Saturday, August 15News That Matters

खेलकुद

खेलाडीसँग मुख्यमन्त्री ः ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

खेलाडीसँग मुख्यमन्त्री ः ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, चैत १ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उहाँले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो । मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । “रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।” साथै उहाँले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रि...
चुहाडे भेटघाटकाे ब्याड्मिन्टनमा जेनिस र साेसनकाे जाेडि विजयी

चुहाडे भेटघाटकाे ब्याड्मिन्टनमा जेनिस र साेसनकाे जाेडि विजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ । भेटघाट कबर्डहल, चुहाडेकाे आयाेजनामा भएकाे ब्याड्मिन्टन प्रतियाेगिताकाे विजेता चाैदण्डिगढि नगरपालिकाका जेनिस मगर र साेसन पाैडेलकाे जाेडी बनेकाे छ । सिरहाका  गाेविन्द चाैधरी र दिपेश चाैधरी दाेस्राे भएका छन् । बिक्रमसिङ खड्का र कालुमान उराव तेस्राे भएका छन् । खुल्ला जुनियर डबल्स ब्यड्मिन्टन प्रतियाेगितामा १८ टिमले भाग लिएका थिए । प्रतियाेगिताका विजय टिमहरुलाई पुरस्कार, मेडल र ट्रफि प्रदान गरिएकाे थियाे ।...
भारत बाट उपाधी जितेर फर्किने कप्तान प्रिती राईको दाबी

भारत बाट उपाधी जितेर फर्किने कप्तान प्रिती राईको दाबी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ भारतमा हुन लागिरहेको यू–१८ महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने दावीका साथ नेपाली महिला टिम शनिवार भारत प्रस्थान गर्दैछ । यू–१८ महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलमा सहभागी जनाउन र जितको अग्रिम शुभकामना सहित विदाई गरेको छ । टिमका कप्तान प्रिती राईले विदाईको क्रममा उपाधी जितेर नेपाल फर्किने जनाईन् । तीन टोली सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको जनाउँदै उनिले उपाधी जित्ने गरी खेल्ने जनाईन् । लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टिमले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । नजिकिँदै गरेको महिला लिगका लागि तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र विपक्षी टिम भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले विश्वास व्य...
चुहाडे भेटघाटमा ब्याड्मिन्टन प्रतियोगिता

चुहाडे भेटघाटमा ब्याड्मिन्टन प्रतियोगिता

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २७ । चुहाडे भेटघाट कवर्डहलमा हिजोबाट ब्याड्मिन्टन प्रतियोगिता सञ्चालन भइरहेको छ । आयोजक भेटघाट कवर्डहल तथा रेष्टुरेन्ट सञ्चालक बिक्रम खड्काका अनुसार खेलाडीहरुलाई खेल प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको हो । खुल्ला जुनियर डबल्स ब्याड्मिन्टन प्रतियोगिता भएको हो । प्रतियोगितामा २० टिमले भाग लिएका छन् । प्रतियोगितामा उदयपुर र सिरहा जिल्लाको विभिन्न ठाउँका खेलाडीहरुले भाग लिएका छन् । पहिलो चरणदेखि क्वाटर फाईनलसम्मको खेल हिजो नै सम्पन्न भइसकेको प्रतियोगिताको फाईनल खेल आज बेलुकासम्ममा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी प्रथम, दोस्रो र तेस्रो स्थानका खेलाडी जोडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । उदयपुरमा ब्याड्मिन्टन खेलको क्रेज बढेसंगै चुहाडेमा ब्यावसायिक ब्याड्मिन्टन खेलको सुरुवात स्वरुप बेलाबेला प्रतियोगिताको ...
उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ अस्ट्रिया नागरिक सविना फिल्ज्मोजर साईकलिङ यात्राको क्रममा उदयपुर आईपुगेकी छिन् । भारतको नजिकको समुन्द्र सतह वेस्ट बङगाल दिगाबाट नेपालमा रहेको विश्वकै अग्लो सगरमाथा सम्मको साईकलिङ यात्राको क्रममा उनि शुक्रबार उदयपुर गाईघाट आईपुगेकी हुन् । उनिले आफ्नो यात्राबारे जानकारी गराउन गाईघाटमा पत्रकार सम्मेलन समेत गरिन् । उनि शुक्रबार गाईघाट आईपुगेर आफ्नो यात्राको बारे पत्रकारहरुलाई जानकारी गराईन् । उदयपुर जिल्ला साईकलिङ संघको आयोजनामा भएको सम्मेलनमा उनिले समुन्द्र सतहदेखी सगरमाथा सम्म पुग्ने आफ्नो मुख्य लक्ष रहेको जनाईन् । भारतबाट किरब ८५० किलोमिटर साईकल यात्रा पश्चात उनि गाईघाट आईपुगेकी हुन् । उनले उदयपुर आईपुग्दा सम्म ८ दिन लगतार साईकलमा यात्रा गरेकी जनाईन् । अब उदयपुर बाट भने करिब ६ दिनमा सगरमाथा वेसक्याम्प पुग्ने तार्गेट रहेको पत्रकार सम्मेलनमा बताईन् । सव्रि...
फुटवलमा अब्बल उदयपुरे युवा संजित श्रेष्ठ

