Tuesday, September 8News That Matters

राजनीति

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १२ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ शुक्रबार हुँदैछ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ । न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन् । तीमध्ये लामिछानेको रिट १५औँ नम्बरमा परेको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् । उच्च अदालत पटाने सन्दीपलाई क्रिकेट खेल्न विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।...
राष्ट्रपति उम्मेदवारः शीर्ष नेताहरुबीच निर्णायक वार्ता हुँदै

राष्ट्रपति उम्मेदवारः शीर्ष नेताहरुबीच निर्णायक वार्ता हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागनु १२ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ। कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाला राष्ट्रपतिको बलियो दाबेदारमा रुपमा अगाडि आएका छन् । राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने छन्। आज विहान १० बजे कांग्रेस, माओवदी, एकीकृत समाजवादी र जसपाबीच छलफल हुने छ।...
नेपालीमा बिमा मोडल परिवर्तन गनुपर्छ : तोसिमा कार्की

नेपालीमा बिमा मोडल परिवर्तन गनुपर्छ : तोसिमा कार्की

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । नेपालको स्वाथ्य बिमा प्रणाली बन्द हुने अवस्था सिर्जन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिन्ता व्यक्त गरेकी छन् । आज बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै कार्कीले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था सिर्जना भईरहेको बताएकी हुन् । बिमाको मोडल नै गलत रहेकोे उल्लेख गर्दै स्वास्थ्य बोर्डका अध्यक्षले राजिनामा दिनुको कारण पनि यहि रहेको बताईन् । अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’ अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् । स्वास्थ्...
एमालेले निकालेको होईन ‘आफैले नै केन्द्रिय सदस्य त्यागे’ : दुर्गा प्रसाई

एमालेले निकालेको होईन ‘आफैले नै केन्द्रिय सदस्य त्यागे’ : दुर्गा प्रसाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । एमालेका पूर्व नेता दुर्गा प्रसाईले एमालेले नभई आफुले नै केन्द्रिय सदस्य त्यागेको बताएका छन् । एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गर्ने क्रममा धनगढी पुगेका प्रसाईँले यस्तो बताएका हुन् । प्रसाईले भने ‘केपी हजुरबुबालाई तपाईको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ’ । उनले एमालेलाई प्रश्न गर्दै भने मैले पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, केपी बाले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाईरहँदा उहाँलाई कार्वाहि गर्नुपर्दैन । पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईले बताएका छन् ।...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका लागी मनोनयन दर्ता गर्न दुई दिनमात्र बाकीँ रहँदा प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रपति उम्मेदवारी दर्ता फागुन १३ गतेलाई तोकिएको छ । प्रधानमन्त्री र ओली बिच धेरै भेटवार्ता भईसकेको छ । तर पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकिरहेका छैनन् । राष्ट्रपतीमा राष्ट्रिय सहमती गर्नुपर्ने प्रचण्डले बताईरहेका छन् भने उता काग्रेसलाई राष्ट्रपती दिने वचन समेत दिईसकेका छन् । प्रचण्डले एमालेबाट राष्ट्रपति स्वीकार गर्ने पार्टी भित्र स्पष्ट गरिसकेका छन् भने ठ्याक्कै मुख खोलेर भनेका छैनन् । यस्तो अवस्थामा दुई नेताबीच बालुवाटारमा भेट हुन लागेको हो । काग्रेससँग गठबन्धन तोडेर एमाले सहित सात दलिय गठबन्धनबाट पुस १० गते प्रचण्...
राष्ट्रपती निर्वाचका लागी ८८१ मतदाता

राष्ट्रपती निर्वाचका लागी ८८१ मतदाता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार राष्ट्रपति निर्वाचनका लागी ८८१ मतदाता रहेका छन् । मतदातानमा प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जनाले मतदान गर्न पाउनेछन् । यस पालिको राष्ट्रपति निर्वाचनमा तिन जना मतदाता कम हुने र त्यसबारे आयोगले बुधबार निर्णय गरेर सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उहाँका अनुसार प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन । त्यस्तै महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा प...
कान्तिपुर दैनिकले सुनुवार समुदायमाथि श्रृङ्खलाबद्ध आक्रमण गरेको आरोप

कान्तिपुर दैनिकले सुनुवार समुदायमाथि श्रृङ्खलाबद्ध आक्रमण गरेको आरोप

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ७ । कान्तिपुर पब्लिकेशनले सुनुवार मुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाबाट कान्तिपुर दैनिकले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका हुन् । उपाध्यक्ष सुनुवारका अनुसार देशकै ठूला भनाउँदा मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण भई दिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दुस्खद पक्ष हो। हामी पटक-पटक सजग गराई सकेका छौँ, तर पनि कान्तिपुरले त्यसको कुनै वास्ता गरेको छैन । सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदा...
राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ७ । राष्ट्रपतिबाट हालै सजाय मिनाहा भएका प्रतिनिधि सभाका सांसद अरुण चौधरी रिहा भएका छन् । आइतबार कैलाली कारागारमा रहेका सांसद चौधरी आज बिहान रिहा भएका हुन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन् । कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ। सांसद चौधरीलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहि अनुसार गत माघ २० गते जिल्ला अदालत कैल...
दुर्गा प्रसाईलाई कारबाहीको सिफारिस

दुर्गा प्रसाईलाई कारबाहीको सिफारिस

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ६ । मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका नेता दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ। पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको हो । शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले उनी एमाले ‘केन्द्रीय कमिटी सदस्य भएकाले हामीले यहाँबाट कारबाही गर्न मिलेन, त्यसैले केन्द्रमा सिफारिस गरेका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए। प्रसाईले एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् ।...
मुलुलको राजनीति तरल अवस्थामा बगिरहेको छ : माधव नेपाल

मुलुलको राजनीति तरल अवस्थामा बगिरहेको छ : माधव नेपाल

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ५ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । शुक्रवार गाईघाटको नयाँ बसर्पाकमा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेता नेपालले नेपालको स्थायी राजनीति कुनैपनि वेला मोडिन सक्ने अवस्था रहेको र संघीयता र गणतन्त्र समेत धरापमा पर्नसक्ने खतरा उत्पन्न भएको बताउनुभयो । खुल्ला राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको बताउनुभयो । निर्वाचनका वेला एउटा गठबन्धन हुने परिणाम आईसकेपछि अर्को गठबन्धन भएकाले यो अपवित्र गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने दावी समेत गर्नु भयो । नेता नेपाल मोरङ जिल्लाको लेटाङमा शनिवारदेखि शुरुहुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभ...