मानव तस्करी आरोपमा पक्राउ परेका कोशीका पूर्व मन्त्रि अधिकारीलाई उन्मुक्ति
पूर्णपुष्टि, मंसिर ११ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । प्रहरीले बाह्रै जनाविरुद्ध किर्ते र मानव तस्करीमा मुद्दा चलाउन प्रतिवेदन दिएको थियो भने अन्ततः ११ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालयबाट उन्मुक्ति पाएका अधिकारी मानव तस्करीमा संलग्न भएपछि मन्त्रीबाट हटाइएका थिए भने नेकपा एमोलेले उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरेको थियो । अनुसन्धानका लागि गत कात्तिक २५ मा पक्राउ परेका अधिकारीको प्रदेश सांसद पद पनि निलम्बनमा परेको थियो । उनी ‘आर्ट्स काउन्सिल टोकियो’ द्वारा आयोजित ‘कल्चर एन्ड होम’ कार्यक्रममा भाग लिन जापान गएका थिए ।
जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अधिकारीको संलग्नता पुष्टि हुने आधार र तथ्य नभेटिएकाले उनीबाहेक अन्य व्यक...









