अल नसरको जितमा रोनाल्डोको ४ गोल
पूर्णपुष्टि, माघ २७ गते । साउदी प्रो लिगमा रोनाल्डोले ४ गोल गर्दा अल नसरले सहज जित निकालेको छ । बिहिबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा अल नसरले ४–० गोलले अल वेह्दलाई हराएको छ । अल नसरलाई जित दिलाउन रोनाल्डो एक्लैले ४ गोल गरेका छन् ।
खेलको २१ औं मिनेटमा गोल गर्दै अल नसरलाई सुरुवाती आग्रता दिलाएको रोनाल्डोेले ४० औं मिनेटमा दोस्रो गोल गरे भने ५३ औं मिनेटमा पेनाल्टिबाट ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ६१ मिनेटमा चौथो गोल गरेका हुन् । रोनाल्डोले अल नसरमा पहिलो ह्याट्रिक गरेसँगै करियरको ६१ औं ह्याट्रिक पुरा गरेका छन् । नासरका लागि पहिलो गोल गर्दै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरेका छन् ।
रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् । यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ ...









