Saturday, August 15News That Matters

खेलकुद

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २५ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द...
पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Breaking News 2, खेलकुद, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २४ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ९ना०को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिन...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २३ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् ।बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित ...
नेपालद्वारा मलेसिया पराजित

नेपालद्वारा मलेसिया पराजित

Breaking News 1, खेलकुद
काठमाण्डौँ, चैत १६ त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् ।त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे । बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १÷१...
त्रियुगा रजत महोत्सवको दोस्रो दिन पनि बिभिन्न ठाउँमा साईकलिङ

त्रियुगा रजत महोत्सवको दोस्रो दिन पनि बिभिन्न ठाउँमा साईकलिङ

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १२ त्रियुगा नगरपालिका २५ औँ बर्षको रजत महोत्सवको अवसरमा दोस्रो दिन पनि साईकलिङ भएको छ । बिहानस ७ बजे त्रियुगा नगरपालिका बाट गाईघाट बजार परिक्रमा गरी गैरुन, राजवास, चुहाडे लगायत ठाउँहरुमा साईकलिङ गरिएको हो । नगर प्रमुख वलदेव चौधरीले आज यस महोत्सवको अन्तिम दिन रहेको भन्दै दोस्रो दिनको साईकलिङहरुलाई पनि सुभारम्भको सुरुवात गरेका थिए । रजत महोत्सव आज बिभिन्न राष्ट्रिय खेलहरु सहित समापन हुँदै छ । सो खेलको उद्घाटन गाईघाट स्थित बरुवा बसपार्कमा हुने भएको छ ।...
गाईघाटमा रजत महोत्सव हुने, लोप हुँदै गएको पुराना तथा पराम्परागत खेलहरु खेलाईने

गाईघाटमा रजत महोत्सव हुने, लोप हुँदै गएको पुराना तथा पराम्परागत खेलहरु खेलाईने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १० गाईघाटमा यहि चैत्र १२ गते रजत महोत्सव हुने भएको छ । त्रियुगा नगरपालिकाको खेलकुद शाखा तथा नगर युवा खेलकुद विकास समितिको आयोजनामा रजत महोत्सव हुन लागेको जनार्ईको छ । पुराना राष्ट्रिय महत्वका खेलहरुलाई उजागर गर्ने उदेश्यले रजत महोत्सव गर्न लागिएको आयोजकको भनाई छ । पुराना तर निकै महत्व बोकेका खेलहरु डोरी तनाई, डण्डी बियो, हण्डी फोड, म्युजिकल चियर, तातो आलु र भाले समाई जस्ता खेलहरु महोत्सवमा खेलाईने भएको छ । डोरी तनाई र डण्डी वियो सामुहिक खेलाईने छ भने बाँकी अन्य खेलहरु भने एक्कल प्रतियोगिता गराईने जनाईएको छ । खेलमा सहभागी इच्छुकहरुले चैत्र ११ गते शुक्रबार सम्म सम्बन्धित ठाउँमा दर्ता गरिसक्नु पर्ने आयोजक समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जनाएको छ । खेलका लागि टिम दर्ता शुल्क निशुल्क रहेको छ । खेलमा विजयी प्राप्त गर्नेहरुलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । खेल ...
लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

Breaking News 1, खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, चैत्र ९ लिम्चुङबुङ गाउँपालिकामा ठुलो राशीका साथ प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल तथा टे«ल रेश प्रतियोगिता हुने भएको छ । लिम्चुङबुङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा नयाँ बर्ष २०७९ सालको अवसरमा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यहि चैत्र २५ देखी २८ गते सम्म हुने आयोजकले जनाएको छ । पालिकाको ३ नं वडा बाराहामा संञ्चालन हुने उक्त भलिवल प्रतियोगिता महिला तथा पुरुष दुवै विद्यामा हुने समितिका अध्यक्ष मनोज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार भलिवल खेल अन्तरगतमा महिला तथा पुरुष दुवै बिजेता टिमले नगद रु १÷१लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेता महिला–पुरुष दुवै तर्फको टिमले नगद रु ५०÷५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् यता तृतिय हुने महिला तथा पुरुष दुवै टिमले पनि २५÷२५ हजारको दरले नगद सहित ट्रफि, मेडल र ...
पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र ८ उदयपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको विवरण कार्यालयमा उपलब्ध गराईदिन अनुरोध गरेको छ । बिभिन्न खेलहरुमा पदक पाएका खेलाडीहरुको विवरण उपलब्ध गराईदिन उदयपुर जिल्ला खेलकुद विकास समिति कार्यालयले बिभिन्न सम्बन्धित निकायहरुलाई सूचना मार्फत आग्रह गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला कार्यालय, संघ संस्था, खेल प्रशिक्षक तथा खेलाडीहरुलाई सूचना गर्दै यथा सिघ्र विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । कार्यालय प्रमुख प्रकाश राम राईको हस्ताक्षर पत्र मार्फत खेलाडी विवरण उपलब्ध गराईदिन अनुरोध सहित सूचना प्रकाशन गर्दै विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । पत्रमा सबै खेलका राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक पाएका र राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा उप–राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक पाएकाहरुको विवरण उपलब्ध गराउन अनुरोध गर...
दमक गोल्डकपको तयारी पूरा

दमक गोल्डकपको तयारी पूरा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ८ दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको हो । प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन अर्मी, मनाङ मस्र्याङ्दी, आयोजक दमक–११, बागमती युथ क्लवका साथै भारतस्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको मानेभञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरुनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो । बुधबारदेखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लबबीच खेल हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदा...
राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ७ पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुनुहुन्छ । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ । भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई...