि वितरण सेवा रहेका छन् । सम्पूर्ण सेवाहरु निःशुल्क छन् । वडाध्यक्ष चौधरीका अनुसार शिविर जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको हो । सबैभन्दा जेष्ठ नागरिकबाट परिक्षण सुरु गरिएको शिविर दिनभर रहनेछ । वडाभरिका महिला, बालबालिका र बृद्धबृद्धाहरु शिविरमा स्वास्थ्य परिक्षण तथा सेवा पाउन आएको अध्यक्ष चौधरीले बताउनुभयो । खासगरी अहिलेको चिसो मौसममा बृद्धबृद्धाहरु र बालबालिकालाई स्वास्थ्य चुनौती थपिने कुराला...
कोरोना ‘खोप कोष’ स्थापना

कोरोना ‘खोप कोष’ स्थापना

समाचार, स्वास्थ्य
  पूर्णपुष्टि,पुष २९ कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले आर्थिक संकलनका लागि ‘खोप कोष’ को स्थापना गरेको सुचना सार्वजनिक गरेको छ । कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको २४ गतेको निर्णयअनुसार आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएकोले योगदान गर्न आव्हान गरिएको जनाएको छ । खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा निकट भविष्यमा नै खोप बजारमा आउने प्रबल सम्भावना देखिएको छ। उक्त खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइर...
तनाव ‘डिप्रेसन’ बाट कसरी बच्ने

तनाव ‘डिप्रेसन’ बाट कसरी बच्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष २७ आजकाल सामान्य बोलचालीमा पनि धेरै मानिसहरुको मुखबाट ‘टेन्सन’, ‘स्ट्रेस’ र ‘डिप्रेसन’ जस्ता नकरात्मक शब्द बारम्बार सुनिन्छ । प्रश्न उठ्न सक्छ हाम्रो जिन्दगीमा साँच्चै यति धेरै तनाव छ त ?साँच्चै नै यस्ता कुनै समस्या छन् भने पनि के यसबाट छुटकारा पाउन सकिँदैन ? मावन जीवनमा दुख,पीडा, तनाव,उदासी यी सब मानसिक विकार हुन् । जसले मानिसलाई कहिले राम्रो गर्दैन । हामी जब मानसिक रुपमै कमजोर हुन्छौं, शारीरिक रुपमा पनि हामी तन्दुरुस्त र सक्षम रहन सक्दैनौ । हामी सबैले सामान्य जिन्दगीलाई किन यति धेरै जटिल बनाइरहेका छौं भनेर एकपटक शान्त दिमागले सोच्नुपर्ने बेला आएको छ । मनमा शान्ती पाउन सबैभन्दा सजिलो छ, यसको लागि नकरात्मक विचारबाट टाढा रहेमा मात्रै पुग्छ । हामीले आफ्नो शव्दकोषबाट ‘तनाव’ शब्दलाई सँधैको लागि बाहिर निकाल्नु पर्छ किनभने आजकाल आफूभन्दा ठूलाको कुरा सुनेर घरमा साना बच...
कोरोनाले उदयपुरे एक युवाको मृत्यु

कोरोनाले उदयपुरे एक युवाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष २१  कोरोनाबाट उदयपुरका एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का १८ वर्षीय युवकको कोरोनाबाट आज मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त कोरोना संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो । उक्त पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ । ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।...
कोरोना संक्रमित शिक्षकको मृत्यु

कोरोना संक्रमित शिक्षकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पौष २० आँधीखोला गाउँपालिका (५, स्याङ्जा निवासी ५१ वर्षीय कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । डोल्पाको दुनैमा स्वाब संकलन गरी पुस १४ गते कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो । होम आइसोलेसनमा रहेको ती शिक्षक पुस १६ गते टाउको दुख्नुका साथै १७ गते बिहान बेहोश भएको भएपछि उनलाई काठमाडौं  शिक्षा अधिकृत कँडेलले जानकारी दिनुभयो । । उनको शनिबार दिउँसो मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना भएका थिए । ...
नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १६ नेपालमा वितेको २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा थप १ सय ९६ महिला र ३ सय ३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९४ पुगेको छ । त्यसैगरी हिजो थप ४ सय ४७ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म कोरोना जितेर घर फर्किनेको  संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।  नेपालमा कोरोना निको हुनेको दर ९६.८ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । । बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ त्यसैगरी अहिले ३ सय ६२ जना क्वारेन्टिन र ६ हजार ३ सय ७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाए...
भारतमा पनि नयाँ स्वरुपको कोरोना देखियो

भारतमा पनि नयाँ स्वरुपको कोरोना देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पौष १४ बिश्वभरी फैलिन सुरु गरेको नयाँ स्वरुपको कोरोना भाईरसले भारत प्रवेश गरेको छ । छिमेकी मुलक रहेको भारतमा समेत भाईरस प्रवेश गरेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस देखिएको पुष्टि गरेको छ । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ । मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन ।  ...
सुखायु आयुर्वेद अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

सुखायु आयुर्वेद अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष १३ सुखायु आयुर्वेद अस्पतालले सोमवार गाईघाटमा निः शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटि जिल्ला कार्य समिति उदयपुरको प्राविधिक सहयोगमा अस्पतालले आयोजना गरेको स्वास्थ्या शिविरमा १ सय जना भन्दा बढीले सेवा लिएका छन् । त्यसका साथै उक्त शिविरमा ३० जना व्यक्तिहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।...
अबैध औषधी कारोबारी मेडिकल हल सञ्चालक पक्राउ

अबैध औषधी कारोबारी मेडिकल हल सञ्चालक पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १३ अनाधिकृत औषधि कारोबार गर्ने सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमलाई प्रहरीले पक्राउ गरेको हो । अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलील आलमलाई पक्राउ गरेको होे । प्रहरीले आलमको मेडिलक हलबाट डाइक्लोमाईन हाइड्रोेक्लोराईड ट्याबलेट आइपि डिकोलाइस; बट्टामा रहेको ७००० ट्याबलेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा ट्रामाडोल हाईड्रोेक्लोराईड क्याप्सुल टीपि ट्रमाडेक्स खुल्ला अबस्थामा रहेको ९८० ट्याबलेट बरामद गरेको छ । प्रहरीका अनुुसार अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।...