Sunday, August 16News That Matters

खेलकुद

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाट फुटवल क्लव बिजयी

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाट फुटवल क्लव बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १७ गते । बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाटले जित निकालेको छ । गाईघाट फुटवल क्लवले एपिएफ पूर्वाञ्चल सुनसरीलाई २÷१ ले पराजित गर्दै जित निकालेको हो । खेल अबधिभर दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि १५ मिनेटको समय थप गरिएको थियो । उक्त समयमै गाईघाटको तर्फबाट जर्सि नं ५ को सुरज थापा र जर्सि नं ८ को पविन राईले १÷१ गोल गरेका थिए । एपिएफको तर्फबाट भने जर्सि नं १० का भरत नेपालीले १ गोल फर्काउन सफल भएको थियो । खेलमा गाईघाट फुटवल क्लवबाट सुरज थापा म्यान अफ दी म्याच घोषित बने । उनले नगद १५ सय सँगै ट्रफि हात पारे म्यान अफ म्याचको पुरस्कार युवा नेता दिपक राईले प्रदान गरेका थिए । उक्त खेललाई बिभिन्न व्यक्ति, संघसंस्था लगायत सम्बन्धित निकायहरुले सहोग गर्दै आएको हुँदा सहज भएको आयोजकले जनाएको छ ।...
बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ गते । त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार स्पोर्ट क्लव बजयी बनेको छ । गोल बजारले पशुपति प्रसाद गण बोक्सेलाई १÷० को अन्तरले हराउँदै खेलमा बिजयी बनेको हो । गोल बजारको तर्फबाट खेलको पहिलो हाफमा जर्सि नं ८ का बिनु मगरले पहिलो गोल गरेका थिए भने गोल बजारकै तर्फबाट पहिलो हाफमै जर्सि नं ७ का सुगम पुलामी मगरले २२ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । दोस्रो हाफको खेलमा पनि सुगम पुलामीले नै फेरी १ गोल थपे । यता बिनु मगरले फेरी दोस्रो हाफ पछि लगतार २ गोल गर्दै ह्याट्रीक गर्दै ५ गोल गर्न सफल भए । उता पशुपति प्रसाद गण बोक्सेले भने १ गोल फर्काउन सफल भयो । उक्त क्लवको तर्फबाट भने दोस्रो हाफको ८ मिनेटमा किरण मगरले गोल गर्दै शान्त्वना गोल गर्न सफल भएको हो । खेलको म्यान आफ दी म्याच गोल बजारको तर्फबाट बिनु मगर घोषित भए । उनले नगद १५ ...
२०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने

२०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ गते । सन् २०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने भएको छ । इक्वेडरमा खेलाईने भनिएको कोपा अमेरिका सुरक्षाका कारण सरकारले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएको हो । त्यस पछि अमेरिकामा प्रतियोगिता गराईने भएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुनेछ । यस प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलले आयोजना गरेको थियो । ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जितेको थियो भने २०२२ मा भएको कतार विश्वकप फुटबलको बिजेता बनेको थियो ।...
बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १४ त्रियुगा नगरपालिका १० बोक्सेमा प्रथम वडाअध्यक्ष गोल्डकप कप सुरु भएको छ । उक्त कप शनिवारबाट बोक्से स्थित नयाँवस्ती खेलमैदानमा सुरु भएको हो । खेलमा ८ ओटा टिमले सहभागी जनाएको छ । वडा युवा तथा खेलकुद विकास समिति त्रिनपा १० को आयोजनामा भएको खेलको प्रथम टिमले १ लाख नगद सहित बिभिन्न पुरस्कार हात पार्ने छ । खेलमा दोस्रो हुने टिमले ५० हजार नगद सहित अन्य नगदहरु पाउने छ । खेलको उद्घाटन खेलमा चौदण्डीगढी र कटारीको प्रतिस्पर्धा हुने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गरेका थिए । खेल २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।...
फाईनलमा पराजित भएपनि सुष्माले जितिन ऐतिहासिक रजत

फाईनलमा पराजित भएपनि सुष्माले जितिन ऐतिहासिक रजत

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ११ गते । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिप फाईनलमा नेपाली खेलाडी सुष्मा तामाङ पराजित भएकी छन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिताको फाईनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । फाईनल पुगेकी सुष्माले रजत जितेकी छन् । उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो । बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतियोगितामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् । यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गर्दै फाईनल प्रवेश गरेकी थिईन् । थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौलसमूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका दुई महिला खेलाडी सहित एक पुरुषले कास्य पदक जितेका छन् । क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरी सेमिफाइनलमा ...
नेपाल टी २० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार

नेपाल टी २० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार

Breaking News 3, खेलकुद, समाचार
पूणपुष्टि, माघ ९ गते । नेपाल टी–२० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । लिग आयोजना गर्न दिईएको भारतीय थ्री स्पोर्टस कम्पनीका मालिक जतिन अलुवालिया हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० लिग भारतीय कम्पनीलाई आयोजना गर्ने जिम्मा दिएको थियो । टि–२० लिग पुष २८ गते बाट सुरु भएको थियो । सुरुवात खेल देखिनै लिग विवादमा तानिएको थियो । लिग सुरू हुनु अघिदेखि नै बेटिङ (बाजी) र स्पट फिक्सिङको आशंकामा घेरिएको थियो । लिग चलिरहँदा सिआइबीमा उजुरी परेपछि डिएसपीको नेतृत्वमा अनुसन्धान बढाईएको थियो । अनुसन्धान गर्दै जाँदा सिआईबीले क्रिकेटर आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गरेको छ । यसबारे पछि मात्रै सार्वजनिक गर्ने तयारी रहेको सिआईबीले जनाएको छ । सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालिया सिआइबील...
आगामी १४ गते देखि बोक्सेमा प्रथम वडा अध्यक्ष गोल्ड कप हुने

आगामी १४ गते देखि बोक्सेमा प्रथम वडा अध्यक्ष गोल्ड कप हुने

Breaking News 1, खेलकुद, समाचार
उदयपुर पूर्णपुष्टि,माघ ९ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेमा आगामी माघ महिनाको १४ गते देखि २१ गते शनिवार सम्म प्रथम वडा अध्यक्ष गोल्ड कप7A, साइड फुटबल प्रतियोगिता हुने भएको छ । बोक्सेमा अवस्थित गंगा खेल मैदानमा वडा युवा तथा खेलकुद विकास समिति बोक्सेको आयोजना र ग्राउण्ड रिपोर्टिङको समन्वयमा प्रतियोगिता हुने भएको हो । खेल मैदानको क्षमता र अखिल नेपाल फुटवल संघ(एन्फा) को नियम अनुसार एक टिमबाट ७ जना मात्र खेलाडी (7A)मात्र प्रवेश पाउने गरि गोल्डकपको आयोजना गर्न लागिएको वडा अध्यक्ष किरण पाण्डेले जानकारी दिए । प्रतियोगितामा बिभिन्न जिल्ला गरी आठ टिमको सहभागिता रहने वडा खेलकुद विकास समितिले जनाएको छ । समितिका अनुसार खेलको बिजेता टिमले नगद १ लाख सहित ट्रफि,प्रमाण पत्र पाउँने छन् भने उपबिजेताले नगर ५० हजार सहित ट्रफि,प्रमाण पत्र पाउँने वडा खेलकुद बिकास समितिका अध्यक्ष हरि चन्द्र...
बसाहामा सुरु आठौँ नारदमुनी गोल्कपमा चारतारे फुटबल क्लवको बिजयी सुरुवात

बसाहामा सुरु आठौँ नारदमुनी गोल्कपमा चारतारे फुटबल क्लवको बिजयी सुरुवात

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ बसाहामा आजबाट सुरु भएको आठौँ संस्करणको नारदमुनी गोल्डकपमा चारतारे फुटवल क्लव मोरङ बिजयी भएको छ । नारदमुनी थुलुङ् रंगशाला बसाहामा भएको पहिलो खेलमा गोर्खा व्वाईज स्पोर्टस् क्लव रुपन्देहीलाई २÷० को अन्तरले पछि पार्दै पहिलो खेलको जित सुनिश्चित गरेको हो । खेलको २३ औँ मिनेटमा चारतारेको तर्फबाट जर्सि नं १० का भुवन बस्नेतले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलएका थिए भने खेलको अन्तिम चरणमा पनि बस्नेतले नै थप एक गोल गर्दै टिमलाई बिजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच पनि बस्नेत नै घोषित भएका छन् । उनले रु ५ हजार नगद सहित पुरस्कार समेत पाएका छन् ।...
आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भईरहेको छ । खेल दिउँसो ४ बजेबाट सुरु भएको हो । पहिलो खेलमा हाफटाइम अगाडि पहिलो गोल चारतारे क्लब मोरङको तर्फबाट जर्सि नम्बर १० का खेलाडी भुबन बस्नेतले गोल गरेका छन् । बस्नेतले खेलको २३ औँ मिनेटमा गोल गरेका हुन् । हाफटाइम अगाडि चारतारे क्लब एक गोल अन्तरले अगाडी रहेको छ ।...
आठौ नारदमुनी गोल्डकप शुरु

आठौ नारदमुनी गोल्डकप शुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौँ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । बसाहा युबा क्लबको आयोजनामा भएको प्रतियोगिता असोज ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले रेफ्रीलाइ फूट्बल हस्तान्तरण गरेपछि खेल सुरु भएको हो । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भएको हो । खेल दिउँसो ४ बजे सुरु भएको हो ।...