Friday, August 21News That Matters

समाचार

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीलाई

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीलाई

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा केसीलाई यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो। विजेता केसीलाई गत वर्षकी मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन्। यस प्रतियोगितामा अन्य दुई महत्वपूर्ण उपाधिहरू पनि प्रदान गरिए। मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले हात पारिन् भने मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुणा रावतले जितिन्। यो प्रतियोगिताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। विजेताहरूले आगामी दिनमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा संलग्न हुने अपेक्षा गरिएको...
गोरखामा पहिरोमा बेपत्ता भएका युवकको शव ७ दिनपछि फेला

गोरखामा पहिरोमा बेपत्ता भएका युवकको शव ७ दिनपछि फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ । गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गत आइतबार गएको पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सात दिनपछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार आरुघाट गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियारको शव शनिबार बिहान घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा भेटिएको हो। ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए। त्यही बेला पहिरोमा परेर उनी बेपत्ता भएका थिए। यस पहिरोमा कुल पाँच जना बेपत्ता भएका थिए। यसअघि नै ७० वर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीया कान्छी गुरुङको शव फेला परिसकेको छ। यसैबीच, पहिरोमा परेर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमा...
करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १९ । उदयपुरको सदरमुकाम गाईघाटमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार त्रियुगा उद्योग वाणिज्य संघले गाईघाटका व्यापारी तथा व्यवसायीहरुलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक विधेयक २०८१ ले गरेको केही विशेष छुट तथा सहुलियतहरु, ऐन नियममा भएका सामान्य परिवर्तन, परिवर्तित कर बिजकको ढाँचा, संशोधित सामान्य प्रावधान र अग्रिम करकट्टी विषय सम्बन्धि अन्तरक्रिया गरिएको थियो। संघको कार्यालयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय गाईघाटका नायव सुब्बा देवन राई र प्राविधिक नायव सुब्बा रेख मगरले व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा मतिराज एसोसिएट्सले प्राविधिक सहयोग प्रदान गरेको थियो।संघका अध्यक्ष रसाईलीले नयाँ आर्थिक वर्षस...
सुभारम्भ समाज नेपालले उदयपुरका तिन बेवारिसे बालिकाहरुलाई आफन्तको जिम्मा लगायो

सुभारम्भ समाज नेपालले उदयपुरका तिन बेवारिसे बालिकाहरुलाई आफन्तको जिम्मा लगायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ साउन । उदयपुरका तिन बेवारिसे लालिकाहरुलाई बिभिन्न संघ संस्थाहरुको सहयोगमा आफन्तको जिम्मा लगाईएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका २ बर्रेकी १२ बर्षिया सरस्वती खड्का, ११ बर्षिया बालकुमारी खड्का र १३ बर्षिया गोमा मगरलाई आफन्तको जिम्मा लगाईएको हो । उनिहरुलाई शुक्रबार सुभारम्भ समाज नेपालले आफन्तलाई बुझाएको हो । उक्त संस्थाकी अध्यक्ष फुलमाया थापा मगर (सविता) का अनुसार सरस्वती र बालकुमारीको बाबा आमा बेपत्ता अवस्थामा छ । आमा पोईला गएकी र बाउले पनि अर्को बिवाह गरेपछि उनिहरु सम्पर्कविहिन अवस्थामा रहेको छ । बाउ आमानै सम्पर्क बिहिन भएपछि ति वालिकाहरु सडकछाप अवस्थामा पुगिन । ति बालिकाहरु ७ बर्षदेखी काठमाण्डौँ बस्दै आएको बुझिएको छ । आमा बाबाको साहाराबाट बन्चित बालिकाहरुलाई काठमाण्डौँ स्थित माईती नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा पठाईएको थियो । प्रहरीले फेरी ...
काठमाडौंको गेस्ट हाउसमा दुई जना मृत फेला

काठमाडौंको गेस्ट हाउसमा दुई जना मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १८ । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक गेस्ट हाउसमा बाजुराका एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार मृतकहरू बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेका छन्। शान्ता कार्कीद्वारा सञ्चालित उक्त गेस्ट हाउसमा मृतकहरू साउन १५ गतेदेखि बस्दै आएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउस कर्मचारीले बोलाउन गएको तर कुनै प्रतिक्रिया नपाएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर ढोका खोली हेर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन्। घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको जनाएको छ। एसपी अधिकारीले भने, ‘हामीले घटनास्थलको निरीक्षण गरेका छौं र शव परीक्षणका लाग...
गाईघाटमा तिन पेट्रोल पम्पको अनुगमन

गाईघाटमा तिन पेट्रोल पम्पको अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १८ । उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेका तीन वटा पेट्रोल पम्पको अनुगमन गरिएको छ। शुक्रबार गुणस्तर तथा नापतौल विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय उदयपुरको संयुक्त टोलीले अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीका अनुसार अनुगमन गरिएका पेट्रोल पम्पहरूमा त्रियुगा नगरपालिका–११ स्थित रियाज पेट्रोल पम्प र एस।के पेट्रोल पम्प तथा त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित उर्जा पेट्रोल पम्प रहेका छन्। अनुगमनको क्रममा सबै पेट्रोल पम्पहरू मापदण्ड अनुसार संचालन भएको पाइएको रेग्मीले जानकारी दिए। उनका अनुसार पेट्रोल पम्पहरूलाई नियम पालना गर्न सचेत पनि गराइएको छ। अनुगमन टोलीका संयोजक रजनिस झाले यस्तो अनुगमनले पेट्रोल पम्पहरूलाई नियमित रूपमा गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गर्ने बताए। उनले भविष्यमा पनि यस्ता अनुगमनहरू निरन्तर रूपमा गरिने जानकारी दिए...
व्यक्तिगत दबावमा पर्दिन : एसपी योगी

व्यक्तिगत दबावमा पर्दिन : एसपी योगी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले व्यक्तिगत स्वार्थमा नलाग्ने जनाएको छ । उदयपुरमा कार्याभार सम्हाल्न आईपुगेका एसपी योगीले सामुहिक दवाको लागि भए सबै काम गर्ने तर व्यक्तिगत दवाको लागि आफु पछि हट्ने जनाए । सामुहिक दवाव समूह र समाजको स्वार्थको लागि हुन्छ, तर व्यक्तिगत दवाव भनेको एक ब्यक्तिको स्वार्थको लागि हुन्छ, त्यहि भएर ब्यक्तिको दवामा पर्दिन, एसपी योगीले भने,” । शुक्रबार पत्रकारहरु सँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएको हो । आफु अन्य ठाउँमा जिम्मेवारी लिरहेको अवस्थामा उदयपुरको सामान्य जानकारी लिँई सकेको उनले जनाए । उक्त जानकारी अनुसार उदयपुरमा सुरक्षा हिसावले शान्त रहेको उनले बताए । आफुले उदयपुरमा व्यक्तिगत स्वार्थको लागि दवाहरु नआउने गरेको जानकारी पाएको सुनाए । उदयपुरमा काम गर्ने कुरामा सहयोगी क्षेत्रहरुको बहुमत रहे...
उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीमाथि झोलुङ्गे पुल सञ्चालन

उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीमाथि झोलुङ्गे पुल सञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १८ ।  उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोशी नदीमाथि निर्माण गरिएको नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने यो पुलले दुई जिल्लाका बासिन्दालाई सहज आवागमनको सुविधा प्रदान गरेको छ। प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्राप्त रु तीन करोड ५० लाख लगानीमा यो पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दाहरू जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए। नयाँ पुलको निर्माणसँगै स्थानीय बासिन्दाहरूले लामो समयदेखि भोग्दै आएको यातायातको समस्या समाधान भएको छ। यसका साथै पुलका दुवै किनारमा कच्ची सडक पनि निर्माण गरिएको छ, जसले गर्दा डिकुवाका सर्वसाधारणहरू थप लाभान्वित भएका छन्।...
कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१% उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१% उत्तीर्ण

Breaking News 2, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन्। गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए। बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो। उल्लेखनीय रूपमा जापानमा समेत एउटा परीक्षा केन्द्र रहेको थियो। यस वर्ष बोर्डले पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले 'पाइलट प्रोजेक्ट' को रूपमा सफ्टवेयर बनाई पहिलो पटक...
विराटनगरमा ‘लिफ्टिङ प्रविधि’ बाट घर उठाउने र सार्ने चलन बढ्दो

विराटनगरमा ‘लिफ्टिङ प्रविधि’ बाट घर उठाउने र सार्ने चलन बढ्दो

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १८ । विराटनगरमा सडक विस्तार र स्तरोन्नतिका कारण डुबानमा परेका घरहरूलाई ‘लिफ्टिङ प्रविधिÚ प्रयोग गरेर माथि उचाल्ने वा अन्यत्र सार्ने चलन बढेको छ। यस प्रविधिको प्रयोगले घरधनीहरूलाई आफ्नो सम्पत्ति जोगाउन मद्दत गरेको छ। विराटनगर बसपार्कका दिनबन्धु गोयलले आफ्नो घरलाई लिफ्टिङ प्रविधि प्रयोग गरेर सडकको सतहसम्म उचालेका छन्। सडक स्तरोन्नति गर्दा घरको सतहभन्दा माथि सडक पुगेपछि सामान्य वर्षामा पनि उनको घर डुबानमा पर्न थालेको थियो। गोयलले आफ्नो घर पहिलेको सतहबाट झण्डै ४ फिट माथि उचालेका छन्। उद्योगी राजेन्द्र राउतले आफ्नो दुई तले भवनलाई ५५ फिट टाढा सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्षसमेत रहेका राउतले नयाँ अस्पतालको संरचना निर्माणका लागि पुरानो भवन एक ठाउँबाट अर्को ठाउँ सारेको बताए। उनका अनुसार, यो प्रविधि नयाँ घर बनाउँदा लाग्ने खर्चको १०(१५ प्रतिशत ल...