त्रियुगामा दुई नयाँ अनुहार वडाध्यक्ष
पूर्णपुष्टि, जेठ १२ ।
त्रियुगा नगरपालिकामा मत गणना सकिएको पाँच वडाहरु मध्ये दुईवटामा नयाँ अनुहार वडाध्यक्ष रहेको छ ।
वडा नं. १५ को गणेशप्रसाद तिम्सिना र वडा नं. १४ को हिमराज मगर अवको पाँचवर्षे वडाध्यक्षको कार्यकालका लागि नयाँ अनुहार हुन् । हिमराज वडासदस्यबाट वडाध्यक्ष भएका हुन् भने तिम्सिना पूर्णरुपले नयाँ अनुहार हुन् ।
दुबैजना गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र)बाट विजयी वडाध्यक्षहरु हुन् । दुबैले गठबन्धनको प्यानलसहित विजयी हाँसिल गरेका छन् ।
वडा नं. १५ मा तिम्सिनाले निबर्तमान वडाध्यक्ष नेपाली काङ्ग्रेसका निरबहादुर मगरलाई पराजित गरेका छन् । खडामा खसेको १७६५ मतमध्ये ९६१ मत प्राप्त गरेका तिम्सिनाले २८९ मतले पछि पार्दै निवर्तमान वडाध्यक्ष मगरलाई पराजित गरेका हुन् ।
वडा नं. १४ का मगरले नेकपा एमालेका मेघजित राईलाई पराजित गरेका हुन् । वडामा खसेको १३१० मत मध्ये ६६२ मत प्राप्त गरेका मगरले ...









