Tuesday, June 9News That Matters

पर्यटन

नेपालमा पदयात्रा र पर्वतारोहण खुला

नेपालमा पदयात्रा र पर्वतारोहण खुला

पर्यटन, समाचार
पूर्णपुष्टि, असोज १३ सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मन्त्रालयले स्वीकृत गरेको छ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्ने जनाईएको छ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लाग...

पर्यटन व्यवसाय नवीकरणको म्याद कात्तिकसम्म

पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ २५ बागमती प्रदेश सरकारले पर्यटन व्यवसायको इजाजत पत्रको नवीकरण गर्ने मिति पर सारेको छ । प्रदेशमा दर्ता हुने पर्यटन सम्बन्धि व्यावसायको ईजाजत पत्रको नविकरण गर्ने मिति कात्तिक मसान्तसम्म गर्न सकिने गरी म्याद थप गरेको हो । कोरोना भाइरसको महामारीले लकडाउन र निषेधाज्ञाका कारण कार्यालयहरु बन्द रहेकाले व्यवसायीले इजाजत नविकरण गर्न पाएका छैनन् । बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षको चैतयता दर्ता नवीकरण हुन नपाएका कम्पनीहरुको दर्ता कात्तिक मसान्तसम्म गर्न सकिने गरी समय थप भएको छ । यो अवधिसम्म दर्ता नवीकरण गरेमा नवीकरणमा लाग्ने जरिवाना र विलम्ब शुल्कमा छूट दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ । सामान्यतया आर्थिक वर्ष सकिनु अगाडि नै व्यवसायको इजाजत नवीकरण गरिसक्नु पर्छ । प्रदेश सरकारले तीन तारे होटेलदेखि तलका सबै प्रकारका होटेल, ट्राभल, ट्र...
प्रेरक भनाइहरु, जसले हाम्रो जीवन बदल्न सक्छ !

प्रेरक भनाइहरु, जसले हाम्रो जीवन बदल्न सक्छ !

पर्यटन, स्वास्थ्य
‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ यो भनाई आचार्य चाणक्यले भनेका हुन् । जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् । – हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ । – पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो । – खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ । – भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्र...
काठमाण्डौँमा ‘हाइकिङ ट्रेल’ निर्माण हुने

काठमाण्डौँमा ‘हाइकिङ ट्रेल’ निर्माण हुने

पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ १६ काठमाण्डौ उपत्यकामा नयाँ पदमार्ग (हाइकिङ ट्रेल) निर्माण हुने भएको छ । नयाँ हाईकिङ ट्रेल निर्माण गर्ने र पुराना पदमार्गको मर्मत सम्भार गरिने भएको हो । यसको लागि पर्यटन विभागले बोलपत्र आह्वान गरेको छ । कान्तिपुरमार्ग–कलङ्की–गुर्जेभञ्ज्याङ सुराचौर– आलडाँडा–शिवपुरी गाउँ–बारदेभ–लेले–देउराली र गोदावरीमा पदमार्ग बनाउन र मर्मत सम्भारको लागि बोलपत्र आह्वान भएको छ । पदमार्ग निर्माण, मर्मत तथा सौन्दर्यकरणको लागि आजका मितिले १३ दिनसम्म बोलपत्रमा दरखास्त दिन पाइनेछ ।...
शुक्लाफाँटमा दुर्लभ सुनौलो तोप चरा

शुक्लाफाँटमा दुर्लभ सुनौलो तोप चरा

पर्यटन, समाचार
पूर्णपुष्टि, साउन ३ नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईएको छ । अन्य संरक्षित क्षेत्रमा देखिन छाडेपछि शुक्लाफाँटा सुनौलो तोप चराको एक्लो थलो बनेको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमामात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट दशक अगाडि नै हराएको सुनौलो तोप चरा हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै रहेको पाईएको छ । कोशीटप्पुमा सन २००७ देखि यो प्रजातिको चरा देखिएको छैन । शुक्लाफाँटाको सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र दरख घाँसे मैदानमा सुनौलो तोप चराको बसोबास रहेको छ । यसको हरेक वर्ष अनुगमन गर्ने गरिएको निकुञ्जले जनाएको छ । सुनौलो तोप चरा शुक्लाफाँटामा रहेको बारेमा स...
ऐतिहासिक गजुलकोट दरबारको संरक्षण तथा प्रवद्र्धन सुरु

