Thursday, April 9News That Matters

आर्थिक

कालिका अटो लिङ्कले ल्यायो नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे

कालिका अटो लिङ्कले ल्यायो नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि संवाददाता १८ चैत, २०८२ । उदयपुर बजाज दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका आधिकारिक वितरक कालिका अटो लिङ्क प्रा.लि. ले आज उदयपुरको गाइघाटमा नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे सार्वजनिक गरेको छ । ​नयाँ बजाज वेगो इलेक्ट्रिक स्वरोजगार, कम खर्चिलो, वातावरण मैत्री, आधुनिक डिजाइन, उत्कृष्ट प्रविधि, आरामदायी यात्रा, सहज सवारी अनुभव प्रदान गर्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ । शहरभित्रको दैनिक आवत -जावतका लागि उपयुक्त तीन पाङ्ग्रेले अधिकतम यात्रा आधुनिक स्टायल, न्यूनतम खर्च, उत्कृष्ट प्रदर्शन र विश्वसनीयता प्रस्तुत गर्ने जनाइएको छ । नयाँ बजाज वेगो इलेक्ट्रिक लिथियम आयन ब्याट्री प्रणालीद्वारा संचालित छ जसको सिस्टम भोल्टेज ४८ भोल्ट र ब्याट्री क्षमता ५.९ किलो वाट रहेको छ । यसमा शक्तिशाली PMSM इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ जसले मोटर ४.५ किलोवाट निरन्तर पावर तथा ३६ एनएम टर्क उत...
चौदण्डीगढीमा केराबाट धागोे उत्पादन सुरु

चौदण्डीगढीमा केराबाट धागोे उत्पादन सुरु

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता बेल्टार । ६ चैत्र २०८२ । उदयपुरको चौदण्डीगढी नगरपालिका – १ ज्यामिरेमा केराको दाम्चाबाट धागो उत्पादन थालनी भएको छ । ज्यामिरेस्थित हिमचुली सामुदायिक वन उपभोक्ता समूहले स्थानीय स्तरमा रोजगारी र आयआर्जन सिर्जना गर्न केराको दाम्चाबाट धागो उत्पादन थालनी गरेको नगरपालिकाका मेयर कालुमान लामाले बताउनुभयो । धालो उत्पादन हुने भएपछि गाउँघरमा त्यसै खेरो गइरहेको केराको दाम्चाको सदुपयोग हुने भएको छ । मेयर लामाले दाम्चाबाट धागो बनाउने मेसिनको एक समारोहकाबीच आज उद्घाटन गर्नुभयो । “कुहेर खेरो गइरहेको केराको दाम्चाबाट धागो बन्ने र आयस्रोत हुने देखेपछि स्थानीय खुसी छन् ।” मेयर लामाले भन्नुभयो । अहिले नमुना परिक्षणको रुपमा थालनी भएको दाम्चाबाट धागो बनाउने काम प्रभावकारी भएमा थप विस्तार गर्दै लगिने भएको छ । उदयपुर केराखेतीका लागि उपयुक्त जिल्ला हो । चौदण्डीगडी नगरपालिका पनि केराको पके...
इटहरीमा हुने स्टर्न ट्राभल्स मार्टको भारतमा प्रचारप्रसार

इटहरीमा हुने स्टर्न ट्राभल्स मार्टको भारतमा प्रचारप्रसार

Breaking News 1, Breaking News Video, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता इटहरी । ६ चैत्र, २०८२ । कोशी प्रदेशको इटहरीमा हुन लागेको स्टर्न ट्राभल्स मार्टलाई लक्षित गर्दै प्रचार–प्रसार अभियान अन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम तीव्र बनाइएको छ । सोही क्रममा फारबिसगंज, पूर्णिया र दरभंगापछि राजधानी पट्नामा पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुर्नियाको श्रीनायक होटलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र पत्रकारहरूले नेपाली प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा स्टर्न ट्राभल्स मार्ट का प्रतिनिधिहरूले नेपालमै उत्पादन भएको रुद्राक्षको माला र ढाका टोपी प्रदान गर्दै भारतीय सहभागीहरूलाई इटहरीमा हुने मार्टमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए । नेपाली संस्कृतिको झल्को दिने उक्त सम्मानले कार्यक्रममा थप आकर्षण थपेको थियो। अन्तरक्रियाका क्रममा सह...
ग्लोबल मनी विक २०२६ को अवसरमा गाईघाटमा प्रभातफेरि सम्पन्न

