Thursday, June 11News That Matters

राजनीति

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी : गैरकानुनीरुपमा ८० हजार तलब खाएको आरोप

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी : गैरकानुनीरुपमा ८० हजार तलब खाएको आरोप

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । काठमाडौं महानगरपालिकाको उप–प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने दाबी गरिएको छ । अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ( ‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो श...
आचारसंहिता पालन गर्नमा लिम्चुङबुङ पहिलो

आचारसंहिता पालन गर्नमा लिम्चुङबुङ पहिलो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । उदयपुको आठ पालिकामध्ये निर्वाचन आचारसंहिता पालनामा लिम्चुङबुङ गाउँपालिका पहिलो रहेको मुख्य निर्वाचन अधिकुत दिपक खनालले बताउनुभयो । “उहाँले भन्नुभयो अनुगमनका क्रममा लिम्चुङबुङका उम्मेदवारले आचारसंहिता पूर्ण पालना गरेको भेट्यौ । उहाले थप्नुभयो सबै दल तथा उम्मेदवारले आचार संहिता पालनामा लिम्चुङबुङबाट सिक्नुपर्छ ।” मुख्य निर्वाचन अधिकृत खनालको नेतृत्वमा जिल्लास्थीत सुरक्षा प्रमुख समेतको सहभागितामा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन भएको छ । उक्त टालीले जिल्लाका कटारी, लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईमा निर्वाचनको अवस्था, तयारी, आचारसंहिता पालना लगाएतको अनुगमन गरेको छ । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारसँग अन्तरक्रिया गरी आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध समेत गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अनुगमनका कार्यालयले आचा...
नगरवासीले मलाई राम्रो सँग चिनेको छ, भारीमतले बिजयी हुन्छ : त्रियुगा मेयर उम्मेदवार बस्नेत

नगरवासीले मलाई राम्रो सँग चिनेको छ, भारीमतले बिजयी हुन्छ : त्रियुगा मेयर उम्मेदवार बस्नेत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० त्रियुगा नगरपालिकाको मेयर पदका उम्मेदवार बसन्त कुमार बस्नेतले त्रियुगाको मेयरमा भारी मतले जित्ने दावी गरेको छ । अन्य पार्टीको भन्दा बढी काँग्रेसलाई जनताले विश्वास गरेको भन्दै त्रियुगामा अत्यादिक मतले जित्ने जनाए । बस्नेतले आफ्नो उम्मेदवारी र भारी मतले जित्ने आधारका कारण नगरवासीहरु सँग नजिकको सम्बन्ध रहेको जनाए । उनले आफुले पार्टी भित्र पनि जनताहरुको लागि अत्यादिक काम गरेको र गाउँटोलमा संगठन विस्तार गर्दै पार्टीलाई मजवुत तथा जनताहरुलाई विश्वास दिलाएको जनाए । आफुले जिते त्रियुगा नगरमा वडावासीहरुका लागि पंञ्च बर्षिय योजना बनाउने जनाएको छ । यहाँका सम्पूर्ण समुदायका वडावासीहरुको आमभेलामा उनिहरुको आवश्यक अनुसारका पंञ्चवर्षिय योजना तयार पार्ने आफ्नो प्रमुख कार्य रहेको जनाए । उनले ठुलो सपना नदेखाउने नगरवासीको सुक्ष्म आवश्यकलाई ख्याल गरेर काम गर्ने जनाएको छ । बस्नेतले आ...
माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक ६० वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ । बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार रहेका हरिराम साउँमाथि सोमबार खुकुरी प्रहार भएको हो । हिजो राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । प्रदेश नम्बर १ का १४ जना बागी उठेका उम्मेदवारमाथि नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।...
त्रियुगामा एमालेका मेयर उम्मेद्वार राउतद्वारा कांग्रेस उम्मेदवार बस्नेतविरुद्ध उजुरी

