Tuesday, June 9News That Matters

मनोरञ्जन

‘दबंग टु नेपाल–रिलोडेड’ को लागि सलमान खान नेपाल आउदैँ

‘दबंग टु नेपाल–रिलोडेड’ को लागि सलमान खान नेपाल आउदैँ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । १४ जेठमा ‘दबंग टु नेपाल–रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो ।...
बिवाह गर्दै गायीका मेलीना राई, केटा को हुन ?

बिवाह गर्दै गायीका मेलीना राई, केटा को हुन ?

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २ नेपालको चर्चित गायीका मेलिना राईले बिवाह गर्ने भएकी छिन् । उनले चर्चित गिटारिस्ट तथा एरेन्जर सन्जीव बराईली सित विवाह गर्न लागेको खुलेको छ । उनले आफ्नो आधिकारिक सामाजिक संञ्जालमा इन्गेजमेन्टको फोटो राख्दै विवाहको संज्ञा दिएकी छिन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् भने मेलीना नेपाली संगित क्षेत्रकी पछिल्लो समय उदाउँदो तारा हुन् ।    ...
झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत २३ धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवद्र्धनका लागि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राईले बहुबर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरुलाई आकर्षित गर्ने धारणा राखे । महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्नीप्रशाद पौडेल, महालक्ष्मीका उप–प्रमुख म...
‘ए मेरो हजुर ४’ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै युट्युबबाट प्रचार सामग्री हट्यो

‘ए मेरो हजुर ४’ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै युट्युबबाट प्रचार सामग्री हट्यो

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत १७ । 'ए मेरो हजुर ४' फिल्मको प्रदर्शन मिति नजिकिएसँगै बुढासुब्बा युट्युब च्यानलबाट प्रचार सामग्री उडेको छ । उक्त च्यानलबाट फिल्मको ट्रेलर र गीत हटेको पाइएको छ । फिल्मकी निर्देशक झरना थापाले प्रदर्शन मिति नसर्ने जानकारी दिएकी छिन् । उनकाअनुसार आज पनि एउटा गीत सार्वजनिक गर्ने तयारी थियो । थापाका अनुसार आज पनि फिल्मको रोमान्टिक गीत सार्वजनिक गर्न तयारी रहेको थियो । उनका अनुसार यतिको चलेको च्यानल पनि ह्याक हुँदा आफै छक्क परेको बताईन् । फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट उडेपछि तनावमा परेको बताइन् । झफिल्मको सामग्री रिकभर हुन्छ कि हुँदैन थाहा छैन। केही समयपछि बुढासुब्बाले जानकारी दिने थापाले बताईन् । थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ। यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।...
कलाकार रेखा राईद्वारा गाउँमा सहयाेग

कलाकार रेखा राईद्वारा गाउँमा सहयाेग

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत १६ । कलाकार रेखा राईले १० घर परिवारलाई राहत सहयाेग गरेकी छिन् । उदयपुरकाे त्रियुगा नगरपालिका १० घर भएकी कलाकार राईले आफ्नै गाउँमा गरिव, अपाङ्ग रहेका १० घरपरिवारलाई सहयाेग गरेकी हुन् । उनले चामल, तेल, नुन, दाल राहत सहयाेग गरेकाे बताईन् । साथै १६ जना बालबालिकालाई कापी र पेनसिल एक दर्जनका दरले सहयाेग गरेकी छिन् भने खेलाडिहरुलाई एकथान फुटबल दिएकी छिन् । कलाकार राईले वडाध्यक्ष प्रकाश खड्काकाे आतिथ्यमा सहयाेग प्रदान गरेकी हुन् ।...
उदयपुर आएर भरतमणीले यसरी हसाँय त्रियुगा नगरवासीहरुलाई

उदयपुर आएर भरतमणीले यसरी हसाँय त्रियुगा नगरवासीहरुलाई

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र १३ त्रियुगा नगर रजत महोत्सवको अवसरमा आफ्नो प्रस्तुती दिन उदयपुर आएका कमेडी च्याम्पीयन सिजन २ का विजेता भरतमणी पौडेलले दर्शकलाई भव्य मनोरन्जन दिए । उनले कमेडी मार्फत देश जनता नेपालको स्थिति बारे आफुलाई प्रस्तुत गराएका थिए । उनले करिब आधा घण्टा बढी स्टेजबाट उपस्थित त्रियुगा नगरवासीहरुलाई हँसाए । उनको प्रस्तुतीले दर्शकलाई निकैबेर मनोरञ्जन गराए । उनले बिभिन्न नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, योगेश भट्टराई, गोकुल बास्कोटा सँगै पारस साहा र पुन्य गौतमको समेत नक्कल गरेर दर्शक हँसाए । पौडेल सहित अर्का लोक गायक कुमार पौडेले समेत सांगितक कार्यक्रम मार्फत दर्शलाई कार्यक्रममा झुमाए । उनिहरु दुवैजना रजत महोत्सवमा प्रस्तुती दिन सहभागी भएका थिए ।...
किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रि सम्मेलन धरानमा भव्य हुँदै

किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रि सम्मेलन धरानमा भव्य हुँदै

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २२ किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रिय सम्मेलन धरानमा भव्य रुपमा हुने भएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित यहि फागुन २८÷२९ र ३० गते धरानामा कार्यक्रम गर्न लागिएको किरात राई चाम्लीङ खाम्वातिम केत्द्रीय सम्मेलन आयोजक समितका सदस्य रामकुमार राईले बताए । राईका अनुसार कार्यक्रममा करिब ५ हजार चाम्लीङ राईहरुको सहभागी रहने जनाएको छ । देश विदेशमा रहेको सम्पूर्ण चाम्लीङ राई समुदायहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको पनि राईको भनाई छ । प्रदेश नं १ को मुत्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आथित्यतामा सम्मेलन हुन लागेको आयोजक समितिले जनाए । कार्यक्रममा राईहरुको बिषेश झाँकी प्रदर्शन समेत गरिने जनाईएको छ । उक्त कार्यक्रमको अवसरमा किराँत चाम्लीङ समुदायमा आधारित चर्चित कितावहरुको किन बेच तथा बिमोचन समेत गर्न लागिएको आयोजकले जनाए । प्रसिद्ध किताहरु मुन्ध...
कटारीमा पनि बन्यो आकर्षक साकेला पार्क

कटारीमा पनि बन्यो आकर्षक साकेला पार्क

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २२ उदयपुरको सदरमुकाम गाईघाट पछिको दोस्रो ठुलो सहर कटारीमा पनि साकेला पार्क निर्माण भएको छ । दोस्रो ठुला नगरपालिका समेत रहेको कटारीमा निकै आकार्षक साकेला पार्क निर्माण भएको किरात राई यायोक्खा कटारी नगरपालिकाका नगर अध्यक्ष पदम राईले बताए । किराती सामुदायको संस्कार संकृतिमा आधारित पार्क निर्माण पछि सो स्थानमा स्थानीय पर्यटनहरु अन्य पर्यटनहरु बढेको राईले जनाए । संस्कार संस्कृति सँग पर्यटनहरु निकै नजिक रहने हुँदा कटारी नगरको लागि यो पार्क निकै महत्व र आकर्षक बन्न सक्ने समितिका सचिव दिपक राईले जनाए । यी यस्ता पार्क र पुख्र्यौली स्तम्भहरु निर्माण गर्ने कार्य पछिल्लो अवस्थामा निकै प्रतिस्पर्धा जस्तै भएको किरात राई यायोक्खाका उदयपुर जिल्लाका अध्यक्ष नवीन राईले बताए । संघीय संसद सुरेशकुमार राई (हिमाल) को संसदीय विकास कोषबाट कूल २० लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएपछि सो...
शेर्पाहरुको ग्याल्पो ल्होसारको अवसरमा लिम्चुङबुङमा बौधमुर्ती स्थापना

शेर्पाहरुको ग्याल्पो ल्होसारको अवसरमा लिम्चुङबुङमा बौधमुर्ती स्थापना

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १९ उदयपुर, फागुन १९ गते । ग्याल्पो ल्होसारको अवसरमा आज उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बुद्धको मुर्ती स्थापनागरी अनावरण भएको छ । सबै जाती, धर्म र समुदायको धार्मिक आस्थाको सम्मान राख्दै आएको पालिकाले बौध धर्मावलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्धमुर्ती स्थापना गरी अनावरणसमेत गरेको हो । शेर्पा समुदायको बाहुल्य बस्ती रहेको पालिकाको वडा नं. ३ नगरे गाउँमा करिब पाँचफिट ठूलो बुद्धमुर्ती स्तम्भमा राखेर अनावरण गरिएको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिनुभयो । ल्होसारको विशेष कार्यक्रमसंगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्धमुर्तीको अनावरण गर्नुभयो । लिम्चुङबुङले सबै समुदायको भावनालाई सम्मान गर्दै यस्ता कामहरु गर्दै आएको अध्यक्ष राईले बताउनुभयो । कृषि र पर्यटनमा जोड दिदै आएको पालिकालाई नगरेमा स्थापना बुद्धमुर्तीले पर्यटन प्रवद्र्धनम...
ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

Breaking News 2, मनोरञ्जन, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, फागुन १५ यहि फागुन १९ गते पर्न गएको ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङ गाउँपालिकामा संस्कृति कार्यक्रम सँगै शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा वडा नं ३ नगरेको आयोजनामा उक्त कार्यक्रम यहि फागुन १९ गते हुने भएको जनाएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान सँगै सोहि कार्यक्रममा बुद्धको मुर्ति समेत राख्न लागिएको आयोजक नेपाल शेर्पा संघ लिम्चुङबुङ गाउँपालिका ३ नगरेले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलकार सान्तेन्जी शेर्पाले प्रस्तुती दिने भएको छ ।  ...