कटारीका तेज बहादुर हमालले जित्यो मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिताको उपाधी
पूर्णपुष्टि, फागुन १४
उदयपुरमा शनिवार भएको जिल्ला स्तरीय मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगतिामा कटारीका तेज बहादुर हमाल प्रथम भएको छ । १३ जना सहभागीका बिच हमाल प्रथम हुन सफल भएका हुन् ।
प्रथम भए सँगै हमालले ५१ हजार नगद राशी, शिल्ड, प्रमाण पत्र र मेडल समेत प्राप्त गरेको छ । ७ ओटा इन्टरनेशनल पोजिसनहरुले जर्जहरुको मन जित्दै हमाल उत्कृष्ट पफमरका साथ प्रथम भएको हो । प्रतियोगितामा गाईघाटका दिलप चौधरी दोस्रो भएको छ भने गाईघाटकै महेश तामाङ तेस्रो भएको छ । दोस्रो हुन सफल चौधरीले रु २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै तेस्रो हुन सफल तामाङले पनि रु १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउन सफल भएको छ ।
१३ जना प्रतियोगितालाई पछि पार्दै उनिहरुले ७ पोजिसनबाट आफ्नो कोठा सुरक्षित गर्न सफल भएका हुन् । सुरुमा १३ जनाको प्रस्तुति देखाईपछि उत्कृष्ट ६ छ...