त्रियुगामा एमालेका मेयर उम्मेद्वार राउतद्वारा कांग्रेस उम्मेदवार बस्नेतविरुद्ध उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । त्रियुगा नगरपालिकाको एमालेका मेयर उम्मेदवार भागवत राउतले नेपाली काङ्ग्रेसको मेयर पदको उम्मेदवार वसन्त बस्नेतको  खारेजको माग राख्दै उजुरी दिएकोमा सो उजुरीको अन्तिम टुङ्गो आज लगाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका उम्मेदवार राउतले एपेक्स इन्द्रेणी जे।भि को प्रोपाइटर रहेका कांग्रेस उम्मेदवार बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता नगरेको आरोपसहित उनको उम्मेदवारी खारेजीका लागि मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हुन् । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ ९२० बमोजिम गरि १४ ९१० अनुसार उम्मेदवारी रद्द गरिपाउ ।” मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको दावी गरिएको छ । उजुरीमा बस्नेतको उम्मेदवारी नै खारेज हुनुप...
जीतपुर सिमरामा गाडी नै ढाक्ने फ्लेक्ससहित एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन

जीतपुर सिमरामा गाडी नै ढाक्ने फ्लेक्ससहित एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्ररुपले अनुगमन पनि गरिरहेका छन् । तर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । एमालेका मेयर उपमेयरसहितका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वा...
पर्वतको मोदीमा गठबन्धनको चुनावी रौनक

पर्वतको मोदीमा गठबन्धनको चुनावी रौनक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख १७ गते औपचारिक रूपमा सुरूवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन्। मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन् । वैशाख १७ गते पातीचौर बजारमा एक ¥यालीको आयोजना गरी गठबन्धनले चुनावी अभियानको थालनी गरेको थियो। उक्त ¥यालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका सयौं नेता–कार्यकर्ता सहभागी थिए। चुनावी कार्यक्रमलाई अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाई...
वसन्त बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

वसन्त बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार बनेका वसन्त बस्नेतको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । एमालेबाट मेयर पदका उम्मेदवार बनेका भागबत राउतले एपेक्स इन्द्रेणी जे.भि को प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्त गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हो । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ (२) बमोजिम गरि १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाउ ।” मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको भन्दै निजको उम्मेदवारी नै खारेज हुनुपर्ने दलिल पेस गरिएको छ ।...
त्रियुगामा गठबन्धनको घरदैलो कार्यक्रम तिब्र

त्रियुगामा गठबन्धनको घरदैलो कार्यक्रम तिब्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १९ स्थानीय चुनाव नजिकिए सँगै त्रियुगाामा गठबन्धनका उम्मेदवारहरु प्रचार प्रसारमा व्यापक लागि परेको छ । नगरपालिकाको १६ ओटै वडाहरुमा गबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरु जुटिरहेको छ । उम्मेदवारहरुले यो वेला जनताको घरदैलोमा गएर उनिहरुको अमुल्य मत मागिरहेको छ । गठबन्धनबाट त्रियुगाको मेयरमा बलदेव चौधरी र उपमेयरमा गिता कुमारी खड्का उठेकी छिन्् । चौधरी त्रियुगाको पूर्व मेयर समेत हुन भने खड्का माओवादीबाट उपमेयरमै पराजित भएकी थिईन् । प्रसारको क्रममा उनिहरुले त्रियुगालाई समृद्ध बनाउने एजेण्डाहरु जनता समक्ष पेस गरेको छ । चुनाव प्रचार सँगै आमभेलकाको क्रममा बलदेव चौधरीले एमालेलाई टिप्पणी समेत गरेको छ । उनले जनताको लागि राजनिती गर्न पनि सुझाएको छ । एमाले पार्टी खाली ठग र बेमानीमा तल्लीन रहेको भन्दै सकरात्मक राजनिति गर्ने हो भने आफुहरुले सम्मान गर्न सँधै तयार रहेको पनि जनाए । चौ...