Friday, August 21News That Matters

समाचार

मानसिक समस्या भएकी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

मानसिक समस्या भएकी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १८ ।  चितवनको माडी नगरपालिकामा एक मानसिक समस्या भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा तीन जना विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङका अनुसार माडी नगरपालिका–७ किर्तनपुर नजिकै २७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो। आरोपीहरू १७, १८ र २१ वर्ष उमेरका छन् र चितवन बाहिरका जिल्लाबाट माडीमा पढ्न आएका विद्यार्थीहरू हुन्। प्रहरीका अनुसार आरोपीहरूले डेरा लिएर बसेको घरको कोठामा पीडित महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ। पक्राउ परेका विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरू विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
ब्रोदर्श फुटबल क्लब दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

ब्रोदर्श फुटबल क्लब दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १८ । बोक्सेमा जारी दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा (आयोजक) ब्रोदर्श फुटबल क्लब प्रवेश गरेको छ । बिहिबार गंगा खेल मैदानमा भएको दोस्रो सेमिफाईनल खेलमा ब्रोदर्श फुटबल क्लबले बुद्ध युनिटि फुटबल क्लबलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो । ब्रोदर्श फुटबल क्लबका लागी जर्सि नं. ११ का सुनिल खड्काले ४ गोल गरे भने जर्सि नं. १५ का सन्दिप लिम्बुले १ गोल गरे । त्यस्तै बुद्ध युनिटि फुटबल क्लबका लागी जर्सि नं. १० का एलन राईले सान्त्वना गोल गरे । यस खेलको म्यान अफ द म्याच ब्रोदर्श फुटबल क्लबका सुनिल खड्का बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे । यस अघि दमौटी फुटबल क्लबले शिशवारी फुटबल क्लबलाई हराउँदै फाईनलमा प्रवेश गरिसकेको छ । फाईनल खेल ब्रोदर्श फुटबल क्लब र दमौटी फुटबल क्लब बिच भोली (शनिबार) हुनेछ । यस प्रतियोगिताको विजेता टिमले नगद ...
सामाजिक सञ्जालमार्फत १८ लाखभन्दा बढी ठगी गर्ने दुई युवा पक्राउ

सामाजिक सञ्जालमार्फत १८ लाखभन्दा बढी ठगी गर्ने दुई युवा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ । अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा रौतहटका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय सत्यमकुमार सहनी र २१ वर्षीय शुभम साह रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार आरोपीहरूले फेसबुक मार्केटप्लेसमा आकर्षक सामानको विज्ञापन राखेर ठगीधन्दा चलाएका थिए। उनीहरूले सामानको तस्बिर राखेर अर्डर लिने, एडभान्स रकम लिएपछि खरिदकर्तालाई ब्लक गर्ने गरेको पाइएको छ। आरोपीहरूले ई–सेवाको कर्मचारी भएको बहानामा पीडितहरूको ई–सेवा आइडीमा पहुँच बनाएर पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न डीएसपी मधु थापा जानकारी दिए। हालसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा बढी रकम ठगेको अनुमान गरिएको छ। प्रहरीले आरोपीहरूको मोबाइलबाट अन्य १३ जना व्...
देशभर २२ जनामा हैजा पुष्टि, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

देशभर २२ जनामा हैजा पुष्टि, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ । देशभर हैजाको संक्रमण फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडी का अनुसार हालसम्म देशभर २२ जनामा हैजा पुष्टि भएको छ। संक्रमितहरूको विवरण हेर्दा ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौंमा एक जना रहेका छन्। ललितपुरको गोदावरी नगरपालिका–१४ मा मात्रै १० जनामा हैजा देखिएको छ। यहाँको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवामा पहिलो पटक हैजा पुष्टि भएपछि अन्य ९ जनामा पनि संक्रमण फेला परेको हो। काठमाडौंको टोखा नगरपालिकाका एक जना र कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७ जनामा पनि हैजा पुष्टि भएको छ। इडीसिडी का अनुसार काठमाडौं उपत्यका र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित छैन।स्वास्थ्य अधिकारीहरूले बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुने भएकाले हैजासहित पानीजन्य रोगहरू फैलिने जोखिम उच्च र...
कटारी अस्पताल प्रदेश मातहत

कटारी अस्पताल प्रदेश मातहत

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १७ । उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ। असार २७ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पताल सञ्चालनका लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्नेछ। प्रदेश सांसद तथा निवर्तमान मन्त्री रामकुमार खत्रीले यो निर्णयले यस क्षेत्रका बिरामीहरूलाई सहज हुने बताएका छन्। खत्रीले भने, ‘अस्पताल स्तरोन्नतिको पहिलो चरणको सफलता पश्चात् पूर्णता पाउन संघीय क्याबिनेटले स्वीकृति दिनुपर्ने प्रक्रियागत विधिलाई निरन्तर फलोअप गरी हरेक जटिलतालाई चिर्दै अन्त्यमा मन्त्रिपरिषदबाट निर्णय गराउन सफल भएका छौं।’ उनले यस कार्यमा सहयोग गर्ने सहयोगिप्रती आभार व्यक्त गरे। प्रदेश स्तरीय अस्पतालका लागि स्वीकृति पाएसँगै अब आवश्य...
प्रेमिकालाई विदेश जान रोक्न ६ वर्षीया बालिका अपहरण

