मेरो उम्मेदवारी उदयपुरगढीको विकासलाई अग्रता, भ्रष्टचारलाई शुन्यता : गुरागाईँ (भिडियो सहित)
पूर्णपुष्टि, बैशाख १९
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष पदको लागि स्वतन्त्रबाट रामणी गुरागाई (डिस्टेन्ट) चुनावी मैदानमा उत्रने भएको छ । गुरागाईले एमाले र गठबन्धन बिच चुनाव लड्ने भएको हो ।
उनले राजनितिक पार्टीका व्यक्तिहरु भ्रष्टचारमा लिप्त भएका कारण पालिकाको विकास गर्न नसकेको भन्दै समग्र पालिका विकासका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको जनाए । गुरागाईले पालिकाको कुनै पनि योजनाको लागि कमिसन र घुसखोरीका कारण विकास हुन नसकेको भन्दै आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको सुझाएको छ । कुनै पनि विकासको योजना आयो भने विचौललियाको पालन पोषण र भ्रष्टचारको प्रमुख कारणले नै पालिका जस्तो ठाउँमा अतिआवश्यकीय कुराहरु सडक, बिजुली समेत अझै पूर्ण नभएको गुराईको भनाई छ ।
पर्यटन तथा ऐतिहाँसिक पुरात्वात्तिकले भरिपूर्ण रहेको पालिका जस्तो ठाउँमा अझै पनि पिच बाटो बन्न नसकेको कुरालाई कोड गर्दै दलहरुले नेतृत्व पाए...