फुटवलमा अब्बल उदयपुरे युवा संजित श्रेष्ठ

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि खेलकुद ब्यूरो उदयपुर, फागुन २५ । उदयपुरका एक युवा फुटबलमा अब्बल देखिएका छन् । त्रियुगा नगरपालिका १० बोक्सेका संजित श्रेष्ठ फुटबलमा अब्बल देखिएका हुन् । उनी नेपाल पुलिसको ए–डिभिजन गोलरक्षक हुन् । खेल जीवनमा उनले थुप्रै पटक उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचको उपाधी हात पारिसकेका छन् । अहिले भने उनी आगामी बैशाख ११ गतेबाट सञ्चालन हुने नेपाल सुपर लिग २०२२ को खेलका लागि भएको अक्सनमा बिक्न सफल भएका छन् । उनको उत्कृष्ट खेलका साथै विगतको प्रदर्शनी र प्रस्तुतीका कारण नै क्लवमा बिक्न सफल भएका हुन् । उनलाई बुटवल लुम्बिनि फुटबल क्लवले किनेको छ । उनलाई पाउन क्लवले ५० हजार रुपैया लगाएको छ । नौं वर्षदेखि प्रहरीमा रहेका उनले हालसम्म बुढासुब्बा गोल्डकप–धरान, आहा रारा गोल्डकप–पोखरा, राजर्षि जनक कप फुटबल प्रतियोगिता सर्लाही लगायतका राष्ट्रिय स्तरका खेलहरु खेलिसकेका छन् । उनी त्रिनपा १०...
महिला भलिबल खेलाडीलाई पोशाक वितरण

महिला भलिबल खेलाडीलाई पोशाक वितरण

Breaking News 3, खेलकुद, समाचार
दमक, फागुन २२ । स्व मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश नं १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ । प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आँै स्मृति दिवसको अवसर पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले बताउनुभयो । ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत बस्दै आउनुभएका बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गर्नुभएको थियो । पोशाक हस्तान्तरणमा स्व राईका परिवारका तर्फबाट बुहारी सवनम राई, छोरा रञ्जन राई, नाति विजय सुब्बालगायत खेलप्रेमीको उपस्थिति रहेको थियो । राईद्वारा जन्मदिनमा असहाय तथा विपन्नलाई सहयोग नेपाली कांग्रेस १ नं प्रदेश सदस्य तथा झापा, कमल–५ मङुगलबारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराउनुभएको छ । जन्मदिनलाई...
गाईघाटमा भोली सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

गाईघाटमा भोली सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ गाईघाटमा मंगलबार त्रियुगा नगरपालिका अन्तर वडा सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनाराका साथ प्रतियोगिता गर्न लागिएको हो । उक्त खेल गाईघाट बोक्से स्थित बाल मन्दिर माविमा हुने आयोजकले जनाएको छ । कराते तेक्वान्दो तथा बक्सिङ टिम गाईघाटको आयोजना तथा १० वडा कार्यालयको सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । खेल ११ बजे बाट सुरु हुने आयोजकले जनाए । खेल सकरे पुरस्कार वितरणको कार्यक्रम ४ बजे हुने पनि जनाएको छ ।...
महिला क्रिकेट : प्रदेश नं १ विजयी

महिला क्रिकेट : प्रदेश नं १ विजयी

Breaking News 3, खेलकुद, समाचार
काठमाडौं, फागुन १५ । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनलयात्राबाट बाहिरिसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमवल पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो । ललितपुरका लागि सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन भने अञ्जली विश्वकर्माले २१ रन जोडिन् । प्रदेश नं १ का लागि अलिसा खडियाले सर्वाधिक तीन विकेट हात पारिन् भने सवनम राईले दुई विकेट हात पारिन । त्यस्तै ज्योति दनुवार र सङ्गीता राईले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा छ...
देउरीमा सम्पन्न दोस्रो वडाअध्यक्ष कपको उपाधी आयोजककै पोल्टोमा

देउरीमा सम्पन्न दोस्रो वडाअध्यक्ष कपको उपाधी आयोजककै पोल्टोमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ त्रियुगा नगरपालिका ५ नं वडा देउरीमामा भएको दोस्रो वडाअध्यक्ष कपको उपाथी आयोजक टिमले नै हात पारेको छ । फानईल खेलको अर्का प्रतिस्पर्धि टिम नमुना युवा क्लव कुमारी चोकलाई ३–२ को अन्तरले पराजित गर्दै कपको उपाधी प्रकृति स्पोर्ट क्लव आयोजक टिमले हात पारेको हो । खेल अबधिभर आयोजक टिमको तर्फबाट ३ गोल भएका थिए भने नमुना युवा क्लवले २ गोल मात्रै फिर्ता गर्न सफल भए । पहिलो चरणको खेलमा आयोजक प्रकृति स्पोर्ट क्वलको तर्फबाट २३ औँ मिनेटमा जर्सि नं ९ का विशाल चौधरीले गोल गरेका थिए । तर त्यो गोलको खुसी धेरै टिक्न सकेन तत्काल उक्त खेलको २५ औँ मिनेटमा नमुना क्लवको तर्फ बाट जर्सि नं १५ का प्रविन चौधरीले गोल फर्काएर खेललाई बराबरी बनाएका थिए । हाफ पछि पुन आयोजकको तर्फ बाट २ गोल थपेर टिमलाई बिजयी बनाए भने नमुनाले १ गोल मात्र थप्न सफल भए । हाफ पछि दोस्रो चरणको खेलमा आयोजक टिमको तर्फ...