ग्लोबल मनी विक २०२६ को अवसरमा गाईघाटमा प्रभातफेरि सम्पन्न

Breaking News 1, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ६ चैत्र, २०८२ । ग्लोबल मनी विक २०२६ को अवसरमा उदयपुरको गाईघाटमा प्रभातफेरि भएको छ । गाईघाट बैंकर्सको आयोजनामा प्रभातफेरी भएको हो । गाईघाट बजार क्षेत्रमा कार्यरत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । ​भविष्यका लागि बचत गरौँ र सुरक्षित डिजिटल बैंकिङको प्रयोग गरौँ जस्ता वित्तीय साक्षरता नाराहरू लेखिएका प्लेकार्डसहित प्रभातफेरि गरी गाईघाट मुख्य बजारको परिक्रमा गरिएको थियो । युवा तथा विद्यार्थीहरूमा वित्तीय सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकर्सहरूले सर्वसाधारणलाई बचतको महत्व, सुरक्षित बैंकिङ कारोवार एवम् आर्थिक अनुशासनबारे जानकारी गराएका थिए । ​विश्वभर मार्च १६ देखि २२ सम्म मनाइँदै गरिएकोमा यो साता नेपालमा पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ।...
विदेशमा मृत्यु भएका राईको परिवारलाई १४ लाख विमारकम हस्तान्तरण

विदेशमा मृत्यु भएका राईको परिवारलाई १४ लाख विमारकम हस्तान्तरण

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ८ । बैदेशिक राजगोरीको क्रममा मृत्यु हुन पुगेका उदयपुरको चौदण्डीगढी नगरपालिका २ झोरापाटाका मनिराम राईको परिवारले १४ लाख रुपैया विमा रकम पाएको छ । एशियन लाईफ इन्स्योरेन्स, गाईघाट शाखाले परिवारलाई आज विमा रकम हस्तान्तरण गरेको हो । विमा कम्पनीकाे गाइघाट शाखाकी प्रमुख मेनुका खत्रीले मृतककी श्रीमती अमिता राइलाइ हस्तान्तरण गर्नुभयाे । मलेसिया बैदेशिक रोजगारीमा जाने क्रममा श्रम वापत म्यादी विमा गरेर गएका थिए । उनको गत पुस १८ गते मलेशियामा डिउटी सकेर कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।  ...
वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उदयपुरगढी प्रथम

वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उदयपुरगढी प्रथम

Breaking News 2, आर्थिक, समाचार
१ फागुन, २०८२ । उदयपुर उदयपुरको उदयपुरगढी गाउँपालिका  वित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा जिल्लामा पहिलो बनेको छ । ७१.४६ नम्बरका साथ उदयपुरगढी गाउँपालिका उदयपुर जिल्लाको आठ पालिकामध्ये पहिलो बनेको हो । उदयपुरगढीले चालुतर्फ कुल ४२ करोड ९२ लाख ६६ हजार ३६३ मा ३८. ८६ प्रतिशत खर्च १६ लाख ६८ हजार ०९२.८४ खर्च % ३८.८६ भएको छ । पुजीगत तर्फ कुल २७ करोड १० लाख ९१ हजारमा  १९. ५४ प्रतिशत  ५ करोड २९ लाख  ७३ हजार ५०६ रुपैयाँ खर्च भएको छ। कटारी ६७.७९, बेलका नपा ५३, चौदन्डीगढी नपा ४९.२४, त्रियुगा नपा ५०.३५ नम्बरमा हुँदा गाउँपालिका तर्फ रौतामाई ६४.०९, लिम्चुङ्बुङ ५२.५६ र ताप्ली ६३.३६ नम्बर आएको छ । प्राप्त नम्बरको आधरमा कटारी दोस्रो, रौतामाई तेस्रो बनेको छ।...
कटारीको कृषकको मल कालावजारी

