राष्ट्रिय पहिचान बोकेको लालीगुराँस उदयपुरमा पाइन्छ, तर संरक्षणमा ध्यान कसैको गएन
पूर्णपुष्टि, कात्तिक १५ ।
“ए ! वनपाखा रातै हुन्थ्यो, त्यो बेला त कम्ता रमाइलो हुन्थेन” विगतलाई सम्झदै रौतामाईकी स्थानीय मधुकुमारी राईले भन्नुभयो “आजभोली त औषधि जस्तै खोज्न पर्छ” । विगत दश वर्षयता लालीगुराँस मासिदै गइरहेको स्थानीयहरु बताउछन् । जिल्लाको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा लालीगुराँस हेर्नकै लागि पनि मानिसहरु जाने गर्दथे । अहिले त्यो अवस्था छैन ।
चैत बैंशाखमा फुल्ने लालीगुराँसले उदयपुरमा संरक्षण नपाउदा मासिदै गएको छ । संरक्षणमा कसैको चाँसो नहुँदा राष्ट्रिय फुल लालीगुराँस उदयपुरमा मासिएको हो । राष्ट्रिय पहिचान बोकेको गुराँस उदयपुरमा पनि पाइन्छ भन्दा आफैमा गौरब लाग्ने र मन रमाउने कुरा त हो तर, संरक्षणमा कसैले ध्यान दिएका छैनन् । भएकाको संरक्षण नहुनु मात्र हैन, स्थानीयले दाउराका लागि काट्ने गरेपछि झनै मासिएको हो ।
रौतामाई गाउँपालिकाका पूर्व शिक्षक दुर्ग...