ऐतिहासिक गजुलकोट दरबारको संरक्षण तथा प्रवद्र्धन सुरु

पर्यटन, समाचार
पूर्णपुष्टि, असार ९ १५ औँ शताब्दीको इतिहास बोकेको रोल्पा गजुलकोट दरबार संरक्षण तथा प्रवद्र्धनको काम सुरु भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारबाट विनियोजीत रकमबाट ऐतिहासिक गजुलकोट दरबारको संरक्षण गर्ने काम सुरु भएको हो । प्रदेश सरकारको ३० लाख रकममा दरबारसम्म पुग्न सिँढी र पहिरो गएको ठाउँमा पर्खाल लगाउने काम भइरहेको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ । बर्सेनि पहिरो खस्ने समस्याको कारण जोखिममा रहेको दरबार क्षेत्रलाई अहिले ग्याविन वाल र मेसिनरी वाल लगाइ संरक्षणको काम भइरहेको छ । १५ औँ शताब्दी भन्दा पहिले रूकुमकोट राज्यमा रहेको यस क्षेत्रमा सल्यानबाट आएका राजा तुठासेनले गजुलकोटको रुपमा छुट्टै राज्य बनाइ शासन गरेका थिए । रुकुमकोटका राजा जयन्त बर्माका छोरी तुम्बावतीसँग बिहे गरी १८ वटा गाउँलाई दाइजोको रुपमा रुकुमकोटबाट छुट्टाएर गजुलकोट राज्य बनाइएको इतिहास छ । ऐतिहा...
चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

पर्यटन, समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते ।  लामो समयमसम्म कोरोनाको संक्रमण झेलेका चिन विस्तारै पुरानो अवस्थामा फर्किदै छ । दुई महिनासम्म लकडाउन झेलेका जनजीवन बिस्तारै समान्य अवस्थामा फर्किदै गईरहेको हो । चिन सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाभन्दा बढी लकडाउन गरेको थियो । बेइजिङमा रहेको ग्रेटवालसहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको चिनिया संचारमाध्यमहरुले जनाएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ भने ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइने बेइजिङ टुरिज्म ब्यूरोले जनाएको छ । कोरोना संक्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाको मृत्यु भएको छ भने ७७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिले ८२ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ ।...
निश्चित देशका यात्रु मात्र नेपाल आउन पाउने

निश्चित देशका यात्रु मात्र नेपाल आउन पाउने

पर्यटन, समाचार, संसार
पूर्णपुष्टि, चैत ८ गते ।  आजदेखि सरकारले चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटान बाहेकका देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ । गत राति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको विमानस्थल कार्यालयले जनाएको छ । चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनु पर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने जनाईएको छ । आइतबार रातिदेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । तर आन्तरिक उडान नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ ।...
विदेशी पर्यटकलाई पदयात्रामा रोक

विदेशी पर्यटकलाई पदयात्रामा रोक

पर्यटन, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  कोरोना भाइरस (कोभिड–१९) को स क्रमणबाट बच्नका लागी उच्च सतर्कता अपनाउदै नेपाल पर्यटन बोर्डले शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ । कोरोनाको जोखिम उच्च रहेकाले अर्कोे सूचना जारी नभईन्जेलसम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको जनाईएको छ । यो पनि पढ्नुस् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेपछि सवै अदालत बन्द हुने भएको छ । आज बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदो आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको स...
मुख्यमन्त्री र प्रधानसेनापतीले राैतामा बृक्षाराेपण गर्ने

मुख्यमन्त्री र प्रधानसेनापतीले राैतामा बृक्षाराेपण गर्ने

पर्यटन, समाचार
पूर्णपुष्टि, फागुन १५ । १ नं. प्रदेशको मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाको प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्थितिका साथ भाेली उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीयस्थल रौतामा बृहद बृक्षरोपण कार्यक्रम हुदैछ । नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणको आयोजनामा रौतामाई गाउँपालिका ६ रौता पोखरी क्षेत्रमा ६ हजार ५ सय बृक्षरोपण गरिने कार्यक्रम रहेको जनाइएको छ । साथै रौतामाई गाउँपालिकाको आयोजनामा वडा नं. ६ को वडा कार्यालय भवन र अथिति गृहको उद्घाटनसमेत रहेको छ । भोली विशेषरुपले हुने कार्यक्रमको पूर्ण तयारीमा पालिका र नेपाली सेना दुईदिनदेखिनै खटिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । मुख्यमन्त्री र प्रधानसेनापती हेलिकेप्टरदेखि आउने कार्यक्रम रहेको छ । याे पनि पढ्नुहाेस् । चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड...