Tuesday, June 9News That Matters

मनोरञ्जन

प्रियांका कार्कीले जन्माईन छोरी

प्रियांका कार्कीले जन्माईन छोरी

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ६ नेपाली चिर्चित नायिका प्रियांका कार्कीले छोरी जन्माएकी छिन् । छोरी जन्माएपछि नायिका कार्की र नायक आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन् । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।  ...
कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ३ ताप्लेजुङका भरतमणी पौडेलले कमेडी च्याम्पियन सिजन २ को उपाधि जितेको छ । च्याम्पियन बाट पौडेलले नगद रु २५ लाख र कार पाएका छन् । शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै भरतमणी पौडेल कमेडि च्याम्पियन सिजन २ को बिजेता बने । विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर गरेपछि चर्चा कमाएका थिए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वयूवराज पारस शाह, पुण्य गौतम लगायतको क्यारिकेचर गरेपछि भरत चर्चामा आएका हुन् । यस्तै, फस्टरनर अप भएका सिक्किमका बिक्की अग्रवालले बाइक प्राप्त गरे भने सेकेन्ड रनरअप भएका गोरखाका सन्तोष थापाले स्कुटी पुरस्कार पाएका छन् । उपाधि जितेपछि भरतमणिले भने–‘यो कमेडी क्षेत्रलाई मन पराउने दर्शकको जित हो । फाइनलमा मलाई मात्र होइन बिक्की दाइ र सन्त...
बिनोद र महिमाको स्वरमा सैनध्वज दनुवारका तेरो मेरो जिन्दागानी सार्वजानिक

बिनोद र महिमाको स्वरमा सैनध्वज दनुवारका तेरो मेरो जिन्दागानी सार्वजानिक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १ गितकार सैनध्वज दनुवारले तिम्रो मेरो जिन्दागानी बोलको गितको भिडियो सार्वजानिक गरेको छ । गितमा आइएमइ लोक स्टार गायक विनोद दनुवार र स्थानीय गायीका महिमा परिवारले स्वर दिएका छन् । एक महत्वपूर्ण सामाजिक सन्देश बोकेको यस गितमा जातिय बिभेद तथा छुवाछुत बारे चेतना फैलाउन खोजिएको गितकार सैनध्वज दनुवारले जानकारी दिए । काटे रगत सबैको रातै हुन्छ, मान्छे–मान्छेमा भेदभाव किन ? जातिय भेदभाव बिरुद्धको हाम्रो अभियान भन्दै तेरो मोर जिन्दागानी एक सामाजिक सन्देश मुलक गित रहेको गितकार दनुवारले बताए ।गितको शब्द, संगित र निर्देशन दनुवार स्वयम आफैले गरेका छन् । दनुवारले यस भन्दा पहिले पनि थुप्रै गित संगितको सिर्जना गरिसकेको छ । भिडियोको सार्वजानिक शुक्रबार एक कार्यक्रमको अयोजना गरी गरिएको छ । त्रियुगा नगरपालिका ८ बैरानी स्थित सामुदायीक सभा हलमा सार्वजानिक गरिएको उक्त भिडियोको उद्घाटन जिल्ला...
गाईघाट बजारको अपार सफलता पछि सुनिता थेगिम सहितको स्वरमा मंगल राईको गाईघाट बजार २ सार्वजानिक

गाईघाट बजारको अपार सफलता पछि सुनिता थेगिम सहितको स्वरमा मंगल राईको गाईघाट बजार २ सार्वजानिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २६विनोद दनुवार र रिता राईको स्वरमा रहेको गाईघाट बजार बोलको गितले पूर्वमा राम्रै छाप बसायो । गाईघाट बजारको अपार सफलता पछि गितकार तथा सर्जक मंगल राईले गाईघाट बजार २ पनि सार्वजानिक गरेको छ । सुनिता थेगिम सहितको स्वरमा रहेको गाईघाट बजार २ मा बिनोद दनुवार, रिता राई, बिजय राई, मानमा बी राईको स्वर रहेको छ ।सर्जक राईले मकाउको हिमालय हाउस स्थित ताईपाबाट एक कार्यक्रमको आयोजना गरी गाईघाट बजार २ सार्वजानिक गरेको हो । गितकार मंगल राई लामो समय देखि मकाउमा बस्दै आएको छ । मकाउ कर्मथलो बनाउँदै आएका राईले नेपाली गित संगितलाई संरक्षण र सिर्जनशिल बनाउन निरन्तर गितको रचना गर्दै आएको छ ।गीतकार राईले “मायाको ओखत, साकेला गीत शीरको फेटा, चाहिदैन धन सम्पति, तुवाचुङ डाडा, जन्मदिने आमा, गाईधाट बजार लगायका चर्चित गीतहरु लेखिसकेका छन् । “गाईधाट बजार–२” मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि विच एक ...
चर्चित कलाकार शम्भु थापाको कोरोना संक्रमण बाट निधन

चर्चित कलाकार शम्भु थापाको कोरोना संक्रमण बाट निधन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ ४ नेपालको ख्याती प्राप्त हाँस्य कलकार सम्भु थापाको निधन भएको छ । हल्का रमाईलोमा लगायत बिभिन्न टेलिसिरियलमा अभिनय गर्दै आएका थापाको कोरोना संक्रमण बाट निधन भएको हो । थापाले केहि चलचित्रमा समेत अभिनय गरेका थिए । ५५ बर्षिय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हो । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । थापा ३ दशक लामो समय देखि कलकारीता क्षेत्रमै सक्रिय भई स्थापित कलकारको पहिचान बनाएको कलाकारको रुपमा चिनिन्छन् । थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए । पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘...
नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक

नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ ३ नेपाल आईडल सिजन ४ ले नयाँ जर्ज फेरेको छ । पहिलेका तिनै जना पुरानो निर्णयको ठाउँमा नयाँ निर्णयक राखेका छन् । नयाँ निर्णयकहरुमा गायक एवम् वरिष्ट संगितकार सम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायीका सुबानी मोक्तान रहेको छ । पुराना निर्णयक न्यु बर्जाचार्य, कालिप्रसाद बास्कोटा र इन्दीरा जोसीको ठाउँमा यी तिन नयाँ निर्णयकहरु राखिएको हो । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन् । उनले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि रा...
टिकटकले ल्यायो नयाँ फिचर, उमेरका आधारमा पुस नोटिफिकेसन

टिकटकले ल्यायो नयाँ फिचर, उमेरका आधारमा पुस नोटिफिकेसन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ३२ टिकटक अहिलेको निकैनै लोकप्रिय एप बनेको छ । टिकटकको भिडियो शेयरिङ एपले गर्दा प्रयोगकर्ताको संख्यामा निकै वृद्धी भएको भएको छ । योे एपको भिडियोले हरेक उमेर समुहका व्यक्तिलाई आकर्षीत गरेको छ । खासगरी किशोरावस्थाका प्रयोगकर्ताहरु बढी रहेका छन् । उनीहरुको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ । एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् । त्यस्तै, १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन् । यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ । साथै टिकटकले ...
विश्व आदिवासी दिवसको शुभकामना

विश्व आदिवासी दिवसको शुभकामना

मनोरञ्जन, समाचार
राई सुरज किराती संसारमा आदिवासीहरुले विश्व आदिवासी दिवस मनाउदै गर्दा यता नेपालमा सदिऔं देखि उत्पिडित वर्ग, जाति, क्षेत्र र लिंगको मानिसलाई मुक्तिको निम्ति एउटै मोर्चामा लाम बद्ध गराउने काम जनयुद्धले गर्यो । १९ दिनको जनआन्दोलनले जनयुद्धको कमाण्डरहरु सार्वजनिक हुने अवर त मिल्यो तर क्रमस जनताको माझ आम मुद्धा बनेको वर्गीय, जातिय, क्षेत्रीय र लैंगिक असमानताले अझै दरारता बढाएको छ । नेपाली समाजको मुख्य अन्तरविरोध भनेकै वर्गीय, जातिय, क्षेत्रिय र लैङ्गक अन्तरविरोध हो । यसमा कुनै द्विमत छैन । तर प्रत्य वर्गीय आन्दोलन अन्तत वर्गउत्थान सहित समन्वयमा टुङ्गिएको विरातसत माओवादी जनयुद्धमा पनि दोहोरीयो अर्थात माओवादी नेतृत्वहरु पनि अछुतो रहेन । नेतृत्वहरुको चिन्तनमा सर्वहाराकृत हुनु नसक्नु यसको मुख्य समस्या रह्यो । अधिकतम साम्यवाद न्युनतम जनवादी राज्य ब्यावस्थाको निम्ति उठेको जनयुद्ध अन्तत समन्वय...
दुर्गेशले फेरी ल्यायो विवादीत तिज गित, ‘बीच्च बीच्चमा ४’  बिवादमा

दुर्गेशले फेरी ल्यायो विवादीत तिज गित, ‘बीच्च बीच्चमा ४’ बिवादमा

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, साउन १५ गायक दुर्गेश थापा फेरी पनि विवादमा तानिएको छ । भर्खरै दुर्गेशले ल्याएको बिच्च बिच्चमा ४ को प्रशंगलाई लियर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आलोचना गरेको छ । यसै विच श्रोता दर्शकहरुले पनि यस गितको विषयमा आलोचना गर्न थालेको छ । कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ । सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले गायक थापाको ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो ।प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक...
जेनी कुँवरले गरिन् देहत्याग , पशुपति आर्यघाटमा अन्त्येष्टी

जेनी कुँवरले गरिन् देहत्याग , पशुपति आर्यघाटमा अन्त्येष्टी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २५ नेपाली चलचित्रकी अभिनेत्री तथा निर्माता समेत रहेकी जेनी कुँवर मृत अवस्थामा भेटिएकी छिन् । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा कुँवरको शव भेटिएको प्रहरीले जनाएको छ । १ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी कुँवरले आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर देहत्याग गरेकी थिइन् । प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् । अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनी भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । जेनी ६ महिना विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् । पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो । पछिल्लो समयमा पशुपतिम...