नेपाल–भारत सीमा विवाद : वार्ता र कूटनीतिमार्फत समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
पूर्णपुष्टि, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो कुरा उल्लेख गरेका हुन्।
प्रधानमन्त्री ओलीले सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने सरकारको निरन्तर अडान र प्रतिबद्धता रहेको बताए। उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको भएको कुरामा सरकार दृढ र स्पष्ट रहेको जानकारी दिए।
नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने समझदारी भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे। यसैगरी, हालै सम्पन्न परराष्ट्रमन्त्रीस्तर...









