कामदार लैजना आउने कोरियन जहाजमा नेपाली आउन पाउने
पूर्णपुष्टि, असार ५ गते ।
शनिबार नेपाल आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ ।
कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो ।
कोरियन एयर ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजान शनिबार काठमाडौं आउन लागेको छ ।...