प्रेमिकालाई विदेश जान रोक्न ६ वर्षीया बालिका अपहरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ । सुनसरीमा ६ वर्षीया बालिकाको अपहरण प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरिएको छ। मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्धार गरेको थियो। प्रहरीका अनुसार अपहरणको उद्देश्य बालिकाको ठूलीआमालाई विदेश जानबाट रोक्नु रहेको खुलेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए। चिनजानकै व्यक्ति भएकाले बालिका सहजै उनीसँग गएकी थिइन्। सञ्जय र बालिकाको ठूलीआमाबीच प्रेम सम्बन्ध रहेको र ठूलीआमा वैदेशिक रोजगारीमा जान काठमाडौं गएपछि सञ्जयले उनलाई फिर्ता बोलाउन बालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ। अपहरणपछि सञ्जयले ...
उदयपुरमा एकआपसमा साइकल ठोक्किँदा युवकको मृत्यु

उदयपुरमा एकआपसमा साइकल ठोक्किँदा युवकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १७ । उदयपुरमा दुईवटा साइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। साईकल दुर्घटनामा परी जिल्लाको त्रियुगा नगरपालिका–५ देउरी निवासी २५ वर्षीय विनोद बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार बुधबार दिउँसो साढे ४ बजेको समयमा त्रियुगा नगरपालिका–३ लच्का स्थितमा गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुई साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी बाहिरी चोटपटक नलागेको तर अचेत अवस्थामा रहेका बिष्टलाई उपचारका लागि पहिले जिल्ला अस्पताल उदयपुर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर न्युरो अस्पताल रिफर गरिएको थियो। उनको उपचारकै क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को साइकल चालक १७ वर्षीय दिनेश कार्...
वरिष्ठ सईको तलब वृद्धि गर्न सर्वोच्चको आदेश

वरिष्ठ सईको तलब वृद्धि गर्न सर्वोच्चको आदेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ । सर्वोच्च अदालतले नायव निरीक्षक (सई) भन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरूको पक्षमा परमादेश जारी गरेको छ। बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले यो निर्णय गरेको हो। वरिष्ठ सई विनय चन्दसहित १४ जनाले दायर गरेका दुई वटा छुट्टाछुट्टै रिटमा अदालतले परमादेश र अन्तरिम आदेश जारी गरेको छ। यो निर्णयले वरिष्ठ सईहरूको लामो समयदेखिको मागलाई सम्बोधन गरेको छ। वरिष्ठ सईहरूले सईमा खाएको तलबभन्दा कम तलब पाएपछि चन्दा उठाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए। नेपाल प्रहरीका पूर्व एसपी तथा अधिवक्ता डा. गणेश रेग्मीले यो मुद्दाको नेतृत्व गरेका थिए। उनका अनुसार अब वरिष्ठ सईहरूले पुरानो पदको तलब नयाँ पदमा समायोजन भई थप तलब पाउने छन्। साथै, वरिष्ठ सईहरूले सई र इन्स्पेक्टरले जस्तै ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ। यो समस्या दुई व...
कोशी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

कोशी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदी उपचारका लागि भर्ना गरिएको कोशी अस्पतालबाट फरार भएका छन्। २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान सवा ५ बजेतिर अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। पेट दुख्ने समस्याका कारण मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएका अहमद शौचालय जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाउँदै भागेका हुन्। कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार विराटनगर महानगरपालिका–८ का अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन्। जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो। प्रहरीले भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ। अदालतको फैसला अनुसार अहमद २०९१ साल फागुन ३ गतेसम्म कारागारमा रहनुपर्ने थियो।...
प्रभु बैंकबाट सवा करोड रुपैयाँ गायब, मार्केटिङ म्यानेजर फरार

प्रभु बैंकबाट सवा करोड रुपैयाँ गायब, मार्केटिङ म्यानेजर फरार

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १७ । झापामा प्रभु बैंकको स्थानिय शाखामा एक पत्रकारले राखेको १ करोड १० लाख ४३ हजार रुपैयाँको फिक्स्ड डिपोजिट रहस्यमय तरिकाले गायब भएको छ। गत माघ ३ गते पत्रकार टीकाराम नेपालले आफ्नी श्रीमती मन्जु कुमारी नेपालको नाममा उक्त रकम ६ महिनाका लागि फिक्स्ड डिपोजिटमा राखेका थिए। अमेरिका भ्रमणबाट फर्किएपछि मंगलबार रकम झिक्न जाँदा खातामा कुनै रकम नभएको पाइयो। बुधबार पत्रकार सम्मेलन गरी नेपालले घटनाबारे सार्वजनिक गरे। बैंकले आफ्नो मार्केटिङ म्यानेजर प्रमोद सिटौलामाथि रकम अपचलनको आरोप लगाएको छ। सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। बिर्तामोडस्थित एक होटलमा सिटौलाको झोला फेला परेको छ। प्रहरीले झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नामका किर्ते हस्ताक्षर गरिएका चेक, एटीएम कार्ड र बैंक भौचरहरू फेला परेका छन्। टीकाराम नेपालले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन्। बैंक...