कटारीको कृषकको मल कालावजारी

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि / उदयपुर, माघ १६ । कटारीको कृषकका लागि आएको सरकारी सहुलियतको मल कालाबजारी गरी बिक्री गरेको पाइएको छ। नगरपालिकाको सिफारिसमा आएको मल कालाबजारी भएको हिजो फेला परेको हो । कटारी ३ स्थित दुर्गा भवानी कृषि सहकारीले कृषकको पेटमा लात हान्दै मल भने कालाबजारी गरी बिक्री गरेको हो। उसले सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बिक्री गरेको पाइएको छ। सहरी सञ्चालकहरू पेशल भट्टराई र हिरा बास्तोला दोषी रहेको बुझिएको छ । सो सहकारी र सञ्चालक नगरपालिकाको कारवाहीमा परेका छन् । कृषकहरु एक सक्रिय संघर्ष समितिले कालाबजारी फेला पाटेको हो। उदयपुर कटारीको कृषकहरूका लागि सरकारी सहुलियतको मल नगरपालिकाको सिफारिसमा ल्याउने तर कृषकलाई नदिई  सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बेचेको पाइएको हो। कटारीमा ल्याउनुपर्ने मल दुधौलीको गोदाममा भण्डारण गर्दै गरेको अवस्थामा ढुवानी गर्ने मालवाहक ट्रक र मल कृषकहरुले नै बराम...
दोस्रो उदयपुर महोत्सव माघ २३ देखि हुने

दोस्रो उदयपुर महोत्सव माघ २३ देखि हुने

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि उदयपुर, माघ ५ । दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी आज जानकारी दिएको हो । जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च हुने बताइएको छ । १५ दिनसम्म चल्ने महोत्सवमा ...
मुकेशलाई अभयकाे लाख सहयाेग

मुकेशलाई अभयकाे लाख सहयाेग

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ । <मुकेश राई, मनका धनी थिए । एकदमै सहयाेगि थिए । कुनैबेला उनी उदयपुरकाे गाईघाट माेतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा विद्यार्थी नेता थिए । त्यसबेला उनले गरेकाे सहयाेग यतिबेला अभय कार्कीले सम्झेका छन् । हाल अमेरिकामा रहेका कार्कीले क्याम्पस पढ्दा छात्रबृत्ति पारिदिएर पढाईमा सहयाेग गरेकाे सम्झेर अहिले जीवनकै जटिल अबस्थामा रहेर उपचाररत मुकेशलाई एकलाख रूपैया उपचार सहयाेग गरेका छन् । जटिल अप्रेशन र लामाे उपचारका कारण आर्थिक अबस्था नाजुक भई उपचार खर्च अभाव भएपछि सहयाेग संकलन अभियान चलाउनु परेकाे छ ।...
उदयपुर सिमेन्ट उद्योग चलाऔं भन्दै मन्त्रीसम्म पुगे युवा तथा जेन्जीका समुह

उदयपुर सिमेन्ट उद्योग चलाऔं भन्दै मन्त्रीसम्म पुगे युवा तथा जेन्जीका समुह

Breaking News 2, आर्थिक, समाचार
उदयपुर, कार्तिक २४ । उद्योग बचाउ तथा खबरदारी समुहले आज बन्द अबस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग तत्कालै सञ्चालनको माग गर्दै उद्योगमन्त्री अनिलकुमार सिन्हा र उद्योग सचिव कृष्ण राउतलाई भेटगरी ध्यानाकर्षण गरेको छ । भेटमा मन्त्री सिन्हाले उद्योग सरकारले नै तत्काल सञ्चालन गर्ने ब्यवस्था मिलाउने र निजीकरण विरुद्ध लाग्ने प्रतिबद्धता गरेको समुहका प्रवेश खड्काले बताए । देशको गौरब र उदयपुर जिल्लाको सिंगो पहिचानसंग जोडिएको उद्योग स्वार्थ समूहको चंगुल र भ्रष्ट राजनीतिक नेतृत्वका कारण धिपधिपे अवस्थामा पुगेको छ । उद्योगको बर्तमान अवस्था नबुझी ठूलो आर्थिक दायित्व देखाएर केही नीजि स्वार्थ समुहले अघोषित रुपमा चल्न नसक्ने भ्रमपूर्ण भाष्य खडा गरेर लाभ उठाउने र सरकारी उद्योगलाई बन्द गराएर नीति पोस्ने चलखेल भएको उनीहरुले जनाएका छन् । यस्तो अवस्थालाई स्थानीय युवाहरुको समुहले तत्काल नियमित उद्योग सञ्चालनको ल...